Pairabi logo

माघ १५, २०८२, बुधबार                    

निडर व्यक्ती ललित रौनियार

डेक्स

डेक्स

निडर व्यक्ती ललित रौनियार
ADVERTISEMENT

नेपालगञ्ज उद्योग वाण्ज्यि संघको आसन्न भदौ २ गते निर्वाचनका लागि नेपाली कांग्रेस निकट साझा प्रजातान्त्रिक उद्योग व्यवसायी समुह तर्फबाट अध्यक्ष पदका उम्मेद्वार हुन ललित कुमार रौनियार ।  निडर, प्रष्टवक्ता, व्यवसायिक समस्या सम्बन्धि निकायमा राख्न सक्ने क्षमता भएका व्यवसायिक नेता हुनुहुन्छ रौनियार ।

पिता जदुनाथ प्रसाद रौनियार (मुनिम जी) र आमा द्रोपदी देवी रौनियारको कोखबाट चौथो सन्तानका रुपमा २०२७ साल पुष १४ गते, त्रिवेणी मोड–बागेश्वरी मन्दिर टोल तत्कालिन वडा नं. ३ मा जन्मिनुभएका रौनियार उद्योग व्यवसायीको हकहित र परिवर्तनका लागि आवाज बुलन्द गर्दै आउनुभएको छ ।  

साहसी क्षमता भएका व्यवसायिक नेता हुन ललित कुमार रौनियार । राजनिति, समाजसेवा सँगै व्यवसायिक क्षेत्रमा सक्रिय छन रौनियार । अध्ययनशिल, उर्जावान, नविनतम सोच भएका रौनियारलाई उद्योगी व्यवसायीहरुले समर्थन गर्दै अध्यक्ष पदको उम्मेदवार बनाएका छन । 

उहाँ साल २०४७ साल देखि व्यवसायमा आवद्ध हुँदै हाल ललिता इजि मार्टस् सप्लायर्स नेपाल संचालक रहनुभएको छ । नेपालगञ्ज स्थित ललिता इजि मार्टस् सप्लायर्सले विद्युतीय स्कुटरको कन्ट्री डिस्टिब्युटर्स सम्बन्धि काम गर्दै आईरहेको छ ।

ललित कुमार रौनियार र श्रीमती ललिता शाह रौनियारको दुई छोरा, एक छोरी रहेका छन । उहाँको दुवै छोरा इन्जिनियर छन भने छोरीले नेपालगञ्ज स्थित महेन्द्र बहुमुखी क्याम्पसमा बिपिए अध्ययन गरीरहनुभएको छ । 

२०४३ सालमा प्रथम श्रेणीमा एसएलसी उत्तिणर गर्नुभएको थियो। विद्यार्थी जिवनमा बिभिन्न खुट्किला पार गर्दै उहाँ उच्च शिक्षा काठमाडौँ स्थित पाटन ललितपुर क्याम्पसवाट उत्तिर्ण गर्नुभयो । 

उहाँ नेपालगञ्ज उद्योग वाणिज्य संघमा दुई पटक निर्वाचित सदस्य भईसक्नुभएको छ। भने एक कार्यकाल वरिष्ठ सदस्य समेत भईसकेका छन । उनी अन्य सामाजिक संस्थामा समेत आवद्ध छन । नेपाल चीन शैक्षिक तथा सांस्कृति परिषद केन्द्रिय सदस्य समेत हुन रौनियार केन्द्रिय तथा प्रदेशका सम्बद्ध नेता संग समेत मज्बुत पकड रहेको छ ।

उहाँ नेपाल वितरक संघ बाँकेका संस्थापक अध्यक्ष समेत हुन । नेपाल वितरक महासंघका पुर्व वरिष्ठ उपाध्यक्ष र नेपालगञ्ज नगर विकास समितिका पुर्व अध्यक्ष लगायत विभिन्न सामाजिक संघ, संस्थामा आवद्ध रहेनुभएको छ । उहाँ चिनिया रेडक्रस सोसाईटीको निमन्त्रणामा चीन भ्रमण तथा व्यवसायिक रूपमा सिगापुर र थाईल्यान्डको भ्रमण समेत गरी सक्नुभएको छ । 

सामाजिक विकासका लागि उहाँ संधै खटिने र सार्वजनिक सरोकारका सवालमा खरो आवाज उठाउने व्यक्तीका रुपमा पनि चिनिनुहुन्छ । व्यवसायीका समस्या तथा सवाललाई उठान गर्न उहाँ पदमा  भए पनि नभएपनि त्यत्तिकै जोडतोडका साथ उठाउने गर्नुहुन्छ । 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

यो पनि

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज, १५ पुसः नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच…

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

नेपालगन्ज, १५ पुसः नेपालगञ्जमा रहेका होटलले अङ्ग्रेजी नयाँ वर्ष २०२६ मा एक साताका ला…

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

नेपालगन्ज ६ पुस । सुनाखरी रेष्टुरेण्ट प्रा लि. नेपालगन्जले गुणस्तरियतासंगै ब्रान्डिङ्ग ग…

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…