Pairabi logo

कात्तिक १६, २०८३, आइतबार                    

नाका बन्द हुने चिन्ताले गाडीको तीव्र गतिले दुर्घटना

डेक्स

डेक्स

नाका बन्द हुने चिन्ताले गाडीको तीव्र गतिले दुर्घटना
ADVERTISEMENT

सीमानाका बन्द हुनुअगावै नेपाल प्रवेश गर्न तीव्र गतिमा गाडी चलाउँदा सीमावर्ती भारतीय क्षेत्रमा दुर्घटना हुने गरेको पाइएको छ ।  नेपालगञ्जस्थित नेपाल–भारत जमुनाहा नाका राति १० बजे बन्द हुने गरेको छ ।

सीमानाका बन्द भएपछि भारतीय बजार रुपैडिहामै अलपत्र परिने भएकाले १० बज्नुअगावै सीमानाका पुग्न तीव्र गतिमा गाडी चलाउँदा सीमावर्ती भारतीय क्षेत्रमा हुने दुर्घटनामा परेर नेपालीले ज्यान गुमाउने गरेका छन् । 

शनिबार भारतको बलरामपुरबाट नेपालगञ्ज आउँदै गरेको युपी ४७ डब्लु १२१७ नम्बरको गाडी पनि १० बजेअगावै सीमानाकामा पुग्न तीव्र गतिमा रहेकाले दुर्घटना हुँदा छ नेपालीको ज्यान गएको जनाइएको छ । 

शव लिन घटनास्थल भारतको श्रावस्ती पुगेर फर्केका नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष एवं स्थानीय अगुवा नन्दलाल वैश्यले राति १० बजेनै जमुनाहा नाकामा पुग्न तीव्र गतिमा गाडी चलाउँदा सडकमा गाईसँग ठोक्किएर दुर्घटना भएको पाइएको बताउनुभयो । 

उहाँका अनुसार सीमा बन्द भएपछि रुपैडियामा बस्नुपर्छ भनेर गाडी तीव्र गतिमा आउँदै थियो । १० बजे सीमानाका बन्द हुनुअघिनै जमुनाहा पुग्छौँ भनेर परिवारलाई खबर गरेका थिएँ तर, सडकमा गाईसँग ठक्कर खाएपछि दुर्घटना हुँदा नेपालगञ्जका दुई परिवारका छ जनाको दुःखद् निधन हुन पुग्यो । 

भारतका विभिन्न सहरबाट नेपालगञ्ज आउने राति १० बजेअघि नै जमुनाहा पुग्ने दबाबमा तीव्र गतिमा गाडी चलाउने गरेको वैश्यले बताउनुभयो । भारतका विभिन्न सहरबाट रुपैडिया आउने गाडीले राति ल्याएर छोड्दै धेरै जना नेपाली सीमामा लुटिने गरेका छन् ।

श्रावस्ती जिल्लाको इकौना नजिक सडकमा शनिबार राति गाईसँग ठोक्किँएर भएको गाडी दुर्घटनामा परी नेपालगञ्ज–११ सदरलाइन निवासी ३५ वर्षीय वैभव गुप्ता, उनकी पत्नी ३२ वर्षीया दिपीका गुप्ता, तीन वर्षीय छोरा डल्लु गुप्ता र छ महिनाकी छोरी श्रीया गुप्ता तथा त्रिभुवन चोकस्थित एसकुमार वाच कम्पनीका सञ्चालक सन्तोष गुप्ताका २२ वर्षीय छोरा निलान्स गुप्ता र २० वर्षीया छोरी सुनिती गुप्ताको निधन भएको थियो ।

शनिबार बिहान निलान्स र सुनिती मामाघर घुम्न र वैभव माइतीमा रहनुभएकी श्रीमती दिपीकालाई लिन बलरामपुर पुगेर फर्किने क्रममा दुर्घटना भएको थियो । छ जनाको ज्यान जाने गरी भारतमा भएको कार दुर्घटनाले नेपालगञ्जवासी शोकमग्न भएका छन् । 

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

यो पनि

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानब बेचबिखनविरुद्ध सामूहिक प्रतिबद्धता : सुरक्षा परियोजनाको संयुक्त अनुगमन

मानब बेचबिखनविरुद्ध सामूहिक प्रतिबद्धता : सुरक्षा परियोजनाको संयुक्त अनुगमन

बर्दिया, १३ कार्तिक । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चाल…