Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

गैससलाई लेखा व्यवस्थापन तालिम

डेक्स

डेक्स

गैससलाई लेखा व्यवस्थापन तालिम
ADVERTISEMENT

लेखा व्यस्थापन र वर्तमान कर प्रणाली विषयक एक दिने तालिम नेपालगन्जमा सम्पन्न भएको छ । गैरसरकारी संस्था महासंघ नेपाल, बाँके शाखा र आन्तरिक राजस्व कार्यालय नेपालगन्जको सयुक्त आयोजनामा सोमबार सो तालिम सम्पन्न भएको हो ।

तालिमको उद्घाटन सत्रमा बोल्दै आन्तरिक राजस्व कार्यालय नेपालगन्जका प्रमुख कर अधिकृत सुदिश कुमार अर्यालले करको विषयमा बिभिन्न खालका जटिलताहरु रहेको बताउदै तालिमबाट करको विषयमा रहेका जटिलता र समस्याको हल गर्न मद्धत पुग्ने बताउनुभयो ।

गैरसरकारी संस्था महासंघ नेपाल, बाँके शाखाका सदस्य तथा तालिम संयोजक मन भण्डारीले सञ्चालन गरेको उद्घाटन सत्रमा महासंघका कोषाध्यक्ष सुर्यलाल यादवले स्वागत गर्नुभयो । 

गैरसरकारी संस्थाहरुमा कार्यरत लेखा प्रमुखहरुलाई लक्षित गरी सञ्चालन गरिएको तालिममा आन्तरिक राजस्व कार्यालय नेपागन्जका कर अधिकृत लक्ष्मि प्रसाद उपाध्यय, चार्टर्ड एकाउटडेन्ट तेज प्रकास दिक्षित र गैसस महासंघ नेपाल, बाँके शाखा सदस्य मन भण्डारीले वर्तमान कर प्रणाली, करको दायरा, व्यवस्थित तरिकाले लेखा कसरी राख्ने, आयकरको गणना कसरी गर्ने, टिडिएस दाखिला कुन कुन समयमा गर्ने, पारिश्रमिक कर कसरी गणना गर्ने, इटिडिएस कसरी गर्ने, राजश्वको शिर्षकहरु के के हुन्छन, समयमा कर दाखिला नगरेमा के हुन्छ, कति रकम र कस्तो विलको टिडिएस कसरी गर्नुपर्दछ, आयकर ऐनमा गैरसरकारी संस्थासंग सम्बन्धी के व्यवस्था छ, लेखा परिक्षण, व्यवस्थित लेखा प्रणाली, सामाजिक परीक्षण लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।

गैरसरकारी संस्था महासंघ नेपाल, बाँके शाखाका अध्यक्ष चन्द्र प्रसाद तिमिल्सिनको अध्यक्षतामा भएको तालिमको समापन समारोहमा बोल्दै महासंघका सचिब आशिष वर्माले गैसस प्रतिनिधि र गैससमा कार्यरत कर्मचारीहरुको क्षमता विकासका लागि महासंघले बिभिन्न कार्यक्रम र तालिम सञ्चालन गर्ने वार्षिक योजना अनुसार तालिमको आयोजना गरिएको बताउदै तालिमबाट लेखा ब्यवस्थापन र कर प्रणालीको विषयमा प्राप्त गरेको ज्ञानलाई कार्य क्षेत्रमा लागु गर्नुपर्ने बताउनुभयो ।

तालिममा बाँके जिल्लामा कार्यरत ३० भन्दा बढी संस्थाका लेखा प्रमुख र लेखा सहायकको सहभागिता रहेको थियो । 


 

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

यो पनि

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

नेपालगन्ज २७ असोजः नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दिया, असोज २५ । युवा उद्यमशीलता प्रवद्र्धन, परियोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन…