Pairabi logo

कात्तिक १४, २०८३, शुक्रबार                    

गैससलाई लेखा व्यवस्थापन तालिम

डेक्स

डेक्स

गैससलाई लेखा व्यवस्थापन तालिम
ADVERTISEMENT

लेखा व्यस्थापन र वर्तमान कर प्रणाली विषयक एक दिने तालिम नेपालगन्जमा सम्पन्न भएको छ । गैरसरकारी संस्था महासंघ नेपाल, बाँके शाखा र आन्तरिक राजस्व कार्यालय नेपालगन्जको सयुक्त आयोजनामा सोमबार सो तालिम सम्पन्न भएको हो ।

तालिमको उद्घाटन सत्रमा बोल्दै आन्तरिक राजस्व कार्यालय नेपालगन्जका प्रमुख कर अधिकृत सुदिश कुमार अर्यालले करको विषयमा बिभिन्न खालका जटिलताहरु रहेको बताउदै तालिमबाट करको विषयमा रहेका जटिलता र समस्याको हल गर्न मद्धत पुग्ने बताउनुभयो ।

गैरसरकारी संस्था महासंघ नेपाल, बाँके शाखाका सदस्य तथा तालिम संयोजक मन भण्डारीले सञ्चालन गरेको उद्घाटन सत्रमा महासंघका कोषाध्यक्ष सुर्यलाल यादवले स्वागत गर्नुभयो । 

गैरसरकारी संस्थाहरुमा कार्यरत लेखा प्रमुखहरुलाई लक्षित गरी सञ्चालन गरिएको तालिममा आन्तरिक राजस्व कार्यालय नेपागन्जका कर अधिकृत लक्ष्मि प्रसाद उपाध्यय, चार्टर्ड एकाउटडेन्ट तेज प्रकास दिक्षित र गैसस महासंघ नेपाल, बाँके शाखा सदस्य मन भण्डारीले वर्तमान कर प्रणाली, करको दायरा, व्यवस्थित तरिकाले लेखा कसरी राख्ने, आयकरको गणना कसरी गर्ने, टिडिएस दाखिला कुन कुन समयमा गर्ने, पारिश्रमिक कर कसरी गणना गर्ने, इटिडिएस कसरी गर्ने, राजश्वको शिर्षकहरु के के हुन्छन, समयमा कर दाखिला नगरेमा के हुन्छ, कति रकम र कस्तो विलको टिडिएस कसरी गर्नुपर्दछ, आयकर ऐनमा गैरसरकारी संस्थासंग सम्बन्धी के व्यवस्था छ, लेखा परिक्षण, व्यवस्थित लेखा प्रणाली, सामाजिक परीक्षण लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।

गैरसरकारी संस्था महासंघ नेपाल, बाँके शाखाका अध्यक्ष चन्द्र प्रसाद तिमिल्सिनको अध्यक्षतामा भएको तालिमको समापन समारोहमा बोल्दै महासंघका सचिब आशिष वर्माले गैसस प्रतिनिधि र गैससमा कार्यरत कर्मचारीहरुको क्षमता विकासका लागि महासंघले बिभिन्न कार्यक्रम र तालिम सञ्चालन गर्ने वार्षिक योजना अनुसार तालिमको आयोजना गरिएको बताउदै तालिमबाट लेखा ब्यवस्थापन र कर प्रणालीको विषयमा प्राप्त गरेको ज्ञानलाई कार्य क्षेत्रमा लागु गर्नुपर्ने बताउनुभयो ।

तालिममा बाँके जिल्लामा कार्यरत ३० भन्दा बढी संस्थाका लेखा प्रमुख र लेखा सहायकको सहभागिता रहेको थियो । 


 

ताजा

सबै

मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचविखन गर्न आग्रह

बाँके, १३ कात्तिकः नेपालगञ्ज आसपासका बजारमा रहेका मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बे…

चाडपर्व मनाउन सस्तो दरमा धान बेच्दै किसान

बाँके, १३ कात्तिकः नजिकिँदो तिहारलगायतका चाडपर्व मनाउन यहाँका किसानले व्यापारीलाई …

मानब बेचबिखनविरुद्ध सामूहिक प्रतिबद्धता : सुरक्षा परियोजनाको संयुक्त अनुगमन

बर्दिया, १३ कार्तिक । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चाल…

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

लोकप्रिय

सबै

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

बाँकेमा पान खेतीको सम्भावना पहिल्याउँदै बस्नेत

नेपालगञ्ज १० कात्तिक : कोहलपुर नगरपालिका११ निवासी कीट संरक्षण अभियन्ता अध्यक्ष पुरमल …

यो पनि

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

नेपालगन्ज २७ असोजः नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…