Pairabi logo

कात्तिक ११, २०८३, मंगलबार                    

जैविक विविधता र जैविक मार्गमा लगानी बढ्दै

डेक्स

डेक्स

जैविक विविधता र जैविक मार्गमा लगानी बढ्दै
ADVERTISEMENT

नेपालगन्ज ।  बाँके राष्ट्रिय निकुञ्जमा रहेको जैविक विविधताका स्थान र जैविक मार्गको निर्मााणमा लगानी बढ्दै गएको छ । वन्यजन्तुलाई आवश्यक पर्ने पानीको अभाव हटाउन पोखरी निर्माणको कार्यक्रमका साथ त्यस्ता योजना अघि सारिएको हो । 
सुख्खा समयमा पानी नहुँदा निकुन्जभित्र रहेका वन्यजन्तु पानीको खोजीमा जङ्गल बाहिर जाने अवस्थाको अन्तय गर्न र वन्यजन्तुलाई संरक्षण गर्न तराई भू—परिधी (ताल) कार्यक्रममार्फत सो योजना अघि सारिएको हो । 
तराई भू—परिधी (ताल) कार्यक्रमका सह—निर्देशक कमलराज राईले चालू आर्थिक वर्षमा निकुन्जभित्र चार स्थानमा सोलार जडित पोखरी निर्माण भएको र कम्दी करिडोरको एउटा वनमा एक पोखरी सहित पाँच ताल निर्माण भएको जानकारी दिनुभयो । 
उहाँले जैविक विविधताको संरक्षण गर्न र वन्यजन्तुको बासस्थान सुरक्षित बनाउनेतर्फ ध्यान केन्द्रीत गरिएकोमा जोड दिँदै पर्यापर्यटन र जैविकमार्ग निर्माणमा समेत लगानी गरेको बताउनुभयो । 
‘यसको मुख्य उद्देश्य तालतलैयाबाट वन्यजन्तुलाई आवश्यक पर्ने पानी अभाव हटाउने र उनीहरुको बासस्थानलाई सुरिक्षत गर्नु हो’ सह—निर्देशक राईले भन्नुभयो ।  
वन्यजन्तुमैत्री संरचना निर्मााणमा उक्त कार्यक्रमले जोड दिएको उल्लेख गर्दै उहाँले संरक्षणका क्षेत्रमा प्रत्येक वर्ष लगानी बढाउदै लगेको जानकारी दिनुभयो । तालतलैया कार्यक्रम सहित विभिन्न उपकरण खरिदमा करिव रु २३ लाख खर्च भएको छ । 
सो खर्चमध्ये जलसेनी सिमसार क्षेत्रमा रु. ७५०००, गोठेरीमा भएको सोलार सहितको ताल निर्मााण्का लागि रु. ५ लाख, सिसीटिभीका लागि रु. ३ लाख खर्च भएको बताइएको छ । 
उक्त कार्यक्रममार्फत निकुन्जभित्र घाँसे मैदानको व्यवस्थापन, गस्ती गर्नका लागि चाहिने साइकल, सिसीटिभी लगायतका विभिन्न उपकरणको खरिदमा समेत सहयोग भएको छ । अहिले निकुन्जमा करिव ८० पोखरी रहेको निकुन्ज प्रशासनले जनाएको छ । 
तराई भू—परिधी (ताल) कार्यक्रममार्फत मानव र वन्यजन्तुबीचको द्धन्द्ध न्यूनिकरणका लागि वालापुुर क्षेत्रमा काम भएको छ । त्यसबाहेक सामुदायिक रुपमा संरक्षण कोष निर्माण गरेर वैकल्पीक आयआर्जनका कार्यक्रम समेत अघि बढाइएको सो कार्यक्रमले जानकारी दिएको छ । ‘विभिन्न प्याकेजमा विभिन्न प्रभाव रहने काम भएका छन ’उहाँले भन्नुभयो । 
अर्को बर्ष जलवायु परिवर्तन, तालको संरक्षण, वनजङ्गलको संरक्षण लगायतका योजना सङ्कलनपछि कार्यक्रम अघि सारिने बताइएको छ । 
वन्यजन्तुको निर्वाध आवागमन सुनिश्चित गर्न जैविक मार्गको निर्माण, स्थानीय बासिन्दा र वन्यजन्तुबीचको द्धन्द कम गर्न उपयुक्त संरक्षण व्वस्थापन रणनीति अपनाउन, मासिएका वा हराउदै गएका वन क्षेत्रको हैसियत वढाउन स्थानीय समुदायको सहभागिता वढाउन लगायतमा उक्त कार्यक्रमले सहयोग गर्दै आएको छ । सो कार्यक्रमले पाँच राष्ट्रिय निकुन्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्रमा काम गर्दै आएको छ । 
 

ताजा

सबै

बैतडीमा भूकम्प

बैतडी, ८ कार्तिक : बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भू…

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

नेपालगन्ज, ८ कात्तिकः जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ म…

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

लोकप्रिय

सबै

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

नेपालगन्ज,६ कात्तिकः बाँकेको नेपालगञ्ज उपमहानगरपालिका१९ का अमजत अली शेख विगत सात व…

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

यो पनि

बैतडीमा भूकम्प

बैतडीमा भूकम्प

बैतडी, ८ कार्तिक : बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भू…

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

नेपालगन्ज, ८ कात्तिकः जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ म…

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

बाँके, ३ कात्तिक । बाँकेको राप्ती सोनारी गाउँपालिका६ फत्तेपुरका किसान महिलाले खसीब…