Pairabi logo

कात्तिक १०, २०८३, सोमबार                    

सहकारीको अनुगमन

डेक्स

डेक्स

सहकारीको अनुगमन
ADVERTISEMENT

नेपालगञ्ज उपमहानगरपालिकाले सहकारीहरुको अनुगमनलाई निरन्तरता दिइरहेको छ । सहकारीहरुलाई चुस्तदुरुस्त र अद्यावधिक राख्न नियमित अनुगमन भइरहेको हो । सहकारी ऐन र प्रलचित नियम कानुन बमोजिम सञ्चालन भए नभएको, आर्थिक र व्यवस्थापकीय अवस्था, विद्यमान त्रृटी र सुधारका लागि आवश्यक सल्लाह सुझाब दिँदै सहकारीहरुलाई चुस्तदुरुस्त र अद्यावधिक राख्न नियमित अनुगमन गर्दै आएको नेपालगञ्ज उपमहानगरपालिका सहकारी शाखा प्रमुख प्रविणकुमार रानाले बताउनुभयो । नेपालगञ्ज उपमहानगरपालिकाको कार्य क्षेत्रभित्र रहेका सहकारीहरुको नियमित अनुगमन गर्दै आएको सहकारी शाखाको अनुगमन टोलीले आज ९विहिबार० दुई वटा सहकारी संस्थाको अनुगमन गरेको छ ।

शाखा प्रमुख राना, जिल्ला सहकारी संघका प्रबन्ध संचालक नवराज उपाध्याय, नेपालगञ्ज उपमहानगरपालिकाका प्रेस सल्लाहकार नवीन गिरी सम्मिलित अनुगमन टोलीले नेपालगञ्ज–१२ बेलासपुर स्थित पूर्णिमा बहुउद्देश्यीय सहकारी संस्था र नेपालगञ्ज–१८ कारकाँदोस्थित पौरखी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अनुगमन गरेको हो । अनुगमनका क्रममा आर्थिक मन्दीका बीच पनि कुशल व्यवस्थापनका साथ सहकारीहरु सञ्चालन भइरहेको पाइएको रानाले बताउनुभयो । “यो मन्दीमा पनि उच्च मनोबलका साथ सञ्चालन भइरहेको पायौं तर कतिपय विषयमा अद्यावधिक नभएको पनि पाएका छौं, ती विषयहरुलाई तत्काल सच्याएर अघि बढ्न पनि भनेका छौं,” रानाले भन्नुभयो–“डकुमेन्टेसनलाई अद्यावधिक राख्न सुझाब दिएका छौं ।”

ऐन नियम, नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने, नियमित बैठक बस्नुपर्ने, कागजात चुस्तदुरुस्त राख्नुपर्ने, ऋण प्रवाह गर्दा अपनाउनुपर्ने प्रक्रिया लगायतका विषयमा कैफियत लेखेर आगामी दिनमा सच्याउन प्रतिबद्ध बनाइएको जिल्ला सहकारी संघका प्रवन्ध संचालक उपाध्यायले जानकारी दिनुभयो । अप्ठेरो परिस्थितिमा पनि सहकारीहरु राम्रोसंग सञ्चालन भइरहेको पाइएको बताउँदै उहाँले अनुगमनका क्रममा देखिएका केही कमीकमजोरीहरुलाई सच्याउन सुझाब दिइएको उल्लेख गर्नुभयो ।

पूर्णिमाले स्वास्थ्य सेवा पनि प्रवाह गर्दै आएको छ । शेयर सदस्य र विपन्न बर्गलाई लक्षित गरी आफ्नै प्रयोगशालासहित नियमित स्वास्थ्य सेवा प्रदान गर्दै आएको उपाध्यक्ष लता शर्माले बताउनुभयो । प्रबन्धक बामदेव भट्टराईले आगामी दिनमा कमीकमजोरी सच्याएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । पूर्णिमामा ४२० शेयर सदस्य छन् ।

पौरखीले पनि विपन्नलाई शैक्षिक सामग्री, विद्यालय पोशाक, झोला लगायत वितरण गर्दै आएको छ । बेला बेलामा स्वास्थ्य शिविर पनि संचालन गर्दै आएको अध्यक्ष दुर्गाप्रसाद अधिकारीले बताउनुभयो । पौरखीमा १३०० शेयर सदस्य रहेको कोषाध्यक्ष पूर्णदेव गिरीले जानकारी दिनुभयो । संस्थाका प्रबन्धक सञ्जयकुमार बर्माले अनुगमनका क्रममा भेटिएका कमीकमजोरी सच्याएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।    

ताजा

सबै

बैतडीमा भूकम्प

बैतडी, ८ कार्तिक : बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भू…

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

नेपालगन्ज, ८ कात्तिकः जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ म…

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

लोकप्रिय

सबै

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

नेपालगन्ज,६ कात्तिकः बाँकेको नेपालगञ्ज उपमहानगरपालिका१९ का अमजत अली शेख विगत सात व…

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

यो पनि

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

नेपालगन्ज २७ असोजः नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दिया, असोज २५ । युवा उद्यमशीलता प्रवद्र्धन, परियोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन…