Pairabi logo

असोज २६, २०८३, सोमबार                    

सहकारीको अनुगमन

डेक्स

डेक्स

सहकारीको अनुगमन
ADVERTISEMENT

नेपालगञ्ज उपमहानगरपालिकाले सहकारीहरुको अनुगमनलाई निरन्तरता दिइरहेको छ । सहकारीहरुलाई चुस्तदुरुस्त र अद्यावधिक राख्न नियमित अनुगमन भइरहेको हो । सहकारी ऐन र प्रलचित नियम कानुन बमोजिम सञ्चालन भए नभएको, आर्थिक र व्यवस्थापकीय अवस्था, विद्यमान त्रृटी र सुधारका लागि आवश्यक सल्लाह सुझाब दिँदै सहकारीहरुलाई चुस्तदुरुस्त र अद्यावधिक राख्न नियमित अनुगमन गर्दै आएको नेपालगञ्ज उपमहानगरपालिका सहकारी शाखा प्रमुख प्रविणकुमार रानाले बताउनुभयो । नेपालगञ्ज उपमहानगरपालिकाको कार्य क्षेत्रभित्र रहेका सहकारीहरुको नियमित अनुगमन गर्दै आएको सहकारी शाखाको अनुगमन टोलीले आज ९विहिबार० दुई वटा सहकारी संस्थाको अनुगमन गरेको छ ।

शाखा प्रमुख राना, जिल्ला सहकारी संघका प्रबन्ध संचालक नवराज उपाध्याय, नेपालगञ्ज उपमहानगरपालिकाका प्रेस सल्लाहकार नवीन गिरी सम्मिलित अनुगमन टोलीले नेपालगञ्ज–१२ बेलासपुर स्थित पूर्णिमा बहुउद्देश्यीय सहकारी संस्था र नेपालगञ्ज–१८ कारकाँदोस्थित पौरखी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अनुगमन गरेको हो । अनुगमनका क्रममा आर्थिक मन्दीका बीच पनि कुशल व्यवस्थापनका साथ सहकारीहरु सञ्चालन भइरहेको पाइएको रानाले बताउनुभयो । “यो मन्दीमा पनि उच्च मनोबलका साथ सञ्चालन भइरहेको पायौं तर कतिपय विषयमा अद्यावधिक नभएको पनि पाएका छौं, ती विषयहरुलाई तत्काल सच्याएर अघि बढ्न पनि भनेका छौं,” रानाले भन्नुभयो–“डकुमेन्टेसनलाई अद्यावधिक राख्न सुझाब दिएका छौं ।”

ऐन नियम, नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने, नियमित बैठक बस्नुपर्ने, कागजात चुस्तदुरुस्त राख्नुपर्ने, ऋण प्रवाह गर्दा अपनाउनुपर्ने प्रक्रिया लगायतका विषयमा कैफियत लेखेर आगामी दिनमा सच्याउन प्रतिबद्ध बनाइएको जिल्ला सहकारी संघका प्रवन्ध संचालक उपाध्यायले जानकारी दिनुभयो । अप्ठेरो परिस्थितिमा पनि सहकारीहरु राम्रोसंग सञ्चालन भइरहेको पाइएको बताउँदै उहाँले अनुगमनका क्रममा देखिएका केही कमीकमजोरीहरुलाई सच्याउन सुझाब दिइएको उल्लेख गर्नुभयो ।

पूर्णिमाले स्वास्थ्य सेवा पनि प्रवाह गर्दै आएको छ । शेयर सदस्य र विपन्न बर्गलाई लक्षित गरी आफ्नै प्रयोगशालासहित नियमित स्वास्थ्य सेवा प्रदान गर्दै आएको उपाध्यक्ष लता शर्माले बताउनुभयो । प्रबन्धक बामदेव भट्टराईले आगामी दिनमा कमीकमजोरी सच्याएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । पूर्णिमामा ४२० शेयर सदस्य छन् ।

पौरखीले पनि विपन्नलाई शैक्षिक सामग्री, विद्यालय पोशाक, झोला लगायत वितरण गर्दै आएको छ । बेला बेलामा स्वास्थ्य शिविर पनि संचालन गर्दै आएको अध्यक्ष दुर्गाप्रसाद अधिकारीले बताउनुभयो । पौरखीमा १३०० शेयर सदस्य रहेको कोषाध्यक्ष पूर्णदेव गिरीले जानकारी दिनुभयो । संस्थाका प्रबन्धक सञ्जयकुमार बर्माले अनुगमनका क्रममा भेटिएका कमीकमजोरी सच्याएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।    

ताजा

सबै

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दिया, असोज २५ । युवा उद्यमशीलता प्रवद्र्धन, परियोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन…

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

नेपालगन्ज। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न प्रस्ताव…

लोकप्रिय

सबै

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

नाङ्गो विद्युत् तारबाट १७ वर्षीय किशोर घाइते भएपछि क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा

नेपालगन्ज। सार्वजनिक सडकमा लत्रिएको नाङ्गो विद्युत् तारको सम्पर्कमा परी गम्भीर घाइते भएक…

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

नेपालगन्ज। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न प्रस्ताव…

यो पनि

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दिया, असोज २५ । युवा उद्यमशीलता प्रवद्र्धन, परियोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

बर्दिया, ५ असोजः वीरबहादुर चौधरी दुर्घटनामा परी पूर्ण अपाङ्गता भएपछि बढैयाताल गाउँप…

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण …