Pairabi logo

असोज २८, २०८३, बुधबार                    

स्वच्छ उर्जामार्फत उपभोक्ता सशक्तीकरण

डेक्स

डेक्स

स्वच्छ उर्जामार्फत उपभोक्ता सशक्तीकरण
ADVERTISEMENT

नेपालगन्ज १, चैत । “स्वच्छ उर्जामार्फत उपभोक्ता सशक्तीकरण” भन्ने नाराका साथ आज विभिन्न कार्यक्रम गरि उपभोक्ता अधिकार दिवस मनाईंएको छ । १५ मार्च १९६५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको उपभोक्ता हित सँग सम्बन्धित सुरक्षा, सुचना, छनौट र सुनुवाईलाई उपभोक्ताका अधिकारका रुपमा घोषणा गरिएको सम्झनामा विश्वभर मार्च १५ मा यो दिवस मनाउन थालिएको हो । 


दिवसको अवसरमा आज नेपालगन्जमा अधिकारकर्मीद्धारा दिप प्रज्जवलन गरिएको छ । 


नेपाली उपभोक्ता संरक्षण महासंघ बाँके, सूचना र मानव अधिकार अनुसन्धान केन्द्र र उपभोक्ता मञ्च नेपालको सयुक्त आयोजनामा नेपालगन्जको त्रिभुवन चोकमा दिप प्रज्जवलन कार्यक्रम गरिएको हो । 


महासंघका अध्यक्ष डा विनोद कर्ण, उपभोक्ता मञ्चका अध्यक्ष अधिबक्ता सुदिप भटराई, आइएचआरसीका अध्यक्ष अधिबक्ता विश्वजित तिवारी, नेपालगन्ज उपमहानगरपालिकाका कार्यपालिका सदस्य बसन्त कनोजिया, नेपालगन्ज उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष नन्दलाल बैश्य, अधिकारकर्मी जहिरुलहक जिनू, शैलेन्द्रकुमार बैश्य, मधईसिंह सरदार, कृष्ण पाण्डे, असफाक संघर्ष, रञ्जिता ढकाल, अधिवक्ता पवन गुप्तालगायतको उपस्थिती रहेको थियो । 


कार्यक्रममार्फत उपभोक्ता सचेतनासगै सरोकारवाला निकायको ध्यानाकर्षण गराइएको थियो । 

नेपालको संविधान – २०७२ ले नै उपभोक्ता अधिकारको विषयमा महत्वपूर्ण व्यवस्था गरेको छ  । उपभोक्ताको हकलाइ संविधानको मौलिक हक अन्तरगत संविधानको धारा ४४ (१) मा राखिएको छ र “प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक हुनेछ” भन्ने उल्लेख गरिएको छ , भने धारा ४४ (२) मा “गुणस्तरहीन वस्तु वा सेवाबाट क्षति पुगेको व्यक्तिलाई कानुनबमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ” भनेर क्षतिपूर्तिको अधिकार समेत सुनिश्चित गरिएको छ  ।

त्यसैगरी राज्यका नीतिहरु अन्तर्गत संविधानको धारा ५१ (घ) (७) मा “कालोबजारी, एकाधिकार, कृत्रिम अभाव सिर्जना गर्ने र प्रतिस्पर्धा नियन्त्रणजस्ता कार्यको अन्त्य गर्दै राष्ट्रिय अर्थतन्त्रलाई प्रतिस्पर्धी बनाई व्यापारिक स्वच्छता र अनुशासन कायम गरी उपभोक्ताको हित संरक्षण गर्ने” भनिएको छ । संविधानको मौलिक अन्तर्गत धारा ३६ मा खाद्य सम्बन्धि हकको व्यवस्था गरिएको छ । जसमा “प्रत्येक नागरिकलाई खाद्यसम्बन्धी हक हुने, प्रत्येक नागरिकलाई खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हकका साथै प्रत्येक नागरिकलाई खाद्य सम्प्रभुताको हक हुनेछ” भनिएको छ । 

यसरी देशको मूल कानुन संविधानमा नै उपभोक्ताको हक, हित र अधिकारको विषयमा स्पष्ट रुपमा महत्वपूर्ण व्यवस्थाहरु गरिएको छ । उपभोक्ताको अधिकारको विषय संविधानमा मात्र होइन त्यसको व्यावहारिक कार्यान्वयनका लागि सरकारले पुरानो उपभोक्ता संरक्षण ऐन २०५४ खारेज गरी नयाँ “उपभोक्ता संरक्षण ऐन २०७५” जारी गरी कार्यान्वयनमा ल्याइएको छ  ि “गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको संवैधानिक अधिकारको संरक्षण तथा सम्वर्द्वन गर्न, उपभोक्तालाई प्राप्त हकको प्रचलनका लागि न्यायिक उपचार प्रदान गर्न र उपभोक्तालाई हुन सक्ने हानि, नोक्सानी बापत क्षतिपूर्ति उपलब्ध गराउन” भनेर २०७५ असोज २ गते प्रमाणीकरण गरिएको “उपभोक्ता संरक्षण ऐन – २०७५” को प्रस्तावनामै  उल्लेख गरिएको छ । 
 

ताजा

सबै

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

नेपालगन्ज २७ असोजः नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय…

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…