Pairabi logo

कात्तिक १३, २०८३, बिहीबार                    

बाँकेमा आँपको उत्पादन बढ्दै

डेक्स

डेक्स

बाँकेमा आँपको उत्पादन बढ्दै
ADVERTISEMENT

नेपालगञ्ज । बाँकेमा यस वर्ष आँपको उत्पादन बढ्ने भएकाले किसान उत्साहित भएका छन् । आँपको बोट झाँगिने गरी फूल फुलेपछि किसान उत्पादन बढ्नेमा आशावादी देखिएको कृषि ज्ञान केन्द्र नेपालगञ्जले जनाएको छ ।  तर बर्षेनी आउने हावा, हुरी र बतासले आँका फूल झार्नुका साथै बतिला आँप समेत झार्ने गरेको पाइएको छ । 

एकाध आँप भएका बारी होस वा आँपको बगैँचा नै किन नहोस् यतिबेला सबैतिर आँपका रुखमा फूल फुलेका छन् । बाँकेमा घरायसी प्रयोजनका लागि अधिकांश घरमा आँपको रुख लगाइएको छ ।

व्यावसायिक प्रयोजनका लागि विभिन्न स्थानमा समेत आँपका फुल फुलेर झकिझकाउ भएका छन् । कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख शकील अहमदले यस वर्ष आँपको उत्पादन बढ्न सक्ने विश्वास व्यक्त गर्नुभयो । 

‘आँप एक वर्ष बढी र अर्को वर्ष कम उत्पादन हुन्छ,’ कार्यालय प्रमुख अहमदले भन्नुभयो यस वर्ष सबैतिरबाट आँपको उत्पादन राम्रो हुने अनुमान गरिएको छ ।’

बाँके लगायतका जिल्लामा चैत, वैशाख तथा जेठ महिनामा आउने हावाहुरीले आँप झारेर क्षति पुर्याउने भए पनि यस वर्ष फुलेको आधारमा बढी उत्पादन हुने कार्यालयले जनाएको छ ।

बाँकेमा सबैभन्दा बढी दशहरी आँप लगाइएको छ । माल्दा लगायतका अन्य आँपको रुख पनि लगाइएको छ । कृषि ज्ञान केन्द्रका अनुसार सबै जातका आँपको रूपमा फुल फुलेका छन् ।

बाँके जिल्लाभर करिब ३०० हेक्टर जमिनमा आँप लगाइएको अनुमान छ । जिल्लामा अधिकांशका घरमा आँप लगाएको पाइन्छ । बाँकेको सितापुर, भवानियापुर, डुडुवा लगायतका क्षेत्रमा आँपको व्यावसायिक उत्पादन हुने गरेको छ ।

ताजा

सबै

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँके, ११ कात्तिकः सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालि…

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

बाँके ११ कात्तिकः मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका कि…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

लोकप्रिय

सबै

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके १० कात्तिकः गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षक…

बाँकेमा पान खेतीको सम्भावना पहिल्याउँदै बस्नेत

नेपालगञ्ज १० कात्तिक : कोहलपुर नगरपालिका११ निवासी कीट संरक्षण अभियन्ता अध्यक्ष पुरमल …

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

यो पनि

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँके, ११ कात्तिकः सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालि…

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

बाँके ११ कात्तिकः मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका कि…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

बाँके, १० कात्तिकः सैयापुर क्षेत्र हाइकिङ (पदयात्रा)लागि गन्तव्य स्थान बन्न थालेको छ । …