Pairabi logo

असोज २९, २०८३, बिहीबार                    

पाँच बर्षमा पनि निर्माण भएन दुई किलोमिटर सडक

डेक्स

डेक्स

पाँच बर्षमा पनि निर्माण भएन दुई किलोमिटर सडक
ADVERTISEMENT

नेपालगञ्ज । बाँकेको खजुरामा ठेक्का लिएको साढे पाँच वर्ष बिते पनि १ हजार ८ सय मिटर सडकको निर्माण कार्य अझै पूरा भएको छैन । ठेकेदारले खजुरा बजारको १ हजार ८ सय मिटर सडकको निर्माण अधुरो छाडेर अलपत्र पारेका कारण जनतालाई सास्ती भइरहेको स्थानीयले गुनासो गरेका छन । 
बाँकेको खजुरा गाउँपालिकाको ईलाका प्रहरी कार्यालय धनौलीदेखि १ नम्बर बजारसम्मको १ हजार ८ सय मिटर चार लेन सडक निर्माणको काम हुन नसकेको हो । चार लेन सडक निर्माणको काम गर्ने ठेक्का वि.स २०७४ वैशाखमा गजुरमुखी निर्माण सेवा इलामले रु.२१ करोड ४९ लाखमा पाएको थियो ।

कम्पनीले सम्झौता भएको ३० महिनामा काम सक्ने लिखित प्रतिबद्धता जनाएकोेमा ६८ महिना बिते पनि अझै सडक अपुरो छ । विभिन्न बहानामा पटक पटक म्याद थपिए पनि निर्माणको काम अझैसम्म पूरा हुन नसकेको स्थानीय सतिश निरौलाले बताए । स्थानीयले सडक निर्माणको माग गर्दै पटक पटक आन्दोलन भए पनि सडक अझै अलपत्र रहेको उनले बताए ।

सडक डिभिजन कार्यालय नेपालगञ्जका अनुसार कोरोना महामारी र मौसम प्रतिकूलताका कारण तोकिएको समयमा काम नसकिएको जानकारी गराएर निर्माण कम्पनीले म्याद थप गर्दै आएको छ ।

सडक बारे खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले सम्बन्धित निकायमा ताकेता गरे पनि काम हुन नसकेको बताए । सडक अलपत्र पार्ने ठेकेदारलाई लुम्बिनी प्रदेश सरकारका विनाविभागीय मन्त्री कृष्णा केसीले तत्काल निर्माण पूरा गर्न निर्देशन दिएकी छन् । मन्त्री केसीले ठेकेदार वामदेव रेग्मीलाई फोन गरेर तत्काल फिल्डमा आएर अधुरो सडकको काम पूरा गर्न निर्देशन दिइन् ।

नेपालगञ्ज स् बाँकेको खजुरामा ठेक्का लिएको साढे पाँच वर्ष बिते पनि १८ सय मिटर सडकको निर्माण कार्य पूरा भएन । ठेकेदारले खजुरा बजारको १८ सय मिटर सडकको निर्माण अधुरो छाडेर अलपत्र पारेका कारण जनतालाई सास्ती भैरहेको गुनासो स्थानीय बासिन्दाले गरेका छन् ।

बाँकेको खजुरा गाउँपालिकाको ईलाका प्रहरी कार्यालय धनौलीदेखि १ नम्बर बजारसम्मको १८ सय मिटर चार लेन सडक निर्माणको काम हुन नसकेको हो । चार लेन सडक निर्माणको काम गर्ने ठेक्का २०७४ वैशाखमा गजुरमुखी निर्माण सेवा इलामले २१ करोड ४९ लाखमा पाएको थियो ।

कम्पनीले सम्झौता भएको ३० महिनामा काम सक्ने लिखित प्रतिबद्धता जनाएकोेमा ६८ महिना बिते पनि अझै सडक अपुरो छ । विभिन्न बहानामा पटक पटक म्याद थपिए पनि निर्माणको काम अझैसम्म पूरा हुन नसकेको स्थानीय सतिश निरौलाले बताए । स्थानीयले सडक निर्माणको माग गर्दै पटक पटक आन्दोलन भए पनि सडक अझै अलपत्र रहेको उनले बताए ।

सडक डिभिजन कार्यालय नेपालगञ्जका अनुसार कोरोना महामारी र मौसम प्रतिकूलताका कारण तोकिएको समयमा काम नसकिएको जानकारी गराएर निर्माण कम्पनीले म्याद थप गर्दै आएको छ ।

सडक बारे खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले सम्बन्धित निकायमा ताकेता गरे पनि काम हुन नसकेको बताए । सडक अलपत्र पार्ने ठेकेदारलाई लुम्बिनी प्रदेश सरकारका विनाविभागीय मन्त्री कृष्णा केसीले तत्काल निर्माण पूरा गर्न निर्देशन दिएकी छन् । मन्त्री केसीले ठेकेदार वामदेव रेग्मीलाई फोन गरेर तत्काल फिल्डमा आएर अधुरो सडकको काम पूरा गर्न निर्देशन दिइन् ।

ताजा

सबै

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

यो पनि

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…