Pairabi logo

कात्तिक १६, २०८३, आइतबार                    

पाँच बर्षमा पनि निर्माण भएन दुई किलोमिटर सडक

डेक्स

ADVERTISEMENT

नेपालगञ्ज । बाँकेको खजुरामा ठेक्का लिएको साढे पाँच वर्ष बिते पनि १ हजार ८ सय मिटर सडकको निर्माण कार्य अझै पूरा भएको छैन । ठेकेदारले खजुरा बजारको १ हजार ८ सय मिटर सडकको निर्माण अधुरो छाडेर अलपत्र पारेका कारण जनतालाई सास्ती भइरहेको स्थानीयले गुनासो गरेका छन । 
बाँकेको खजुरा गाउँपालिकाको ईलाका प्रहरी कार्यालय धनौलीदेखि १ नम्बर बजारसम्मको १ हजार ८ सय मिटर चार लेन सडक निर्माणको काम हुन नसकेको हो । चार लेन सडक निर्माणको काम गर्ने ठेक्का वि.स २०७४ वैशाखमा गजुरमुखी निर्माण सेवा इलामले रु.२१ करोड ४९ लाखमा पाएको थियो ।

कम्पनीले सम्झौता भएको ३० महिनामा काम सक्ने लिखित प्रतिबद्धता जनाएकोेमा ६८ महिना बिते पनि अझै सडक अपुरो छ । विभिन्न बहानामा पटक पटक म्याद थपिए पनि निर्माणको काम अझैसम्म पूरा हुन नसकेको स्थानीय सतिश निरौलाले बताए । स्थानीयले सडक निर्माणको माग गर्दै पटक पटक आन्दोलन भए पनि सडक अझै अलपत्र रहेको उनले बताए ।

सडक डिभिजन कार्यालय नेपालगञ्जका अनुसार कोरोना महामारी र मौसम प्रतिकूलताका कारण तोकिएको समयमा काम नसकिएको जानकारी गराएर निर्माण कम्पनीले म्याद थप गर्दै आएको छ ।

सडक बारे खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले सम्बन्धित निकायमा ताकेता गरे पनि काम हुन नसकेको बताए । सडक अलपत्र पार्ने ठेकेदारलाई लुम्बिनी प्रदेश सरकारका विनाविभागीय मन्त्री कृष्णा केसीले तत्काल निर्माण पूरा गर्न निर्देशन दिएकी छन् । मन्त्री केसीले ठेकेदार वामदेव रेग्मीलाई फोन गरेर तत्काल फिल्डमा आएर अधुरो सडकको काम पूरा गर्न निर्देशन दिइन् ।

नेपालगञ्ज स् बाँकेको खजुरामा ठेक्का लिएको साढे पाँच वर्ष बिते पनि १८ सय मिटर सडकको निर्माण कार्य पूरा भएन । ठेकेदारले खजुरा बजारको १८ सय मिटर सडकको निर्माण अधुरो छाडेर अलपत्र पारेका कारण जनतालाई सास्ती भैरहेको गुनासो स्थानीय बासिन्दाले गरेका छन् ।

बाँकेको खजुरा गाउँपालिकाको ईलाका प्रहरी कार्यालय धनौलीदेखि १ नम्बर बजारसम्मको १८ सय मिटर चार लेन सडक निर्माणको काम हुन नसकेको हो । चार लेन सडक निर्माणको काम गर्ने ठेक्का २०७४ वैशाखमा गजुरमुखी निर्माण सेवा इलामले २१ करोड ४९ लाखमा पाएको थियो ।

कम्पनीले सम्झौता भएको ३० महिनामा काम सक्ने लिखित प्रतिबद्धता जनाएकोेमा ६८ महिना बिते पनि अझै सडक अपुरो छ । विभिन्न बहानामा पटक पटक म्याद थपिए पनि निर्माणको काम अझैसम्म पूरा हुन नसकेको स्थानीय सतिश निरौलाले बताए । स्थानीयले सडक निर्माणको माग गर्दै पटक पटक आन्दोलन भए पनि सडक अझै अलपत्र रहेको उनले बताए ।

सडक डिभिजन कार्यालय नेपालगञ्जका अनुसार कोरोना महामारी र मौसम प्रतिकूलताका कारण तोकिएको समयमा काम नसकिएको जानकारी गराएर निर्माण कम्पनीले म्याद थप गर्दै आएको छ ।

सडक बारे खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले सम्बन्धित निकायमा ताकेता गरे पनि काम हुन नसकेको बताए । सडक अलपत्र पार्ने ठेकेदारलाई लुम्बिनी प्रदेश सरकारका विनाविभागीय मन्त्री कृष्णा केसीले तत्काल निर्माण पूरा गर्न निर्देशन दिएकी छन् । मन्त्री केसीले ठेकेदार वामदेव रेग्मीलाई फोन गरेर तत्काल फिल्डमा आएर अधुरो सडकको काम पूरा गर्न निर्देशन दिइन् ।

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

यो पनि

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचविखन गर्न आग्रह

बाँके, १३ कात्तिकः नेपालगञ्ज आसपासका बजारमा रहेका मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बे…