Pairabi logo

कात्तिक ०१, २०८३, शनिबार                    

कोहलपुरमा दुई विधेयक सहितका एजेण्डा पारित

सम्वाददाता

सम्वाददाता

कोहलपुरमा दुई विधेयक सहितका एजेण्डा पारित
ADVERTISEMENT

नेपालगञ्ज । कोहलपुर नगरपालिकाको १२ औं नगरसभाले दुईवटा विद्येयकसहित सार्वजनिक महत्वका झन्डै एक दर्जन प्रस्तावहरु स्वीकृत गरेको छ । नगरसभाको आज बसेको दोस्रो बैठकमा नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले प्रस्तुत गर्नुभएको प्रस्तावलाई नगरसभाले सर्वसम्मतरुपमा पारित गरेको हो । गएको पुष २९ गते बसेको पहिलो बैठकमा नगर प्रमुख आचार्यले कोहलपुर बाङ्मय प्रतिष्ठान विद्येयक २०७९ र कोहलपुर नगरपालिकामा सार्वजनिक स्थानीय निकायबाट समायोजन भएका स्थायी कर्मचारीहरुलाई प्रोत्साहन सुविधा उपलब्ध गराउने सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक २०७९ टेवल गर्नुभएको थियो । योसँगै बजेट, योजना तथा कार्यक्रम संशोधन, नगरपालिकाको संगठन संरचनामा हेरफेर, लिजाको नतिजा ९२०७८÷०७९०, अर्धवार्षिक प्रगति समिक्षा प्रतिवेदन ९२०७८÷०७९० लगायतका सार्वजनिक महत्वका बिषयहरु पनि बैठकमा टेवल गर्नुभएको थियो । ती विद्येयक र सार्वजनिक महत्वको बिषयसँगै आज प्रस्ताव गरिएका थप सात वटा सार्वजनिक सरोकारका प्रस्ताव पनि बैठकले पारित गरेको प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जानकारी दिनुभयो । यातायात व्यवस्था कार्यालय बाँकेको ट्रायल सेन्टर कोहलपुरमा भएकाले यातायात कार्यालय पनि कोहलपुरमा स्थापना गर्न प्रदेश सरकारलाई अनुरोध गर्ने, कोहलपुर नगरपालिका तथा अखिल नेपाल फुटवल संघ ९एन्फा० बीच भएको सहमति अनुसार कोहलपुर नगरपालिकामा फुटवल एकेडेमी तत्काल संचालनका लागि एन्फा लगायतसँग पुनः अनुरोध गर्ने, कोहलपुर नगरपालिकामा वर्सेनि हुने डुवान नियन्त्रणका लागि  डुडुवा खोलामा तटबन्ध गरी डुडुवा करिडोर निर्माण गर्नका लागि विस्तृत परियोजना प्रतिवेदन तयारी तथा योजना कार्यान्वयनका लागि प्रदेश तथा संघीय सरकारलाई आग्रह गर्ने रहेका छन् । यसैगरी नेपाल सरकार सहरी विकास मन्त्रालयबाट संचालन हुने सघन सहरी विकास कार्यक्रममा कोहलपुर नगरपालिकालाई समेत समेटी योजना स्वीकृतका लागि अनुरोध गर्ने । र, खानेपानी तथा ढल निकास व्यवस्थापनका लागि मन्त्रालयमा पहल गर्ने, कोहलपुर नगरपालिकाका १५ वटै वडामा हालसम्म निर्मित संरचना९घर० को अभिलेखिकरण हुन बाँकी रहेको सन्दर्भमा कार्यपालिकाको निर्णय अनुसार प्रत्येक वडामा त्यस्ता घरहरुको संख्या एकीन गर्न जिम्मा दिईएकोमा जुन वडाको विस्तृत विवरण प्राप्त हुन्छ, त्यतिनै संख्याका लागि मात्र अन्तिम पटकको लागि घरनक्सा अभिलेखिकरण सूचना प्रकासन गर्ने र चालू आर्थिक वर्षको श्रावणदेखि हालसम्म अघिल्लो सभाबाट अधिकार प्राप्त भइ कार्यपालिका एवम् आगामी नगर प्रमुखस्तरीय  निर्णयबाट भएका गरेका सम्पूर्ण निर्णय तथा कार्यहरुको अनुमोदन भएमा सो प्रयोग गरी निर्णय एवम् कार्यान्वयन गर्न नगर कार्यपालिकालाई अधिकार प्रत्यायोजन गर्ने प्रस्ताव पनि बैठकले पारित गरेको प्रमुख प्रशासकीय अधिकृत ढकालले जानकारी दिनुभयो । आजको बैठकमा बोल्दै नगर प्रमुख आचार्यले कोहलपुर नगरपालिकाले संस्थागत सुधारका काममा प्राथमिकता दिइएको बताउनु भयो । यस्तै नगर उपप्रमुख संगिता सुवेदीले कोहलपुर नगरपालिकाले सुरु गरेको नीतिगत सुधार र सुशासनको परिणाम देखिन थालेको बताउनु भयो । बैठकमा नगरपालिकाका प्रवक्ता तथा नगरसभा सदस्य नमबहादुर आले, सदस्यहरु वीरेन्द्रकुमार शाह, लाल बहादुर राना, हरि कठायत, माधव प्रसाद रिजाल, भीम प्रसाद पौडेल र इश्वरी विक लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
 
ताजा

सबै

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

यो पनि

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…