Pairabi logo

माघ १०, २०८२, शुक्रबार                    

कोहलपुरमा दुई विधेयक सहितका एजेण्डा पारित

सम्वाददाता

सम्वाददाता

कोहलपुरमा दुई विधेयक सहितका एजेण्डा पारित
ADVERTISEMENT

नेपालगञ्ज । कोहलपुर नगरपालिकाको १२ औं नगरसभाले दुईवटा विद्येयकसहित सार्वजनिक महत्वका झन्डै एक दर्जन प्रस्तावहरु स्वीकृत गरेको छ । नगरसभाको आज बसेको दोस्रो बैठकमा नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले प्रस्तुत गर्नुभएको प्रस्तावलाई नगरसभाले सर्वसम्मतरुपमा पारित गरेको हो । गएको पुष २९ गते बसेको पहिलो बैठकमा नगर प्रमुख आचार्यले कोहलपुर बाङ्मय प्रतिष्ठान विद्येयक २०७९ र कोहलपुर नगरपालिकामा सार्वजनिक स्थानीय निकायबाट समायोजन भएका स्थायी कर्मचारीहरुलाई प्रोत्साहन सुविधा उपलब्ध गराउने सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक २०७९ टेवल गर्नुभएको थियो । योसँगै बजेट, योजना तथा कार्यक्रम संशोधन, नगरपालिकाको संगठन संरचनामा हेरफेर, लिजाको नतिजा ९२०७८÷०७९०, अर्धवार्षिक प्रगति समिक्षा प्रतिवेदन ९२०७८÷०७९० लगायतका सार्वजनिक महत्वका बिषयहरु पनि बैठकमा टेवल गर्नुभएको थियो । ती विद्येयक र सार्वजनिक महत्वको बिषयसँगै आज प्रस्ताव गरिएका थप सात वटा सार्वजनिक सरोकारका प्रस्ताव पनि बैठकले पारित गरेको प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जानकारी दिनुभयो । यातायात व्यवस्था कार्यालय बाँकेको ट्रायल सेन्टर कोहलपुरमा भएकाले यातायात कार्यालय पनि कोहलपुरमा स्थापना गर्न प्रदेश सरकारलाई अनुरोध गर्ने, कोहलपुर नगरपालिका तथा अखिल नेपाल फुटवल संघ ९एन्फा० बीच भएको सहमति अनुसार कोहलपुर नगरपालिकामा फुटवल एकेडेमी तत्काल संचालनका लागि एन्फा लगायतसँग पुनः अनुरोध गर्ने, कोहलपुर नगरपालिकामा वर्सेनि हुने डुवान नियन्त्रणका लागि  डुडुवा खोलामा तटबन्ध गरी डुडुवा करिडोर निर्माण गर्नका लागि विस्तृत परियोजना प्रतिवेदन तयारी तथा योजना कार्यान्वयनका लागि प्रदेश तथा संघीय सरकारलाई आग्रह गर्ने रहेका छन् । यसैगरी नेपाल सरकार सहरी विकास मन्त्रालयबाट संचालन हुने सघन सहरी विकास कार्यक्रममा कोहलपुर नगरपालिकालाई समेत समेटी योजना स्वीकृतका लागि अनुरोध गर्ने । र, खानेपानी तथा ढल निकास व्यवस्थापनका लागि मन्त्रालयमा पहल गर्ने, कोहलपुर नगरपालिकाका १५ वटै वडामा हालसम्म निर्मित संरचना९घर० को अभिलेखिकरण हुन बाँकी रहेको सन्दर्भमा कार्यपालिकाको निर्णय अनुसार प्रत्येक वडामा त्यस्ता घरहरुको संख्या एकीन गर्न जिम्मा दिईएकोमा जुन वडाको विस्तृत विवरण प्राप्त हुन्छ, त्यतिनै संख्याका लागि मात्र अन्तिम पटकको लागि घरनक्सा अभिलेखिकरण सूचना प्रकासन गर्ने र चालू आर्थिक वर्षको श्रावणदेखि हालसम्म अघिल्लो सभाबाट अधिकार प्राप्त भइ कार्यपालिका एवम् आगामी नगर प्रमुखस्तरीय  निर्णयबाट भएका गरेका सम्पूर्ण निर्णय तथा कार्यहरुको अनुमोदन भएमा सो प्रयोग गरी निर्णय एवम् कार्यान्वयन गर्न नगर कार्यपालिकालाई अधिकार प्रत्यायोजन गर्ने प्रस्ताव पनि बैठकले पारित गरेको प्रमुख प्रशासकीय अधिकृत ढकालले जानकारी दिनुभयो । आजको बैठकमा बोल्दै नगर प्रमुख आचार्यले कोहलपुर नगरपालिकाले संस्थागत सुधारका काममा प्राथमिकता दिइएको बताउनु भयो । यस्तै नगर उपप्रमुख संगिता सुवेदीले कोहलपुर नगरपालिकाले सुरु गरेको नीतिगत सुधार र सुशासनको परिणाम देखिन थालेको बताउनु भयो । बैठकमा नगरपालिकाका प्रवक्ता तथा नगरसभा सदस्य नमबहादुर आले, सदस्यहरु वीरेन्द्रकुमार शाह, लाल बहादुर राना, हरि कठायत, माधव प्रसाद रिजाल, भीम प्रसाद पौडेल र इश्वरी विक लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
 

ताजा

सबै

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

लोकप्रिय

सबै

स्थानीय तहले लैङ्गिक हिंसा न्युनीकरण गर्न कानून बनाउनुपर्नेमा जोड

नेपालगन्ज, ५ माघः महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकरणका लागि स्थानीय तहले …

बाँकेको खजुरा र जानकीमा महिला हिंसा न्युनीकरण गर्न नीति कार्यन्वयन

नेपालगन्ज ४ माघ । बाँकेको खजुरा र जानकी गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने…

बढैयाताल गाउँपालिकामा ‘पुर्नस्थापना तथा सेवा कोष ऐन’ सार्वजनिकीकरण

बर्दिया ६ माघ । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्रको…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …