Pairabi logo

कात्तिक १६, २०८३, आइतबार                    

बाँकेको दादुरा प्रभावित क्षेत्रमा स्वास्थ्य मन्त्री गिरी

डेक्स

डेक्स

बाँकेको दादुरा प्रभावित क्षेत्रमा स्वास्थ्य मन्त्री गिरी
ADVERTISEMENT

नेपालगञ्ज, ७ माघ । बाँकेमा देखिएको दादुरा महामारीको अवस्थाबारे जानकारी लिन स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले यहाँ स्थलगत अनुगमन गर्नुभएको छ । 
नेपालगञ्ज उपमहानगरपालिका वडा नं ५ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा पुगेर दादुराका बिरामीको वास्तविक अवस्था बुझ्दै दादुरा नियन्त्रणका लागि सरकारले गर्नुपर्ने काममा कुनै कसर बाँकी नराख्ने बताउनुभयो । 
उहाँले स्थानीयलाई खोप लगाउने विषयमा गम्भिर हुन सुझाव दिदै दादुरा नियन्त्रणका लागि सरकारले खोप अभियान तिव्र बनाएको उल्लेख गर्नुभयो । 
मन्त्री गिरीले खोपलाई प्रभावकारी बनाउन स्थानीय जनप्रतिनिधिहरुको भूमिका महत्त्वपूर्ण रहेकाले अन्य कामलाई छोडेर अहिले दादुरा नियन्त्रणमा सक्रिय हुन आग्रह गर्नुभयो । 
स्वास्थ्यमन्त्रीसँगै सांसदहरु सुर्य ढकाल, धवलशम्शेर राण, दीपा शर्मा, स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोख्रेल,  महानिर्देशक  डा दिपेन्द्र रमण सिंह, नीति योजना महाशाखा प्रमुख डा कृष्ण पौडेल, प्रदेश स्वास्थ्य निर्देशक डा विनोद गिरी, डेपुटी डाइरेक्टर डा रोशनलाल चौधरी, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेललगायत सहभागी हुनुहुन्छ । 
बाँकेका पाँच स्थानीय तहमा २६० दादुराबाट प्रभावित भएका छन । यसमध्ये सबैभन्दा वढी नेपालगञ्ज उपमहानगरपालिकामा २०३ जना रहेका छन । प्रभावित भएकामध्ये १९६ निको भएको ६३ जना उपचार गराइरहेको र एकको मृत्यु भएको  जिल्ला स्वास्थ्य कार्यालय, बाँकेले जनाएको छ । 
जिल्लामा अहिलेसम्म ६८ हजार २२१ जनाले खोप लगाएका छन । अझैपनि ४८ हजार ८२२ जनालाई खोप लगाउन बाँकी रहेको बताइएको छ । 
मन्त्री गिरीले नेपालगञ्जस्थित भेरी अस्पतालको समेत निरिक्षण गर्नुभएको छ । उहाँले अस्पतालमा रहेका बिरामीसँग कुराकानी गर्नुका साथै विभिन्न वार्डको समेत अनुगमन गर्नुभएको छ । मन्त्री गिरीले अस्पतालको फोहोर व्यवस्थापनको विषयमा समेत जानकारी लिनुभएको छ । अस्पतालकाबारेमा मेडिकल सुपरिटेण्डेण्ट डा. बद्री चापागाईले जानकारी गराउनुभएको थियो । 


 

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

यो पनि

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचविखन गर्न आग्रह

मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचविखन गर्न आग्रह

बाँके, १३ कात्तिकः नेपालगञ्ज आसपासका बजारमा रहेका मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बे…