Pairabi logo

कात्तिक १५, २०८३, शनिबार                    

नेपालको समग्र विकासमा अमेरिकाको साझेदारी : राजदुत थम्पसन

डेक्स

डेक्स

नेपालको समग्र विकासमा अमेरिकाको साझेदारी : राजदुत थम्पसन
ADVERTISEMENT

नेपालगन्ज, २ पुस । नेपालका लागि अमेरिकी राजदुत डिन आर थम्पसनले नेपालको आर्थिक समृद्धिका लागि अमेरिकी सरकारले विशेष सहयोग गर्दै आएको बताउनुभएको छ । उहाँले नेपालको समग्र विकासका लागि विभिन्न क्षेत्र अन्र्तगत परियोजनामार्फत विशेष गरि शिक्षा, स्वास्थ्य, कृषि, विपत, वाताबरणलगायतका क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेको बताउनुभयो । 
रेडियो कृष्णसार एफ एमसंग शुक्रबार विशेष कुराकानी गर्दै अमेरिकी राजदुत थम्पसनले नेपालमा सूचना, प्रविधी अंग्रेजी भाषामा विषेश कार्यक्रम ल्याउने तयारी भईरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा धेरै काम गर्न अझ बाँकी छ, यहाँका सडक, जलविद्युत, हाइड्रोपवर, विभिन्न साना तथा माझौला उद्योगको रुपमा विकास गर्न विशेष जोड दिनुभयो । 


उहाँले नेपालमा संचालित विभिन्न कार्यक्रमले समुदायस्तरका नागरिकमा राम्रो परिवर्तन ल्याएको उदाहरण भ्रमणका क्रममा भेटिएको भन्दै समाबेशीताको कुरामा सुधार भएको छ भने सिमान्तकृत तथा अल्पसंख्यक समुदायलाई पनि थप सहयोग पुगेको छ, भन्नुभयो । 
राजदुत थम्पसनले अमेरिकाले अब निजी क्षेत्रहरुको सहकार्यमा लगानी गर्ने तयारी रहेको जानकारी गराउदै भन्नुभयो, नेपाल एउटा विकसित मुलुकहरुमा पछि परेको छ, विकसित देशको सुचिमा पार्नका लागि यहाँको धेरै विकासका पुर्वाधारहरु तयार गर्न बाकी छन, त्यसलाई परा गर्न अमेरिकी सरकारको सहयोग निरन्तर रहनेछ, र एकदिन अवश्य विकसित मुलुकको सूचिमा पनि पर्छ ।” 
उहाँले महिलाहरु शसक्तीकरण भई आय आर्जनतर्फ आत्मनिर्भर बनेको छन र अन्य पछि परेका समुदायको पनि पहुच र सहभागिता बढेको बताउनुभयो । दुई महिना अघि मात्र नेपाल आउनुभएका राजदुत थम्पसनले नेपाली कला, संस्कृति, रितिविाज, परम्परा खुबै मन परेको प्रतिक्रिया दिदै नेपाली खानाहरुको स्वाद पनि राम्रो लागेको बताउनुभयो । 
पश्चिम नेपालको भ्रमणका क्रममा राजदुतको टोलीले कृष्णसार एफएमको अवलोकन गरेको हो । टोलीमा अमेरिकी राजदुत थम्पसन, युएसएआइडी मिसन डाइरेक्टर सेपीदेह किभान्सद, सञ्चार अधिकृत प्ररेणा मरासीनी, आयुषा निरौला लगायत रहनुभएको थियो ।

अवलोकन पश्चात कृष्णसार एफ एमका समाचार प्रमुख राकेश कुमार मिश्रले एमएमका विभिन्न पक्षका बारेमा जानकारी गराउनुभएको थियो ।
 
 

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

यो पनि

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचविखन गर्न आग्रह

मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचविखन गर्न आग्रह

बाँके, १३ कात्तिकः नेपालगञ्ज आसपासका बजारमा रहेका मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बे…