Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

नेपालको समग्र विकासमा अमेरिकाको साझेदारी : राजदुत थम्पसन

डेक्स

डेक्स

नेपालको समग्र विकासमा अमेरिकाको साझेदारी : राजदुत थम्पसन
ADVERTISEMENT

नेपालगन्ज, २ पुस । नेपालका लागि अमेरिकी राजदुत डिन आर थम्पसनले नेपालको आर्थिक समृद्धिका लागि अमेरिकी सरकारले विशेष सहयोग गर्दै आएको बताउनुभएको छ । उहाँले नेपालको समग्र विकासका लागि विभिन्न क्षेत्र अन्र्तगत परियोजनामार्फत विशेष गरि शिक्षा, स्वास्थ्य, कृषि, विपत, वाताबरणलगायतका क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेको बताउनुभयो । 
रेडियो कृष्णसार एफ एमसंग शुक्रबार विशेष कुराकानी गर्दै अमेरिकी राजदुत थम्पसनले नेपालमा सूचना, प्रविधी अंग्रेजी भाषामा विषेश कार्यक्रम ल्याउने तयारी भईरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा धेरै काम गर्न अझ बाँकी छ, यहाँका सडक, जलविद्युत, हाइड्रोपवर, विभिन्न साना तथा माझौला उद्योगको रुपमा विकास गर्न विशेष जोड दिनुभयो । 

उहाँले नेपालमा संचालित विभिन्न कार्यक्रमले समुदायस्तरका नागरिकमा राम्रो परिवर्तन ल्याएको उदाहरण भ्रमणका क्रममा भेटिएको भन्दै समाबेशीताको कुरामा सुधार भएको छ भने सिमान्तकृत तथा अल्पसंख्यक समुदायलाई पनि थप सहयोग पुगेको छ, भन्नुभयो । 
राजदुत थम्पसनले अमेरिकाले अब निजी क्षेत्रहरुको सहकार्यमा लगानी गर्ने तयारी रहेको जानकारी गराउदै भन्नुभयो, नेपाल एउटा विकसित मुलुकहरुमा पछि परेको छ, विकसित देशको सुचिमा पार्नका लागि यहाँको धेरै विकासका पुर्वाधारहरु तयार गर्न बाकी छन, त्यसलाई परा गर्न अमेरिकी सरकारको सहयोग निरन्तर रहनेछ, र एकदिन अवश्य विकसित मुलुकको सूचिमा पनि पर्छ ।” 
उहाँले महिलाहरु शसक्तीकरण भई आय आर्जनतर्फ आत्मनिर्भर बनेको छन र अन्य पछि परेका समुदायको पनि पहुच र सहभागिता बढेको बताउनुभयो । दुई महिना अघि मात्र नेपाल आउनुभएका राजदुत थम्पसनले नेपाली कला, संस्कृति, रितिविाज, परम्परा खुबै मन परेको प्रतिक्रिया दिदै नेपाली खानाहरुको स्वाद पनि राम्रो लागेको बताउनुभयो । 
पश्चिम नेपालको भ्रमणका क्रममा राजदुतको टोलीले कृष्णसार एफएमको अवलोकन गरेको हो । टोलीमा अमेरिकी राजदुत थम्पसन, युएसएआइडी मिसन डाइरेक्टर सेपीदेह किभान्सद, सञ्चार अधिकृत प्ररेणा मरासीनी, आयुषा निरौला लगायत रहनुभएको थियो ।

अवलोकन पश्चात कृष्णसार एफ एमका समाचार प्रमुख राकेश कुमार मिश्रले एमएमका विभिन्न पक्षका बारेमा जानकारी गराउनुभएको थियो ।
 
ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

यो पनि

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…