Pairabi logo

कात्तिक ०८, २०८३, शनिबार                    

बाँकेमा ६५.६६ प्रतिशत मत खस्यो, मतपेटिका संकलन हुदै

डेक्स

डेक्स

बाँकेमा ६५.६६ प्रतिशत मत खस्यो, मतपेटिका संकलन हुदै
ADVERTISEMENT

नेपालगन्ज ४ मङ्सिर । प्रतिनिधीसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज भएको मतदानमा बाँके जिल्लामा ६५.६६ प्रतिशत मत खसेको छ । जिल्लामा शान्तिपुर्ण बाताबरणमा उत्साहपुर्वक मतदान भएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो । 
उहाँका अनुसार जिल्लामा शान्तिपुर्वक मत खसेको र अहिले सबै मतदान केन्द्रस्थाबाट आवश्यक प्रक्रिया पुरयाइ मतपेटिकाको संकलनको कार्य शुरु भएको छ । 

जिल्लामा कुल तीन लाख ३२ हजार दुई सय ३१ मतदाता रहेका छन । कुल मतदातामध्ये एक लाख ६३ हजार तीन सय ६९ जना महिला र एक लाख ६८ हजार आठ सय ५३ जना पुरुष रहेको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख रमा पन्तले बताउनुभयो । जिल्लामा एक सय ३८ मतदानस्थल र तीन सय ८० मतदान केन्द्र रहेको छ । 
 
बाँके जिल्लामा तीन वटा निर्वाचन क्षेत्र र ६ वटा प्रदेशसभा क्षेत्र रहेको छ । प्रतिनिधीसभा सदस्य पदका लागि ३६ जना र प्रदेशसभा सदस्यमा ५३ जना उम्मेदवार गरि जिल्लामा कुल ८९ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 
बाँके जिल्लामा तीनस्थानमा मतगणना गरिने भएको छ । जिल्लामा तीन वटा निर्वाचन क्षेत्र रहेकाले सबै निर्वाचन क्षेत्रको मतगणनास्थलको तयारी सकिएको बाँकेका मुख्य निर्वाचन अधिकृत धनसिंह महराले बताउनुभयो । 

उहाँका अनुसार मतगणना स्थलमा सिसि क्यामेरा, टिभी र तारजालीको बार लगाइएको छ ।

बाँके क्षेत्र नं. १ को मतगणना जिल्लाको राप्तीसोनारी गाउँपालिकाको कार्यालय, क्षेत्र नं. २ को मतगणना नेपालगन्जस्थित भेरी प्राविधिक शिक्षालय र क्षेत्र नं. ३ को मतगणना खजुरास्थित कपास विकास समितिमा गरिनेछ ।
––
    
ताजा

सबै

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

नेपालगन्ज,६ कात्तिकः बाँकेको नेपालगञ्ज उपमहानगरपालिका१९ का अमजत अली शेख विगत सात व…

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

लोकप्रिय

सबै

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्ज, ३ असोज । नेपालगन्जमा जारी १५९औँ ऐतिसाहिस रामलिला मन्चनको विशेष आकर्षण रा…

‘दसैँ गाउँमा नै रमाइलो’

कर्णाली, २ कात्तिकः बडादसैँ नजिकिदै गर्दा देश विदेशबाट घर फर्कनेहरुको यतिबेला घुँइच…

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

शम्भुप्रसाद थारु बर्दिया, २ कात्तिक स् घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहे…

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज, ३ कात्तिक : दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया न…

यो पनि

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

बाँके, ३ कात्तिक । बाँकेको राप्ती सोनारी गाउँपालिका६ फत्तेपुरका किसान महिलाले खसीब…