Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

बाँकेमा ६५.६६ प्रतिशत मत खस्यो, मतपेटिका संकलन हुदै

डेक्स

डेक्स

बाँकेमा ६५.६६ प्रतिशत मत खस्यो, मतपेटिका संकलन हुदै
ADVERTISEMENT

नेपालगन्ज ४ मङ्सिर । प्रतिनिधीसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज भएको मतदानमा बाँके जिल्लामा ६५.६६ प्रतिशत मत खसेको छ । जिल्लामा शान्तिपुर्ण बाताबरणमा उत्साहपुर्वक मतदान भएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो । 
उहाँका अनुसार जिल्लामा शान्तिपुर्वक मत खसेको र अहिले सबै मतदान केन्द्रस्थाबाट आवश्यक प्रक्रिया पुरयाइ मतपेटिकाको संकलनको कार्य शुरु भएको छ । 

जिल्लामा कुल तीन लाख ३२ हजार दुई सय ३१ मतदाता रहेका छन । कुल मतदातामध्ये एक लाख ६३ हजार तीन सय ६९ जना महिला र एक लाख ६८ हजार आठ सय ५३ जना पुरुष रहेको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख रमा पन्तले बताउनुभयो । जिल्लामा एक सय ३८ मतदानस्थल र तीन सय ८० मतदान केन्द्र रहेको छ । 
 
बाँके जिल्लामा तीन वटा निर्वाचन क्षेत्र र ६ वटा प्रदेशसभा क्षेत्र रहेको छ । प्रतिनिधीसभा सदस्य पदका लागि ३६ जना र प्रदेशसभा सदस्यमा ५३ जना उम्मेदवार गरि जिल्लामा कुल ८९ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 
बाँके जिल्लामा तीनस्थानमा मतगणना गरिने भएको छ । जिल्लामा तीन वटा निर्वाचन क्षेत्र रहेकाले सबै निर्वाचन क्षेत्रको मतगणनास्थलको तयारी सकिएको बाँकेका मुख्य निर्वाचन अधिकृत धनसिंह महराले बताउनुभयो । 

उहाँका अनुसार मतगणना स्थलमा सिसि क्यामेरा, टिभी र तारजालीको बार लगाइएको छ ।

बाँके क्षेत्र नं. १ को मतगणना जिल्लाको राप्तीसोनारी गाउँपालिकाको कार्यालय, क्षेत्र नं. २ को मतगणना नेपालगन्जस्थित भेरी प्राविधिक शिक्षालय र क्षेत्र नं. ३ को मतगणना खजुरास्थित कपास विकास समितिमा गरिनेछ ।
––
    
ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

यो पनि

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…