Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

सिमा नाकामा संयुक्त सुरक्षा गस्ती शुरु

डेक्स

डेक्स

सिमा नाकामा संयुक्त सुरक्षा गस्ती शुरु

फाइल फोटो

ADVERTISEMENT

नेपालगन्ज, १ मङ्सिर । मङ्सिर मंसिर ४ गते नेपालमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी अहिले सिमा क्षेत्रमा सुरक्षा चेकजाँचमा कडाई गरिएको छ । आज विहीबार राती १२ बजेदेखि नेपालगन्ज जमुनाह नाका बन्द हुदैछ । 

    आज राती १२ बजेदेखि मंसिर ४ गते राति १२ बजेसम्म सीमानाका बन्द गर्ने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले बताउनुभयो । उहाँका अनुसार सिमानाका बन्दको अवधी ७२ घण्टाको रहनेछ । यो अवधिमा अत्यावश्यक अवस्थामा भने आवातजावत गर्न दिइने व्यवस्था मिलाइएको छ । 

    यसैगरि नेपाल भारत सिमा क्षेत्रको सुरक्षालाई ध्यानमा राखेर दशगजामा दुईदेशका सुरक्षा निकायले संयुक्त गस्ती शुरु गरेका छन । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी अन्तर्गत बीओपी जमुनाहाका ईन्चार्ज सशस्त्र प्रहरी निरीक्षक रोशन जोशी र भारतीय सशस्त्र सीमा बल (एसएसबी) बटालियन नम्बर ४२ को कम्पनी रुपईडिहाका असई अरुण कुमारको संयुक्त कमाण्डमा बाँकेस्थित नेपाल भारत सीमा क्षेत्रको जंगेपिल्लर नं. ६५१ देखि ६५१÷११ सम्म संयुक्त गस्ती गरिएको हो । 

निर्वाचनको बेला सिमा क्षेत्रबाट हुनसक्ने अवाञ्छित क्रियाकलाप तथा अपराध नियन्त्रणका लागि संयुक्त गस्ती शुरु गरिएको नेपाल प्रहरीले जनाएको छ । निर्वाचनको बेलामा मात्र नभएर अन्य समयमा सीमा क्षेत्रबाट हुनसक्ने विभिन्न आपराधिक गतिबिधि रोक्नका लागि हरेक महिनामा दुई–तीन पटकसम्म यसरी संयुक्त गस्ति गरिँदै आएपनि अहिले निर्बाचनलाई लक्षित गरी दुबै देशका सुरक्षा निकायको संयुक्त गस्ती निर्वाचन अवधीसम्म गरिने छ ।

    मदिरा विक्रिवितरण, ओसारपसार तथा सेवनमा रोक 
निर्वाचनलाई मध्यनजर गरि जिल्ला प्रशासन कार्यालय बाँकेले आज विहीवारदेखि मदिरा विक्रि वितरण, ओसारपसार तथा सेवनमा रोक लगाएको छ । मङ्सिर ४ गते मतदान सम्पन्न नभएसम्मका लागि मदिरा बिक्रीमा रोक लगाएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माद्वारा जारी सूचनामा उल्लेख छ ।     
उहाँका अनुसार निर्वाचनको मतगणना सम्पन्न नभएसम्मका लागि मतगणनास्थल आसपासमा मदिरा बिक्रीमा रोक लगाउने निर्णय भएको छ । ‘कसैले यो निर्णयविपरीत मदिरा बिक्री वितरण गर्ने, सेवन र ओसारपसार गरेको पाइएमा कानून बमोजिम कारबाही गरिने छ,’ जारी सूचनमा उल्लेख छ ।

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

यो पनि

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…