Pairabi logo

कात्तिक १६, २०८३, आइतबार                    

सिमा नाकामा संयुक्त सुरक्षा गस्ती शुरु

डेक्स

डेक्स

सिमा नाकामा संयुक्त सुरक्षा गस्ती शुरु

फाइल फोटो

ADVERTISEMENT

नेपालगन्ज, १ मङ्सिर । मङ्सिर मंसिर ४ गते नेपालमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी अहिले सिमा क्षेत्रमा सुरक्षा चेकजाँचमा कडाई गरिएको छ । आज विहीबार राती १२ बजेदेखि नेपालगन्ज जमुनाह नाका बन्द हुदैछ । 

    आज राती १२ बजेदेखि मंसिर ४ गते राति १२ बजेसम्म सीमानाका बन्द गर्ने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले बताउनुभयो । उहाँका अनुसार सिमानाका बन्दको अवधी ७२ घण्टाको रहनेछ । यो अवधिमा अत्यावश्यक अवस्थामा भने आवातजावत गर्न दिइने व्यवस्था मिलाइएको छ । 

    यसैगरि नेपाल भारत सिमा क्षेत्रको सुरक्षालाई ध्यानमा राखेर दशगजामा दुईदेशका सुरक्षा निकायले संयुक्त गस्ती शुरु गरेका छन । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी अन्तर्गत बीओपी जमुनाहाका ईन्चार्ज सशस्त्र प्रहरी निरीक्षक रोशन जोशी र भारतीय सशस्त्र सीमा बल (एसएसबी) बटालियन नम्बर ४२ को कम्पनी रुपईडिहाका असई अरुण कुमारको संयुक्त कमाण्डमा बाँकेस्थित नेपाल भारत सीमा क्षेत्रको जंगेपिल्लर नं. ६५१ देखि ६५१÷११ सम्म संयुक्त गस्ती गरिएको हो । 

निर्वाचनको बेला सिमा क्षेत्रबाट हुनसक्ने अवाञ्छित क्रियाकलाप तथा अपराध नियन्त्रणका लागि संयुक्त गस्ती शुरु गरिएको नेपाल प्रहरीले जनाएको छ । निर्वाचनको बेलामा मात्र नभएर अन्य समयमा सीमा क्षेत्रबाट हुनसक्ने विभिन्न आपराधिक गतिबिधि रोक्नका लागि हरेक महिनामा दुई–तीन पटकसम्म यसरी संयुक्त गस्ति गरिँदै आएपनि अहिले निर्बाचनलाई लक्षित गरी दुबै देशका सुरक्षा निकायको संयुक्त गस्ती निर्वाचन अवधीसम्म गरिने छ ।

    मदिरा विक्रिवितरण, ओसारपसार तथा सेवनमा रोक 
निर्वाचनलाई मध्यनजर गरि जिल्ला प्रशासन कार्यालय बाँकेले आज विहीवारदेखि मदिरा विक्रि वितरण, ओसारपसार तथा सेवनमा रोक लगाएको छ । मङ्सिर ४ गते मतदान सम्पन्न नभएसम्मका लागि मदिरा बिक्रीमा रोक लगाएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माद्वारा जारी सूचनामा उल्लेख छ ।     
उहाँका अनुसार निर्वाचनको मतगणना सम्पन्न नभएसम्मका लागि मतगणनास्थल आसपासमा मदिरा बिक्रीमा रोक लगाउने निर्णय भएको छ । ‘कसैले यो निर्णयविपरीत मदिरा बिक्री वितरण गर्ने, सेवन र ओसारपसार गरेको पाइएमा कानून बमोजिम कारबाही गरिने छ,’ जारी सूचनमा उल्लेख छ ।



 

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

यो पनि

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचविखन गर्न आग्रह

मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचविखन गर्न आग्रह

बाँके, १३ कात्तिकः नेपालगञ्ज आसपासका बजारमा रहेका मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बे…