Pairabi logo

कात्तिक ०१, २०८३, शनिबार                    

मतदान सामाग्री पुग्यो, कर्मचारी जाँदै

डेक्स

डेक्स

मतदान सामाग्री पुग्यो, कर्मचारी जाँदै
ADVERTISEMENT

नेपालगन्ज, मङ्सिर १ । आसन्न मङ्सिर ४ गते हुने निर्वाचनका लागि बाँके जिल्लाका सबै मतदान केन्द्रमा मतदान सामग्री पुगिसकेको छ । प्रतिनिधितथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतदान सामग्री मतदान केन्द्रहरुमा पुगेको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख रमा पन्तले बताउनुभयो । 

    निर्वाचनको पूर्वतयारी अन्र्तगत सम्पूर्ण मतदान केन्द्रमा सामग्री पठाइएको छ । उहाँले भन्नुभयो “हामी निर्वाचनको लागि पूर्व तयारीमा छौं, मतपत्रलगायतका सामग्री निर्वाचन क्षेत्रमा पुगिसकेको छ । जनशक्तिसमेत पुगेका छन ।” उहाँका अनुसार जिल्ला सदरमुकामबाट टाढा रहेका क्षेत्रमा मतदानका लागि आवश्यक सामग्री ढुवानी भइसकेको छ । 

    कर्मचारीहरु मतदानस्थलतर्फ जाँदै 
    आसन्न मङ्सिर ४ गते प्रतिनिधीसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आज विहीबारबाट मतदानका लागि खटिने कर्मचारीहरू मतदानस्थलतर्फ जानेक्रम सुरु भएको छ । बाँके जिल्लामा रहेको एक सय ३८ वटा मतदानस्थलमा तीन सय ८० मतदान केन्द्रका लागि कुल तीन हजार ४० जना कर्मचारीहरू खटिएको जिल्ला निर्वाचन कार्यालय प्रमुख पन्तले बताउनुभयो । 
    
    उहाँका अनुसार निर्वाचनका लागि मतदान अधिृकत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, कार्यालय सहयोगी र स्वयंसेवकलगायतका कर्मचारी खटिएका छन । प्रतिमतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, पाँच सहायक कर्मचारी र एक कार्यालय सहयोगी कर्मचारी रहने छन् । यी सबै कर्मचारीहरु नेपाल सरकारका कर्मचारी रहने छन । त्यसैगरी मतदान अधिकृतले तीन जना स्थानीय स्वयंसेवक मतदान केन्द्रमै नियुक्त गरेर खटाइने निर्वाचन कार्यालयले जनाएको छ ।

    निर्वाचन सामग्रीहरू सम्बन्धित निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा पुगिसकेको र सम्बन्धित मतदान अधिकृतले त्यहीबाट बुझेर लिने व्यवस्था गरिएको छ । निर्वाचन सामाग्रीमा मतपेटिका, मत्रपत्र लगायत प्रयाग हुने सबै सामाग्रीहरु लगिने काम भईरहेको छ । बाँके जिल्लामा दुई वटा मतदान केन्द्र थप भएको छ । एक वटा मतदान केन्द्रमा एक हजार भन्दा बढी मतदाता भएपछि मतदान केन्द्र थपिने प्रावधान रहेबमोजिम जिल्लाको कोहलपुर नगरपालिका र डुडुवा गाउँपालिकामा गरि दुई वटा मतदान केन्द्र थपिएको हो ।
    
    निर्वाचनमा सुरक्षा दृष्टिकोणले मतदानस्थलहरूलाई अति संवेदनशील र संवेदनशील गरेर दुई भागमा विभाजन गरिएकाल सोहीअनुसार सुरक्षाको बन्दोबस्त मिलाइएको छ । जसमा एक सय आठ वटा मतदानस्थल अति संवेदनशील र ३० बटा संवेदनशील रहेको निर्वाचन कार्यालयले जनाएको छ । 
 
    बाँके जिल्लामा तीन वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र छ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको छ । बाँके जिल्लामा तीन लाख ३२ हजार दुई सय ३१ मतदाता रहेका छन । जसमा एक लाख ६३ हजार तीन सय ६९ महिला र एक लाख ६८ हजार आठ सय ५३ पुरुष रहेका छन । यसैगरि ९ जना अन्य मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । 

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

यो पनि

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…