Pairabi logo

कात्तिक १५, २०८३, शनिबार                    

मतदान सामाग्री पुग्यो, कर्मचारी जाँदै

डेक्स

डेक्स

मतदान सामाग्री पुग्यो, कर्मचारी जाँदै
ADVERTISEMENT

नेपालगन्ज, मङ्सिर १ । आसन्न मङ्सिर ४ गते हुने निर्वाचनका लागि बाँके जिल्लाका सबै मतदान केन्द्रमा मतदान सामग्री पुगिसकेको छ । प्रतिनिधितथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतदान सामग्री मतदान केन्द्रहरुमा पुगेको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख रमा पन्तले बताउनुभयो । 

    निर्वाचनको पूर्वतयारी अन्र्तगत सम्पूर्ण मतदान केन्द्रमा सामग्री पठाइएको छ । उहाँले भन्नुभयो “हामी निर्वाचनको लागि पूर्व तयारीमा छौं, मतपत्रलगायतका सामग्री निर्वाचन क्षेत्रमा पुगिसकेको छ । जनशक्तिसमेत पुगेका छन ।” उहाँका अनुसार जिल्ला सदरमुकामबाट टाढा रहेका क्षेत्रमा मतदानका लागि आवश्यक सामग्री ढुवानी भइसकेको छ । 

    कर्मचारीहरु मतदानस्थलतर्फ जाँदै 
    आसन्न मङ्सिर ४ गते प्रतिनिधीसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आज विहीबारबाट मतदानका लागि खटिने कर्मचारीहरू मतदानस्थलतर्फ जानेक्रम सुरु भएको छ । बाँके जिल्लामा रहेको एक सय ३८ वटा मतदानस्थलमा तीन सय ८० मतदान केन्द्रका लागि कुल तीन हजार ४० जना कर्मचारीहरू खटिएको जिल्ला निर्वाचन कार्यालय प्रमुख पन्तले बताउनुभयो । 
    
    उहाँका अनुसार निर्वाचनका लागि मतदान अधिृकत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, कार्यालय सहयोगी र स्वयंसेवकलगायतका कर्मचारी खटिएका छन । प्रतिमतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, पाँच सहायक कर्मचारी र एक कार्यालय सहयोगी कर्मचारी रहने छन् । यी सबै कर्मचारीहरु नेपाल सरकारका कर्मचारी रहने छन । त्यसैगरी मतदान अधिकृतले तीन जना स्थानीय स्वयंसेवक मतदान केन्द्रमै नियुक्त गरेर खटाइने निर्वाचन कार्यालयले जनाएको छ ।

    निर्वाचन सामग्रीहरू सम्बन्धित निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा पुगिसकेको र सम्बन्धित मतदान अधिकृतले त्यहीबाट बुझेर लिने व्यवस्था गरिएको छ । निर्वाचन सामाग्रीमा मतपेटिका, मत्रपत्र लगायत प्रयाग हुने सबै सामाग्रीहरु लगिने काम भईरहेको छ । बाँके जिल्लामा दुई वटा मतदान केन्द्र थप भएको छ । एक वटा मतदान केन्द्रमा एक हजार भन्दा बढी मतदाता भएपछि मतदान केन्द्र थपिने प्रावधान रहेबमोजिम जिल्लाको कोहलपुर नगरपालिका र डुडुवा गाउँपालिकामा गरि दुई वटा मतदान केन्द्र थपिएको हो ।
    
    निर्वाचनमा सुरक्षा दृष्टिकोणले मतदानस्थलहरूलाई अति संवेदनशील र संवेदनशील गरेर दुई भागमा विभाजन गरिएकाल सोहीअनुसार सुरक्षाको बन्दोबस्त मिलाइएको छ । जसमा एक सय आठ वटा मतदानस्थल अति संवेदनशील र ३० बटा संवेदनशील रहेको निर्वाचन कार्यालयले जनाएको छ । 
 
    बाँके जिल्लामा तीन वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र छ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको छ । बाँके जिल्लामा तीन लाख ३२ हजार दुई सय ३१ मतदाता रहेका छन । जसमा एक लाख ६३ हजार तीन सय ६९ महिला र एक लाख ६८ हजार आठ सय ५३ पुरुष रहेका छन । यसैगरि ९ जना अन्य मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । 

ताजा

सबै

मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचविखन गर्न आग्रह

बाँके, १३ कात्तिकः नेपालगञ्ज आसपासका बजारमा रहेका मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बे…

चाडपर्व मनाउन सस्तो दरमा धान बेच्दै किसान

बाँके, १३ कात्तिकः नजिकिँदो तिहारलगायतका चाडपर्व मनाउन यहाँका किसानले व्यापारीलाई …

मानब बेचबिखनविरुद्ध सामूहिक प्रतिबद्धता : सुरक्षा परियोजनाको संयुक्त अनुगमन

बर्दिया, १३ कार्तिक । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चाल…

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

लोकप्रिय

सबै

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

यो पनि