Pairabi logo

कात्तिक ०४, २०८३, मंगलबार                    

डुडुवामा स्वास्थ्यको वार्षिक समिक्षा

डेक्स

डेक्स

डुडुवामा स्वास्थ्यको वार्षिक समिक्षा
ADVERTISEMENT

डुडुवा (बाँके) २९ साउन । डुडुवा गाउँपालिकास्तरिय एकीकृत स्वास्थ्य कार्यक्रमहरुको वार्षिक समिक्षा गरिएको छ । डुडुवा गाउपालिका स्वास्थ्य शाखाद्धारा आज आइतबार आयोजित आर्थिक वर्ष २०७८।७९को वार्षिक समिक्षामा स्वास्थ्य कार्यक्रम तथा अभियानको बारेमा समिक्षा गरि कार्ययोजना निमार्ण गरिएको हो । 


समिक्षा कार्यक्रममा पालिकाले प्रवाह गर्ने स्वास्थ्य अन्र्तगत विभिन्न सेवाहरुको उपलब्धी, प्रगति, समस्या तथा चुनौतीसहितको प्रतिबेदन स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले प्रस्तुतीकरण गर्नुभएको थियो ।

प्रस्तुतीकरणका क्रममा डुडुवाले उपलब्ध गराउने स्वास्थ्य सेवाहरुको प्रभावकारिता र गुणस्तरियसंगै उत्कृष्ट कार्य गरेको प्रतिबेदनमा उल्लेख गरिएको थियो । 


सभाको समापन गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले स्वास्थ्य क्षेत्रमा गाउँपालिकाले उत्कृष्ट कार्य गरेकोले नै जिल्लामा पहिलो स्थान हासिल गरेको भन्दै स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउन विशेष नीति तथा कार्यक्रम रहेको बताउनुभयो । उहाँकाले पालिकामा दुई वटा अस्पताल निमार्णको योजना रहेको भन्दै तीन स्थानमा संचालित निशुल्क प्रयोगशालालाई बृद्धि गरि ६ वटै वडामा विस्तार गर्ने योजना रहेको बताउनुभयो । पालिकाले स्वास्थ्य र पशुलाई पहिलो प्राथमिकतामा राखेकाले स्वास्थ्य सेवाबाट कुनै पनि नागरिक बाञ्चित नहुन भनेर विभिन्न सेवाहरु प्रदान गर्दै आएको जानकारी गराउदै अध्यक्ष चौधरीले समुदायमा खटिने महिला स्वास्थ्य स्वयम् सेविका र आमा समुहले निस्वार्थ रुपमा सेवा गर्दै आएकाले समुदायिक स्वास्थ्य सेवामा उहाँहरुको ठुलो योगदानको कदर गर्नुभयो  । 


समिक्षा कार्यक्रममा वडाध्यक्षहरु पटेश्वर कुर्मी, दुर्गाप्रसाद बर्मा, आमोद तिवारी, सगिर खा, झंकबहादुर थापा, मोहनराम मिश्र, कार्यपालिका सदस्य, वडा सदस्य, सबै स्वास्थ्य चौकी इन्चार्ज, कर्मचारी, महिला स्वास्थ्य स्वयम्सेविका लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा सबै वडामा प्रवाह हुने स्वास्थ्य सेवाको प्रभावकारिता र समस्याका बारेमा जानकारी गराइएको थियो ।

प्रस्तुतीपछि भएको छलफल पश्चात उठेका विभिन्न समस्या तथा सवाललाई सम्बोधन गर्न आगामी वर्षका लागि वार्षिक कार्ययोजना समेत निमार्ण गरिएको स्वास्थ्य शाखा सहसंयोजक विरेन्द्र घलेले बताउनुभयो । 

ताजा

सबै

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

बाँके, ३ कात्तिक । बाँकेको राप्ती सोनारी गाउँपालिका६ फत्तेपुरका किसान महिलाले खसीब…

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज, ३ कात्तिक : दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया न…

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्ज, ३ असोज । नेपालगन्जमा जारी १५९औँ ऐतिसाहिस रामलिला मन्चनको विशेष आकर्षण रा…

‘दसैँ गाउँमा नै रमाइलो’

कर्णाली, २ कात्तिकः बडादसैँ नजिकिदै गर्दा देश विदेशबाट घर फर्कनेहरुको यतिबेला घुँइच…

लोकप्रिय

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्ज, ३ असोज । नेपालगन्जमा जारी १५९औँ ऐतिसाहिस रामलिला मन्चनको विशेष आकर्षण रा…

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

शम्भुप्रसाद थारु बर्दिया, २ कात्तिक स् घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहे…

‘दसैँ गाउँमा नै रमाइलो’

कर्णाली, २ कात्तिकः बडादसैँ नजिकिदै गर्दा देश विदेशबाट घर फर्कनेहरुको यतिबेला घुँइच…

यो पनि

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

बाँके, ३ कात्तिक । बाँकेको राप्ती सोनारी गाउँपालिका६ फत्तेपुरका किसान महिलाले खसीब…

‘दसैँ गाउँमा नै रमाइलो’

‘दसैँ गाउँमा नै रमाइलो’

कर्णाली, २ कात्तिकः बडादसैँ नजिकिदै गर्दा देश विदेशबाट घर फर्कनेहरुको यतिबेला घुँइच…

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

शम्भुप्रसाद थारु बर्दिया, २ कात्तिक स् घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहे…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …