Pairabi logo

कात्तिक ०१, २०८३, शनिबार                    

डुडुवामा स्वास्थ्यको वार्षिक समिक्षा

डेक्स

डेक्स

डुडुवामा स्वास्थ्यको वार्षिक समिक्षा
ADVERTISEMENT

डुडुवा (बाँके) २९ साउन । डुडुवा गाउँपालिकास्तरिय एकीकृत स्वास्थ्य कार्यक्रमहरुको वार्षिक समिक्षा गरिएको छ । डुडुवा गाउपालिका स्वास्थ्य शाखाद्धारा आज आइतबार आयोजित आर्थिक वर्ष २०७८।७९को वार्षिक समिक्षामा स्वास्थ्य कार्यक्रम तथा अभियानको बारेमा समिक्षा गरि कार्ययोजना निमार्ण गरिएको हो । 

समिक्षा कार्यक्रममा पालिकाले प्रवाह गर्ने स्वास्थ्य अन्र्तगत विभिन्न सेवाहरुको उपलब्धी, प्रगति, समस्या तथा चुनौतीसहितको प्रतिबेदन स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले प्रस्तुतीकरण गर्नुभएको थियो ।

प्रस्तुतीकरणका क्रममा डुडुवाले उपलब्ध गराउने स्वास्थ्य सेवाहरुको प्रभावकारिता र गुणस्तरियसंगै उत्कृष्ट कार्य गरेको प्रतिबेदनमा उल्लेख गरिएको थियो । 

सभाको समापन गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले स्वास्थ्य क्षेत्रमा गाउँपालिकाले उत्कृष्ट कार्य गरेकोले नै जिल्लामा पहिलो स्थान हासिल गरेको भन्दै स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउन विशेष नीति तथा कार्यक्रम रहेको बताउनुभयो । उहाँकाले पालिकामा दुई वटा अस्पताल निमार्णको योजना रहेको भन्दै तीन स्थानमा संचालित निशुल्क प्रयोगशालालाई बृद्धि गरि ६ वटै वडामा विस्तार गर्ने योजना रहेको बताउनुभयो । पालिकाले स्वास्थ्य र पशुलाई पहिलो प्राथमिकतामा राखेकाले स्वास्थ्य सेवाबाट कुनै पनि नागरिक बाञ्चित नहुन भनेर विभिन्न सेवाहरु प्रदान गर्दै आएको जानकारी गराउदै अध्यक्ष चौधरीले समुदायमा खटिने महिला स्वास्थ्य स्वयम् सेविका र आमा समुहले निस्वार्थ रुपमा सेवा गर्दै आएकाले समुदायिक स्वास्थ्य सेवामा उहाँहरुको ठुलो योगदानको कदर गर्नुभयो  । 

समिक्षा कार्यक्रममा वडाध्यक्षहरु पटेश्वर कुर्मी, दुर्गाप्रसाद बर्मा, आमोद तिवारी, सगिर खा, झंकबहादुर थापा, मोहनराम मिश्र, कार्यपालिका सदस्य, वडा सदस्य, सबै स्वास्थ्य चौकी इन्चार्ज, कर्मचारी, महिला स्वास्थ्य स्वयम्सेविका लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा सबै वडामा प्रवाह हुने स्वास्थ्य सेवाको प्रभावकारिता र समस्याका बारेमा जानकारी गराइएको थियो ।

प्रस्तुतीपछि भएको छलफल पश्चात उठेका विभिन्न समस्या तथा सवाललाई सम्बोधन गर्न आगामी वर्षका लागि वार्षिक कार्ययोजना समेत निमार्ण गरिएको स्वास्थ्य शाखा सहसंयोजक विरेन्द्र घलेले बताउनुभयो । 

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

यो पनि

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…