Pairabi logo

कात्तिक ११, २०८३, मंगलबार                    

बाँके युनेस्कोको ३७औं साधारण सभा तथा स्थापना दिवस भव्यतापुर्बक सम्पन्न

डेक्स

डेक्स

बाँके युनेस्कोको ३७औं साधारण सभा तथा स्थापना दिवस भव्यतापुर्बक सम्पन्न
ADVERTISEMENT

नेपालगन्ज, साउन १७ । बाँके युनेस्को क्लबको ३७ ओै बार्षिक साधारणसभा तथा स्थापना दिवस आइतवार बिशेष समारोहका साथ भव्य रुपमा सम्पन्न भएको छ । 

क्लबका संस्थापक तथा अध्यक्ष प्रवेज अलि सिद्दिकीको सभापतित्वमा सम्पन्न भएको साधारणसभाको उदघाटन समारोहमा प्रमुख अतिथि वरिष्ठ समाजसेवी कृष्णजंग शाह हुनुहुन्थ्यो । 

शाहले उदघाटन मन्तव्य दिंदै कुनै पनि संस्था ३७ वर्षसम्म जिवन्त भएर समाजमा प्रतिष्ठाका साथ सञ्चालन हुनु भनेको अतिनै गौरवपुर्ण बिषय भएको बताउनुभयो । उहाँले यो संस्था यहाँसम्म ल्याउन संस्थापक र हालका अध्यक्ष सिद्दिकीको मुख्य भुमिका रहेकोमा जोड दिनुभयो । 

कार्यक्रममा गेरुवा गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत बस बहादुर राना, मधुवन नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नारायण प्रसाद खनाल, सोही पालिकाका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख इन्द्रा चुनारा, सोही पालिकाका पशु विकास शाखा प्रमुख गणेश बहादुर बोहोरा, बढैयाताल गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश पौडेल लगायतले बाँके युनेस्को क्लबले पालिकाहरुमा स्थानीय सरकारसंगको समन्वय र सहकार्यमा पारदर्शी तरिकाले काम गरिरहेको बताउनुभयो । 

सोही अवसरमा बोल्दै गैर सरकारी संस्था महासंघ बाँकेका अध्यक्ष मन भण्डारी र बास नेपालका अध्यक्ष शिव कुमार वर्माले पनि ३७ वर्षसम्म निरन्तर समाज सेवा गरेर स्थापित भएको क्लबले अन्य संघसंस्थाका लागि एक उदाहरण प्रस्तुत गरेको बताउनुभयो । 

कार्यक्रममा वर्षका उत्कृष्ट कर्मचारीका रुपमा राधेकृष्ण थारु, सन्जिता रिजाल र दृष्टि शाहलाई पुरस्कृत गरिएको थियो भने व्यवस्थापनतर्फ कार्यकारी निर्देशक रवि तुलाधर र लेखा तथा बित्त प्रमुख बेद प्रकाश पंगेनीलाई उत्कृष्ट घोषित गरि पुरस्कृत गरिएको थियो । टिम लिडरतर्फ गोविन्द लामिछानेलाई उत्कृष्ठ घोषित गरिएको थियो । 

क्लबका महासचिव बुधेश जयसवालले संस्थाको बार्षिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सचिव फिरदौस जहाँले स्वागत मन्तव्य राख्नु भएको थियो । 

सो अवसरमा हालै सम्पन्न भएका परियोजनाका कर्मचारी, भेन्डर, सहयोगी तथा शुभेच्छुक र सल्लाहकारहरुलाई प्रमाणपत्र तथा उपहार प्रदान गरिएको थियो । 

उदघाटन समारोहलगत्तै सम्पन्न भएको संस्थाको बन्द सत्रले बार्षिक कार्यक्रम र योजनासहितका बिभिन्न निर्णयहरु गरेको अध्यक्ष सिद्दिकीले बताउनुभयो ।

साथै बन्द सत्रमा एन ४ लाइफ, जीएसएस, जीई र सुरक्षा परियोजनाद्धारा प्रस्तुत गरिएको ग्यालेरी प्रस्तुती करणका लागि ग्यालेरी अवार्ड प्रदान गरिएको थियो ।  

ताजा

सबै

बैतडीमा भूकम्प

बैतडी, ८ कार्तिक : बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भू…

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

नेपालगन्ज, ८ कात्तिकः जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ म…

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

लोकप्रिय

सबै

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

नेपालगन्ज,६ कात्तिकः बाँकेको नेपालगञ्ज उपमहानगरपालिका१९ का अमजत अली शेख विगत सात व…

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

यो पनि

बैतडीमा भूकम्प

बैतडीमा भूकम्प

बैतडी, ८ कार्तिक : बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भू…

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

बाँके, ३ कात्तिक । बाँकेको राप्ती सोनारी गाउँपालिका६ फत्तेपुरका किसान महिलाले खसीब…

‘दसैँ गाउँमा नै रमाइलो’

‘दसैँ गाउँमा नै रमाइलो’

कर्णाली, २ कात्तिकः बडादसैँ नजिकिदै गर्दा देश विदेशबाट घर फर्कनेहरुको यतिबेला घुँइच…