Pairabi logo

असोज २०, २०८३, मंगलबार                    

बाँके युनेस्कोको ३७औं साधारण सभा तथा स्थापना दिवस भव्यतापुर्बक सम्पन्न

डेक्स

डेक्स

बाँके युनेस्कोको ३७औं साधारण सभा तथा स्थापना दिवस भव्यतापुर्बक सम्पन्न
ADVERTISEMENT

नेपालगन्ज, साउन १७ । बाँके युनेस्को क्लबको ३७ ओै बार्षिक साधारणसभा तथा स्थापना दिवस आइतवार बिशेष समारोहका साथ भव्य रुपमा सम्पन्न भएको छ । 

क्लबका संस्थापक तथा अध्यक्ष प्रवेज अलि सिद्दिकीको सभापतित्वमा सम्पन्न भएको साधारणसभाको उदघाटन समारोहमा प्रमुख अतिथि वरिष्ठ समाजसेवी कृष्णजंग शाह हुनुहुन्थ्यो । 

शाहले उदघाटन मन्तव्य दिंदै कुनै पनि संस्था ३७ वर्षसम्म जिवन्त भएर समाजमा प्रतिष्ठाका साथ सञ्चालन हुनु भनेको अतिनै गौरवपुर्ण बिषय भएको बताउनुभयो । उहाँले यो संस्था यहाँसम्म ल्याउन संस्थापक र हालका अध्यक्ष सिद्दिकीको मुख्य भुमिका रहेकोमा जोड दिनुभयो । 

कार्यक्रममा गेरुवा गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत बस बहादुर राना, मधुवन नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नारायण प्रसाद खनाल, सोही पालिकाका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख इन्द्रा चुनारा, सोही पालिकाका पशु विकास शाखा प्रमुख गणेश बहादुर बोहोरा, बढैयाताल गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश पौडेल लगायतले बाँके युनेस्को क्लबले पालिकाहरुमा स्थानीय सरकारसंगको समन्वय र सहकार्यमा पारदर्शी तरिकाले काम गरिरहेको बताउनुभयो । 

सोही अवसरमा बोल्दै गैर सरकारी संस्था महासंघ बाँकेका अध्यक्ष मन भण्डारी र बास नेपालका अध्यक्ष शिव कुमार वर्माले पनि ३७ वर्षसम्म निरन्तर समाज सेवा गरेर स्थापित भएको क्लबले अन्य संघसंस्थाका लागि एक उदाहरण प्रस्तुत गरेको बताउनुभयो । 

कार्यक्रममा वर्षका उत्कृष्ट कर्मचारीका रुपमा राधेकृष्ण थारु, सन्जिता रिजाल र दृष्टि शाहलाई पुरस्कृत गरिएको थियो भने व्यवस्थापनतर्फ कार्यकारी निर्देशक रवि तुलाधर र लेखा तथा बित्त प्रमुख बेद प्रकाश पंगेनीलाई उत्कृष्ट घोषित गरि पुरस्कृत गरिएको थियो । टिम लिडरतर्फ गोविन्द लामिछानेलाई उत्कृष्ठ घोषित गरिएको थियो । 

क्लबका महासचिव बुधेश जयसवालले संस्थाको बार्षिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सचिव फिरदौस जहाँले स्वागत मन्तव्य राख्नु भएको थियो । 

सो अवसरमा हालै सम्पन्न भएका परियोजनाका कर्मचारी, भेन्डर, सहयोगी तथा शुभेच्छुक र सल्लाहकारहरुलाई प्रमाणपत्र तथा उपहार प्रदान गरिएको थियो । 

उदघाटन समारोहलगत्तै सम्पन्न भएको संस्थाको बन्द सत्रले बार्षिक कार्यक्रम र योजनासहितका बिभिन्न निर्णयहरु गरेको अध्यक्ष सिद्दिकीले बताउनुभयो ।

साथै बन्द सत्रमा एन ४ लाइफ, जीएसएस, जीई र सुरक्षा परियोजनाद्धारा प्रस्तुत गरिएको ग्यालेरी प्रस्तुती करणका लागि ग्यालेरी अवार्ड प्रदान गरिएको थियो ।  

ताजा

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

लोकप्रिय

सबै

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

यो पनि

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…

राजापुरमा मानव बेचबिखन रोकथाम तथा सीमापार समन्वय संयन्त्रसम्बन्धी तालिम

राजापुरमा मानव बेचबिखन रोकथाम तथा सीमापार समन्वय संयन्त्रसम्बन्धी तालिम

बर्दिया, असोज ६ । मानव बेचबिखन, लागुऔषध दुव्र्यसन रोकथाम तथा सीमापार समन्वय संयन्त्रस…