Pairabi logo

कात्तिक ११, २०८३, मंगलबार                    

नेपालगन्जमा शान्ति र एकताका लागि बृहत्त सद्भाव र्‍याली

डेक्स

डेक्स

नेपालगन्जमा शान्ति र एकताका लागि बृहत्त सद्भाव र्‍याली
ADVERTISEMENT

नेपालगन्ज, साउन १६ । नेपालगन्जमा शान्ति र एकताका लागि शनिबार बृहत्त सद्भाव र्‍याली निकालिएको छ । वीपी चोकबाट निस्केको सदभाव र्यालीमा विभिन्न धर्मका धार्मिक अगुवाहरु, संघीय र प्रदेश सांसद लगायतका जनप्रतिनिधीहरु, नागरिक समाजका अगुवा, उद्योगी व्यापारी, संघसंस्थाका प्रतिनिधि, राजनीतिक दलका अगुवा लगायतको सहभागिता रहेको थियो ।  

बिरेन्द्र चोकमा पुगेर सभामा परिणत भएको सो कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले सुनसरी र सिराहामा भएका घटना निकै दुखद भएको जनाउँदै बाँकेमा शान्ति र सदभावका लागि यो कार्यक्रम गरिएको बताउनुभयो । उहाँले सुनसरी र सिराहाका घटनामा मारिएका युवाहरुप्रति श्रद्धान्जली अर्पण गर्दै ती घटनाका दोषीलाई कडा कारबाही गर्न सरकारले प्रतिवद्धता जनाइ छानबिन समिति समेत गठन गरिसकेको बताउनुभयो । 

सद्भाव र्‍यालीमा बाँके क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य मोहम्मद इश्तियाक राई, लुम्बिनी प्रदेशसभा सदस्य मिना श्रेष्ठ, नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, बागेश्वरी मन्दिरका मूल महन्त योगी चन्द्रनाथ, मुस्लिम धर्मगुरु मौलाना जियाउल मुस्तफा, राष्टिय स्वतन्त्र पार्टी बाँकेका अध्यक्ष विवेक श्रेष्ठ, नेपाली काँग्रेस बाँकेका अध्यक्ष नारायण गौडेल, नेकपा एमाले बाँकेका अध्यक्ष निरक गुरुङ, नेकपा बाँकेका संयोजक दिपक जिएम, नागरिक समाजका अगुवा कृष्ण प्रसाद श्रेष्ठ, मेराज अहमद हिमालय लगायत विभिन्न व्यक्तित्वहरुको सहभागिता रहको थियो। 

सोही अवसरमा स्थानीय बिरेन्द्र चोककमा सुनसरी र सिराहामा मारिएका युवाहरुको सम्झनामा दिप प्रज्वलन समेत गरिएको थियो । 

यसअघि जिल्ला प्रशासन कार्यालयमा शुक्रवार सम्पन्न सर्वपक्षिय बैठकले शनिवार विहान सदभाव र्‍याली गर्ने, सुनसरी लगायतका घटनाका दोषीलाई कडा कारबाही गर्नुपर्ने, डिजेलाई पूर्ण रुपमा प्रतिबन्ध लगाउने र कुनै पनि धार्मिक तथा सामाजिक कार्यक्रममा हातहतियार प्रदर्शन गर्न नपाइने निर्णय सर्वसम्मतीबाट गरेको थियो । 

ताजा

सबै

बैतडीमा भूकम्प

बैतडी, ८ कार्तिक : बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भू…

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

नेपालगन्ज, ८ कात्तिकः जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ म…

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

लोकप्रिय

सबै

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

नेपालगन्ज,६ कात्तिकः बाँकेको नेपालगञ्ज उपमहानगरपालिका१९ का अमजत अली शेख विगत सात व…

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

यो पनि

बैतडीमा भूकम्प

बैतडीमा भूकम्प

बैतडी, ८ कार्तिक : बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भू…

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

बाँके, ३ कात्तिक । बाँकेको राप्ती सोनारी गाउँपालिका६ फत्तेपुरका किसान महिलाले खसीब…

‘दसैँ गाउँमा नै रमाइलो’

‘दसैँ गाउँमा नै रमाइलो’

कर्णाली, २ कात्तिकः बडादसैँ नजिकिदै गर्दा देश विदेशबाट घर फर्कनेहरुको यतिबेला घुँइच…