Pairabi logo

असोज २०, २०८३, मंगलबार                    

नेपालगन्जमा शान्ति र एकताका लागि बृहत्त सद्भाव र्‍याली

डेक्स

डेक्स

नेपालगन्जमा शान्ति र एकताका लागि बृहत्त सद्भाव र्‍याली
ADVERTISEMENT

नेपालगन्ज, साउन १६ । नेपालगन्जमा शान्ति र एकताका लागि शनिबार बृहत्त सद्भाव र्‍याली निकालिएको छ । वीपी चोकबाट निस्केको सदभाव र्यालीमा विभिन्न धर्मका धार्मिक अगुवाहरु, संघीय र प्रदेश सांसद लगायतका जनप्रतिनिधीहरु, नागरिक समाजका अगुवा, उद्योगी व्यापारी, संघसंस्थाका प्रतिनिधि, राजनीतिक दलका अगुवा लगायतको सहभागिता रहेको थियो ।  

बिरेन्द्र चोकमा पुगेर सभामा परिणत भएको सो कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले सुनसरी र सिराहामा भएका घटना निकै दुखद भएको जनाउँदै बाँकेमा शान्ति र सदभावका लागि यो कार्यक्रम गरिएको बताउनुभयो । उहाँले सुनसरी र सिराहाका घटनामा मारिएका युवाहरुप्रति श्रद्धान्जली अर्पण गर्दै ती घटनाका दोषीलाई कडा कारबाही गर्न सरकारले प्रतिवद्धता जनाइ छानबिन समिति समेत गठन गरिसकेको बताउनुभयो । 

सद्भाव र्‍यालीमा बाँके क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य मोहम्मद इश्तियाक राई, लुम्बिनी प्रदेशसभा सदस्य मिना श्रेष्ठ, नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, बागेश्वरी मन्दिरका मूल महन्त योगी चन्द्रनाथ, मुस्लिम धर्मगुरु मौलाना जियाउल मुस्तफा, राष्टिय स्वतन्त्र पार्टी बाँकेका अध्यक्ष विवेक श्रेष्ठ, नेपाली काँग्रेस बाँकेका अध्यक्ष नारायण गौडेल, नेकपा एमाले बाँकेका अध्यक्ष निरक गुरुङ, नेकपा बाँकेका संयोजक दिपक जिएम, नागरिक समाजका अगुवा कृष्ण प्रसाद श्रेष्ठ, मेराज अहमद हिमालय लगायत विभिन्न व्यक्तित्वहरुको सहभागिता रहको थियो। 

सोही अवसरमा स्थानीय बिरेन्द्र चोककमा सुनसरी र सिराहामा मारिएका युवाहरुको सम्झनामा दिप प्रज्वलन समेत गरिएको थियो । 

यसअघि जिल्ला प्रशासन कार्यालयमा शुक्रवार सम्पन्न सर्वपक्षिय बैठकले शनिवार विहान सदभाव र्‍याली गर्ने, सुनसरी लगायतका घटनाका दोषीलाई कडा कारबाही गर्नुपर्ने, डिजेलाई पूर्ण रुपमा प्रतिबन्ध लगाउने र कुनै पनि धार्मिक तथा सामाजिक कार्यक्रममा हातहतियार प्रदर्शन गर्न नपाइने निर्णय सर्वसम्मतीबाट गरेको थियो । 

ताजा

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

लोकप्रिय

सबै

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

यो पनि

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…

राजापुरमा मानव बेचबिखन रोकथाम तथा सीमापार समन्वय संयन्त्रसम्बन्धी तालिम

राजापुरमा मानव बेचबिखन रोकथाम तथा सीमापार समन्वय संयन्त्रसम्बन्धी तालिम

बर्दिया, असोज ६ । मानव बेचबिखन, लागुऔषध दुव्र्यसन रोकथाम तथा सीमापार समन्वय संयन्त्रस…