Pairabi logo

असोज १४, २०८३, बुधबार                    

डुडुवामा भूमिहीन सुकुम्बासीको निवेदन संकलन कार्य सुरु

डेक्स

ADVERTISEMENT

डुडुवा (बाँके), ११ साउन । बाँकेको डुडुवा गाउँपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने उद्देश्यले निवेदन संकलन कार्य सुरु गरेको छ ।

भुमि व्यवस्था सहकारी, संघिय मामिला तथा सामान्य प्रशासन मान्त्रालय अन्र्तगत भुमि समस्या समाधान समितिको समन्वयमा गाउँपालिकाले वडा तहबाट निवेदन संकलन प्रक्रिया अघि बढाएको हो । 

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान, लगत संकलन तथा जग्गा व्यवस्थापन प्रक्रियालाई प्रभावकारी बनाउन प्रत्येक वडामा कर्मचारीको टोली खटाएर निवदेन संकलन कार्य शुरु गरेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । 

अध्यक्ष चौधरीका अनुसार यस अभियानले वास्तविक लाभग्राहीको तथ्याङ्क अद्यावधिक गर्न र भूमि व्यवस्थापनलाई व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

उहाँले पालिकाका नागरिकलाई आवश्यक कागजातसहित आफ्नो वडा कार्यालयमा उपस्थित भई समयमै निवेदन दर्ता गराउन आग्रह गर्नुभएको छ । निवेदनका साथ नागरिकता प्रमाणपत्र, परिवारका सदस्यहरूको विवरण, बसोबास पुष्टि हुने कागजात तथा अन्य आवश्यक प्रमाणहरू पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।

अध्यक्ष चौधरीले भूमि अधिकार नागरिकको आधारभूत अधिकारसँग जोडिएको विषय भएकाले वास्तविक भूमिहीन नागरिकले यस अवसरको अधिकतम उपयोग गर्नुपर्ने बताउनुभयो । उहाँले पारदर्शी र निष्पक्ष ढंगबाट तथ्याङ्क संकलन गरी योग्य लाभग्राहीलाई भूमि व्यवस्थापन प्रक्रियामा समेटिने विश्वास व्यक्त गर्नुभयो । 

निवेदन संकलन कार्यलाई सहज, व्यवस्थित र प्रभावकारी बनाउन डुडुवाका ६ वटै वटामा कर्मचारीको टोली परिचालन गरिएको प्रमुख प्रशासकिय अधिकृत विक्रम गिरीले जानकारी दिनुभयो । 

स्थानीयवासीले लामो समयदेखि भूमि अधिकारको प्रतीक्षामा रहेकाले निवेदन संकलन कार्य सुरु भएपछि धमाधम विवरण संकलन हुन थालेको छ । यस अभियानबाट वास्तविक भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको अभिलेखीकरण भई आगामी दिनमा जग्गा उपलब्ध गराउने तथा लालपुर्जा वितरण प्रक्रियालाई गति मिल्ने अपेक्षा गरिएको छ । 
 
ताजा

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाँके ।बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद गौतमले बालबालिकासँग सम्बन्धित मुद्…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…

लोकप्रिय

यो पनि

राजापुरमा मानव बेचबिखन रोकथाम तथा सीमापार समन्वय संयन्त्रसम्बन्धी तालिम

बर्दिया, असोज ६ । मानव बेचबिखन, लागुऔषध दुव्र्यसन रोकथाम तथा सीमापार समन्वय संयन्त्रस…