Pairabi logo

कात्तिक ०५, २०८३, बुधबार                    

डुडुवामा भूमिहीन सुकुम्बासीको निवेदन संकलन कार्य सुरु

डेक्स

डेक्स

डुडुवामा भूमिहीन सुकुम्बासीको निवेदन संकलन कार्य सुरु
ADVERTISEMENT

डुडुवा (बाँके), ११ साउन । बाँकेको डुडुवा गाउँपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने उद्देश्यले निवेदन संकलन कार्य सुरु गरेको छ ।

भुमि व्यवस्था सहकारी, संघिय मामिला तथा सामान्य प्रशासन मान्त्रालय अन्र्तगत भुमि समस्या समाधान समितिको समन्वयमा गाउँपालिकाले वडा तहबाट निवेदन संकलन प्रक्रिया अघि बढाएको हो । 

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान, लगत संकलन तथा जग्गा व्यवस्थापन प्रक्रियालाई प्रभावकारी बनाउन प्रत्येक वडामा कर्मचारीको टोली खटाएर निवदेन संकलन कार्य शुरु गरेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । 

अध्यक्ष चौधरीका अनुसार यस अभियानले वास्तविक लाभग्राहीको तथ्याङ्क अद्यावधिक गर्न र भूमि व्यवस्थापनलाई व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

उहाँले पालिकाका नागरिकलाई आवश्यक कागजातसहित आफ्नो वडा कार्यालयमा उपस्थित भई समयमै निवेदन दर्ता गराउन आग्रह गर्नुभएको छ । निवेदनका साथ नागरिकता प्रमाणपत्र, परिवारका सदस्यहरूको विवरण, बसोबास पुष्टि हुने कागजात तथा अन्य आवश्यक प्रमाणहरू पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।

अध्यक्ष चौधरीले भूमि अधिकार नागरिकको आधारभूत अधिकारसँग जोडिएको विषय भएकाले वास्तविक भूमिहीन नागरिकले यस अवसरको अधिकतम उपयोग गर्नुपर्ने बताउनुभयो । उहाँले पारदर्शी र निष्पक्ष ढंगबाट तथ्याङ्क संकलन गरी योग्य लाभग्राहीलाई भूमि व्यवस्थापन प्रक्रियामा समेटिने विश्वास व्यक्त गर्नुभयो । 

निवेदन संकलन कार्यलाई सहज, व्यवस्थित र प्रभावकारी बनाउन डुडुवाका ६ वटै वटामा कर्मचारीको टोली परिचालन गरिएको प्रमुख प्रशासकिय अधिकृत विक्रम गिरीले जानकारी दिनुभयो । 

स्थानीयवासीले लामो समयदेखि भूमि अधिकारको प्रतीक्षामा रहेकाले निवेदन संकलन कार्य सुरु भएपछि धमाधम विवरण संकलन हुन थालेको छ । यस अभियानबाट वास्तविक भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको अभिलेखीकरण भई आगामी दिनमा जग्गा उपलब्ध गराउने तथा लालपुर्जा वितरण प्रक्रियालाई गति मिल्ने अपेक्षा गरिएको छ । 
 

ताजा

सबै

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

बाँके, ३ कात्तिक । बाँकेको राप्ती सोनारी गाउँपालिका६ फत्तेपुरका किसान महिलाले खसीब…

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज, ३ कात्तिक : दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया न…

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्ज, ३ असोज । नेपालगन्जमा जारी १५९औँ ऐतिसाहिस रामलिला मन्चनको विशेष आकर्षण रा…

‘दसैँ गाउँमा नै रमाइलो’

कर्णाली, २ कात्तिकः बडादसैँ नजिकिदै गर्दा देश विदेशबाट घर फर्कनेहरुको यतिबेला घुँइच…

लोकप्रिय

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्ज, ३ असोज । नेपालगन्जमा जारी १५९औँ ऐतिसाहिस रामलिला मन्चनको विशेष आकर्षण रा…

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

शम्भुप्रसाद थारु बर्दिया, २ कात्तिक स् घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहे…

‘दसैँ गाउँमा नै रमाइलो’

कर्णाली, २ कात्तिकः बडादसैँ नजिकिदै गर्दा देश विदेशबाट घर फर्कनेहरुको यतिबेला घुँइच…

यो पनि

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

बाँके, ३ कात्तिक । बाँकेको राप्ती सोनारी गाउँपालिका६ फत्तेपुरका किसान महिलाले खसीब…

‘दसैँ गाउँमा नै रमाइलो’

‘दसैँ गाउँमा नै रमाइलो’

कर्णाली, २ कात्तिकः बडादसैँ नजिकिदै गर्दा देश विदेशबाट घर फर्कनेहरुको यतिबेला घुँइच…

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

शम्भुप्रसाद थारु बर्दिया, २ कात्तिक स् घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहे…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …