Pairabi logo

असोज १९, २०८३, सोमबार                    

नेपालगञ्ज आवासीय बीमा कार्यक्रम अन्तर्गत पीडित परिवारलाई राहत हस्तान्तरण

डेक्स

डेक्स

नेपालगञ्ज आवासीय बीमा कार्यक्रम अन्तर्गत पीडित परिवारलाई राहत हस्तान्तरण
ADVERTISEMENT

नेपालगञ्ज उपमहानगरपालिकाले आवासीय बीमा कार्यक्रम अन्तर्गत एक पीडित परिवारलाई राहत स्वरूप २ लाख ३२ हजार ९ सय रुपैयाँ हस्तान्तरण गरेको छ।

गत वर्षदेखि नेपालमै पहिलो पटक लागू गरिएको यस कार्यक्रम अन्तर्गत उपमहानगरपालिकाले विपद् जोखिम क्षेत्रका रूपमा पहिचान गरिएका वडा नम्बर ३ र ७ का १८४ घरपरिवारको बीमा गरिदिएको थियो। 

उपमहानगरपालिकाका विपद् फोकल पर्सन दिपेन्द्र श्रेष्ठका अनुसार वडा नम्बर ७ निवासी उत्तम सिंह पन्जाबीको घर वर्षाका कारण भत्किएपछि बीमा दाबी गरिएको हो।उक्त बीमा रकम राष्ट्रिय बीमा कम्पनीमार्फत उपलब्ध गराइएको हो, जसलाई एक औपचारिक कार्यक्रममार्फत पीडित परिवारलाई हस्तान्तरण गरिएको छ।

उपमहानगरपालिकाले १५ लाख रुपैयाँसम्मको बीमा कभर उपलब्ध गराउँदै प्रति परिवार ८ सय ५० रुपैयाँ प्रिमियम शुल्क आफैं तिर्दै आएको छ। पीडित परिवारलाई चेक हस्तान्तरण गर्दै मेयर प्रशान्त बिष्टले यसले न्यून आय भएका परिवारलाई विपद्का बेला आर्थिक सुरक्षा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । 

उहाँका अनुसार यो कार्यक्रम अब उपमहानगरपालिकाका सबै २३ वटै वडामा विस्तार गर्ने योजना रहेको छ। स्थानीय सरकारको पहलमा प्राप्त बीमा रकमले आफूहरूलाई केही राहत महसुस भएको पीडित परिवारका सदस्य लिला आचार्यले बताउनुभयो । 

सुपर परियोजनाको प्राविधिक सहयोगमा सञ्चालन गरिएको यो कार्यक्रमले विपद् व्यवस्थापनमा स्थानीय तहको सक्रियता र नवीन अभ्यासलाई थप मजबुत बनाएको छ।

ताजा

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

लोकप्रिय

सबै

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

यो पनि

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…

राजापुरमा मानव बेचबिखन रोकथाम तथा सीमापार समन्वय संयन्त्रसम्बन्धी तालिम

राजापुरमा मानव बेचबिखन रोकथाम तथा सीमापार समन्वय संयन्त्रसम्बन्धी तालिम

बर्दिया, असोज ६ । मानव बेचबिखन, लागुऔषध दुव्र्यसन रोकथाम तथा सीमापार समन्वय संयन्त्रस…