Pairabi logo

कात्तिक ०३, २०८३, सोमबार                    

जेनजी सहिदको स्मृतिमा ‘योग भवन र उद्यान’ निर्माण

डेक्स

ADVERTISEMENT

नेपालगञ्ज, १७ वैशाखः जेनजी प्रदर्शनका क्रममा गत भदौमा सहादत प्राप्त गरेका बाँकेका दुई जना युवाको स्मृतिमा नेपालगञ्जमा अर्धकदको सालिकसहित पार्क निर्माण गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका १ का आयुष थापा र सुलभराज श्रेष्ठको स्मृतिमा वडा कार्यालयले योग भवन तथा खुला व्यायामशाला निर्माण गरेको हो । 

लुम्बिनी प्रदेश सरकार, नेपालगन्ज उपमहानगरपालिका र वडा कार्यालयको सहयोगमा करिब रु ५० लाखको लागतमा योग भवन निर्माण गरिएको छ । साथै रु १० लाखको लागतमा खुला व्यायामशाला निर्माण गरिएको वडाध्यक्ष प्रमोद रिजालले जानकारी दिनुभयो । 

उहाँले देशको परिवर्तनका लागि सहादत प्राप्त गर्ने वडाका होनहार युवाको स्मृतिमा अर्धकदको सालिकसहित स्मृति भवन निर्माण गरेको बताउनुभयो । पहिलो चरणमा सिमेन्टको अर्धकदको सालिक निर्माण गरिएको जनाउँदै वडाध्यक्ष रिजालले आगामी आर्थिक वर्षमा बजेट व्यवस्थापन गरी ढलोटको सालिक बनाउने योजना रहेको उल्लेख गर्नुभयो ।  

नेपालगञ्जका स्थायी बासिन्दा श्रेष्ठ र थापाको गत भदौ २३ गते राजधानीमा भएको जेनजी प्रदर्शनका क्रममा सुरक्षाकर्मीको गोली लागेर निधन भएको थियो । वडा कार्यालयले यसअघि दुवै सहिदको स्मृतिमा ‘सहिद मार्ग’ नामाकरण गरिसकेको छ ।

सहिद स्मृतिमा अर्धकदको सालिकसहितको भवन उद्घाटनपछि खुला ब्याडमिन्टन प्रतियोगितासमेत सञ्चालन हुने वडाध्यक्ष रिजालले जानकारी दिनुभयो । 

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

यो पनि

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…