Pairabi logo

असोज २५, २०८३, आइतबार                    

नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति २९.९८ प्रतिशत

डेक्स

डेक्स

नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति २९.९८ प्रतिशत
ADVERTISEMENT

नेपालगन्ज, २९ माघ : नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति २९ दशमलव ९८ प्रतिशत रहेको छ । चालू आर्थिक बर्षको हालसम्म पुँजीगततर्फ १० दशमलव ४३ प्रतिशत मात्र बजेट खर्च भएको छ । नेपालगन्ज उपमहानगरपालिकाले आज यहाँ आयोजना गरेको अर्धवार्षिक समीक्षा तथा तथ्याङ्क साक्षरता कार्यक्रममा उक्त तथ्याङ्क प्रस्तुत गरिएको हो ।

नेपालगन्ज उपमहानगरपालिकाका योजना महाशाखा प्रमुख तेजेन्द्र रोकायले चालु आवको साउनदेखि माघ २७ गतेसम्मको अवधिमा १० दशमलव ४३ प्रतिशत पुँजीगत बजेट खर्च भएको जानकारी दिनुभयो । उहाँका अनुसार चालु आवका लागि पुँजीगततर्फ रु ६१ करोड ५६ लाख ८५ हजार ४५ विनियोजन गरिएकोमा हालसम्म रु ६ करोड ४१ लख ८८ हजार ६ सय ५४ मात्र खर्च भएको हो ।

चालु बजेटतर्फ रु एक अर्ब २० करोड २२ लाख २३ हजार ४५० विनियोजितमध्ये हालसम्म रु ४७ करोड ७९ लाख ४१ हजार १५९ बजेट खर्च भएको छ । वित्तीय व्यवस्थातर्फ रु एक करोड विनियोजित बजेटमध्ये रु ४९ लाख ५० हजार ८८० खर्च भएको छ ।

उपमहानगरले चालु आवका लागि रु एक अर्ब ८२ करोड ७९ लाख आठ हजार ४९५को बजेट विनियोजन गरेको थियो । जसमध्ये हालसम्म रु ५४ करोड ८० लाख ८० हजार ६९४ खर्च भएको छ । जुन कुल विनियोजित रकमको २९ दशमलव ९८ प्रतिशत हो ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले काम गर्ने दौरानमा जहाँ समस्या र अप्ठ्यारा आउँछन् त्यहाँ जनप्रतिनिधिसँग समन्वय गरेर अगाडि बढ्न सुझाव दिदै विगतका कामको मूल्याङ्कन गर्दै आगामी दिनको योजनालाई केही परिमार्जित गरेर कार्यान्वयन गरिने बताउनुभयो ।

कार्यक्रममा कर्मचारी तथा जनप्रतिनिधिलाई तथ्याङ्कसम्बन्धी जानकारी दिन “आधिकारिक तथ्याङ्क, पारदर्शी शासन” विषयमा तथ्याङ्कीय साक्षरता प्रदान गरिएको छ । तथ्याङ्क समन्वय कार्यालय दाङका प्रमुख पोमनारायण पौडेलले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा सम्पूर्ण वडाका वडाध्यक्षहरू तथा विभिन्न महाशाखाका कर्मचारीहरूको सहभागिता रहेको थियो । 

ताजा

सबै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

नेपालगन्ज। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न प्रस्ताव…

नाङ्गो विद्युत् तारबाट १७ वर्षीय किशोर घाइते भएपछि क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा

नेपालगन्ज। सार्वजनिक सडकमा लत्रिएको नाङ्गो विद्युत् तारको सम्पर्कमा परी गम्भीर घाइते भएक…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

लोकप्रिय

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…