Pairabi logo

कात्तिक १६, २०८३, आइतबार                    

बालसुधार गृहमा बालबन्दीविच कुटाकुट १५ घाइते

डेक्स

डेक्स

बालसुधार गृहमा बालबन्दीविच कुटाकुट १५ घाइते
ADVERTISEMENT

नेपालगन्ज २ चैत : बाँकेको डुडुवा गाउँपालिका–६ असमानपुरस्थित ‘जयन्दु बाल सुधार गृह’ मा भएको कुटाकुटको घटनामा १५ जना बाल बन्दी घाइते भएका छन । 

उनीहरुबीच शुक्रबार रातीदेखी सुरु भएको तनाव आज शनिबार दिउँसो साम्य भएको थियो । कुटाकुटबाट सामान्यदेखी गम्भिर घाइते भएकाहरुको नेपालगन्जस्थित भेरी अस्पताल र संजिवनी अस्पतालमा उपचार भईरहेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक तुलबहादुर कार्कीले बताउनुभयो । 

उहाँका अनुसार १५ जना घाइतेमध्ये अरुको अवस्था सामान्य भएपनि ६ जनाको उपचार अझै भईरहेको प्रहरीले जनाएको छ । बाल बन्दीहरुले सुरक्षाका लागि खटिएका प्रहरीमाथी समेत इट्टा प्रहार गरेका थिए । इट्टा प्रहारबाट ३ जना प्रहरी घाइते भएका छन् । घाइते प्रहरीको पनि स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 

स्थिती नियन्त्रणमा शनिबार दिउँसोसम्म पनि प्रहरीलाई हम्य–हम्य परेको थियो । त्यसका लागि बाल सुधार गृहमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । कुटाकुट हुँदा सुधार गृहबाट ५÷६ जना बालबन्दी भागेकोमा पछि सम्पर्कमा आएको प्रहरी प्रमुख कार्कीले बताउनुभयो । 

उहाँका अनुसार सिनियर बाल बन्दीले जुनियर बालबन्दीलाई हेप्ने, आफु खुशी काम गर्ने, लगायतका गतिविधी गर्दा विवाद भई कुटाकुट भएको हो । त्यस क्रममा सुधार गृहमा आगजनी समेत गरिएको थियो । आगोले भवनको झ्याल ढोका, टेलिभिजनलगायतका सामान जलेर नष्ट भएको छ । नेपालगन्जबाट गएको बारुण यन्त्रले आगो नियन्त्रणमा लिएको थियो । 
–––

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

यो पनि

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचविखन गर्न आग्रह

मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचविखन गर्न आग्रह

बाँके, १३ कात्तिकः नेपालगञ्ज आसपासका बजारमा रहेका मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बे…