Pairabi logo

असोज ३०, २०८३, शुक्रबार                    

बर्दियामा किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

डेक्स

डेक्स

बर्दियामा किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण
ADVERTISEMENT

बर्दिया, २९ फागुन । बारबर्दिया नगरपालिकाको वडा नं। १ मा अवस्थित पहाडीपुर आधारभुत स्वास्थ्य केन्द्र र गेरुवा गाउँपालिकाको वडा नं। ५ मा अवस्थित पशुपतिनगर स्वास्थ्य चौकीमा नयाँ निर्माण गरिएको किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा भवनहरु हस्तान्तरण गरिएको छ।

कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग कोईकाको आर्थिक सहयोगमा प्लान इन्टरनेसनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारीमा निर्माण गरिएको किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा भवनहरू हस्तान्तरण गरिएको हो। 

बर्दिया जिल्लामा किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार दोस्रो चरणको परियोजना अन्तर्गत उक्त भवन निमार्ण गरिएको हो । 

हस्तान्तरण समारोहमा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री श्री जन्मजय तिमिल्सिनाज्यूको प्रमख आतिथ्यतामा दुबै स्थानिय तहका प्रमुख, उप प्रमुख लगायत वडाध्यक्षहरु, लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठ स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख नारायण प्रसाद चौधरी प्लान इन्टरनेशनल नेपालका राष्टिय निर्देशक राम किसन, प्लान इन्टरनेशनल नेपाल पश्चिम क्षेत्रीय कार्यालयकी क्षेत्रीय प्रबन्धक मीना पराजुली राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष दिनेश प्रसाद श्रेष्ठ, बाँके यूनेस्को क्लबका अध्यक्ष रवि तुलाधर लगायत प्लान इन्टरनेशनल नेपाल र साझेदार संस्थाहरुको प्रमुख र प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले अन्तर्राष्ट्रिय स्तरबाट आउने सहयोगले समाज रूपान्तरणमा महत्त्वपूर्ण योगदान गरेको बताउनुभयो । मन्त्री तिमिल्सिनाले स्थानीय सरकार र स्वास्थ्य संस्थाको स्वामित्व यस किशारकिशारी मैत्री स्वास्थ्य सेवा भवनको दीर्घकालिनताका लागि अत्यन्त महत्त्वपूर्ण छ र यो भवन केवल यस स्थानिय तहका जनताका लागि मात्रै नभएर अन्य स्थानिय तहका किशोरकिशोरीहरूले पनि यस संस्थाबाट प्रदान गरिएका सेवाहरूको फाइदा लिन सक्नेछन् र यसका लागि सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । 

यौन तथा प्रजनन स्वास्थ्य र अधिकारलाई प्रवद्र्धन गर्नु र किशोरकिशोरीहरूको समग्र जीवनशैलीमा सुधार ल्याउन किशोरकिशोरी, उनीहरुको परिवार र समुदायको ज्ञान, धारणा र व्यवहारमा सुधार ल्याउने र स्थानीय तहमा किशोरकिशोरी यौन तथा प्रजनन स्वाथ्य र अधिकार सेवाको प्रावधानमा सुदृढिकरण गर्ने उद्देश्य लिएको परियोजनाले अपर्याप्त ठाउँ र पूर्वाधारका कारण स्वास्थ्य संस्थाहरूबाट गुणस्तरीय किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा प्रदान गर्न समस्या भएकोले यसलाई सम्बोधन गर्न, परियोजना अवधि भरिमा ६ वटा किशोर किशोरी मैत्री स्वास्थ्य सेवा भवन र १३ वटा लैङ्गिक तथा अपांगतामैत्री शौचालय निर्माण गरी सहयोग गर्ने लक्ष्य राखेको परियोजनाका संयोजक सुरज अर्यालले जानकारी दिनुभयो । 

कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठले किशोर किशोरी मैत्री सेवाहरू २०७७ को स्वास्थ्य नियमानुसार आधारभूत आवश्यकता भएको र किशोर किशोरी मैत्री सेवाहरू सुनिश्चित गर्नका लागि मुख्य तीनवटा कुराहरूमा ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले नेपालको जनसङ्ख्याको २० प्रतिशत किशोरकिशोरी रहेको र नेपाल बालविवाह गर्नमा एसियाको १६औ स्थानमा भएको बताउनुभयो । कार्यक्रममा प्लान इन्टरनेसनल नेपालका राष्ट्रिय निर्देशक राम किसनले किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा भवन केवल निर्माणका लागि मात्र नभई सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको स्वास्थ्य संस्थामा उपलब्ध सेवाहरूको उपयोग भएको बताउँदै त्यसको दिगोपनका लागि स्वास्थ्य विभागको सहयोग आवश्यक रहेको समेत धारणा राख्नुभयो ।

यि भवनहरुबाट विशेष गरि बारबर्दिया नगरपालिकाको वडा नम्बर १, २ र ३ र गेरुवा गाउँपालिकाको वडा नम्बर ४ र ५ का किशोरकिशोरीहरूलाई सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ ।

बारबर्दिया नगरपालिकाको पहाडीपुर आधारभुत स्वास्थ्य केन्द्रमा कुल ४७ लाख ९१ हजार ६६० र गेरुवा गाउँपालिकाको पशुपतिनगर स्वास्थ्य चौकीमा कुल ५० लाख ४१ हजार ३८१ रूपैयाँ लागतमा सो भवनहरुको निर्माण सम्पन्न भएको थियो।

ताजा

सबै

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

यो पनि

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…