Pairabi logo

कात्तिक १५, २०८३, शनिबार                    

बर्दियामा किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

डेक्स

डेक्स

बर्दियामा किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण
ADVERTISEMENT

बर्दिया, २९ फागुन । बारबर्दिया नगरपालिकाको वडा नं। १ मा अवस्थित पहाडीपुर आधारभुत स्वास्थ्य केन्द्र र गेरुवा गाउँपालिकाको वडा नं। ५ मा अवस्थित पशुपतिनगर स्वास्थ्य चौकीमा नयाँ निर्माण गरिएको किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा भवनहरु हस्तान्तरण गरिएको छ।

कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग कोईकाको आर्थिक सहयोगमा प्लान इन्टरनेसनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारीमा निर्माण गरिएको किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा भवनहरू हस्तान्तरण गरिएको हो। 

बर्दिया जिल्लामा किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार दोस्रो चरणको परियोजना अन्तर्गत उक्त भवन निमार्ण गरिएको हो । 

हस्तान्तरण समारोहमा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री श्री जन्मजय तिमिल्सिनाज्यूको प्रमख आतिथ्यतामा दुबै स्थानिय तहका प्रमुख, उप प्रमुख लगायत वडाध्यक्षहरु, लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठ स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख नारायण प्रसाद चौधरी प्लान इन्टरनेशनल नेपालका राष्टिय निर्देशक राम किसन, प्लान इन्टरनेशनल नेपाल पश्चिम क्षेत्रीय कार्यालयकी क्षेत्रीय प्रबन्धक मीना पराजुली राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष दिनेश प्रसाद श्रेष्ठ, बाँके यूनेस्को क्लबका अध्यक्ष रवि तुलाधर लगायत प्लान इन्टरनेशनल नेपाल र साझेदार संस्थाहरुको प्रमुख र प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले अन्तर्राष्ट्रिय स्तरबाट आउने सहयोगले समाज रूपान्तरणमा महत्त्वपूर्ण योगदान गरेको बताउनुभयो । मन्त्री तिमिल्सिनाले स्थानीय सरकार र स्वास्थ्य संस्थाको स्वामित्व यस किशारकिशारी मैत्री स्वास्थ्य सेवा भवनको दीर्घकालिनताका लागि अत्यन्त महत्त्वपूर्ण छ र यो भवन केवल यस स्थानिय तहका जनताका लागि मात्रै नभएर अन्य स्थानिय तहका किशोरकिशोरीहरूले पनि यस संस्थाबाट प्रदान गरिएका सेवाहरूको फाइदा लिन सक्नेछन् र यसका लागि सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । 

यौन तथा प्रजनन स्वास्थ्य र अधिकारलाई प्रवद्र्धन गर्नु र किशोरकिशोरीहरूको समग्र जीवनशैलीमा सुधार ल्याउन किशोरकिशोरी, उनीहरुको परिवार र समुदायको ज्ञान, धारणा र व्यवहारमा सुधार ल्याउने र स्थानीय तहमा किशोरकिशोरी यौन तथा प्रजनन स्वाथ्य र अधिकार सेवाको प्रावधानमा सुदृढिकरण गर्ने उद्देश्य लिएको परियोजनाले अपर्याप्त ठाउँ र पूर्वाधारका कारण स्वास्थ्य संस्थाहरूबाट गुणस्तरीय किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा प्रदान गर्न समस्या भएकोले यसलाई सम्बोधन गर्न, परियोजना अवधि भरिमा ६ वटा किशोर किशोरी मैत्री स्वास्थ्य सेवा भवन र १३ वटा लैङ्गिक तथा अपांगतामैत्री शौचालय निर्माण गरी सहयोग गर्ने लक्ष्य राखेको परियोजनाका संयोजक सुरज अर्यालले जानकारी दिनुभयो । 

कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठले किशोर किशोरी मैत्री सेवाहरू २०७७ को स्वास्थ्य नियमानुसार आधारभूत आवश्यकता भएको र किशोर किशोरी मैत्री सेवाहरू सुनिश्चित गर्नका लागि मुख्य तीनवटा कुराहरूमा ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले नेपालको जनसङ्ख्याको २० प्रतिशत किशोरकिशोरी रहेको र नेपाल बालविवाह गर्नमा एसियाको १६औ स्थानमा भएको बताउनुभयो । कार्यक्रममा प्लान इन्टरनेसनल नेपालका राष्ट्रिय निर्देशक राम किसनले किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा भवन केवल निर्माणका लागि मात्र नभई सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको स्वास्थ्य संस्थामा उपलब्ध सेवाहरूको उपयोग भएको बताउँदै त्यसको दिगोपनका लागि स्वास्थ्य विभागको सहयोग आवश्यक रहेको समेत धारणा राख्नुभयो ।

यि भवनहरुबाट विशेष गरि बारबर्दिया नगरपालिकाको वडा नम्बर १, २ र ३ र गेरुवा गाउँपालिकाको वडा नम्बर ४ र ५ का किशोरकिशोरीहरूलाई सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ ।

बारबर्दिया नगरपालिकाको पहाडीपुर आधारभुत स्वास्थ्य केन्द्रमा कुल ४७ लाख ९१ हजार ६६० र गेरुवा गाउँपालिकाको पशुपतिनगर स्वास्थ्य चौकीमा कुल ५० लाख ४१ हजार ३८१ रूपैयाँ लागतमा सो भवनहरुको निर्माण सम्पन्न भएको थियो।

ताजा

सबै

मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचविखन गर्न आग्रह

बाँके, १३ कात्तिकः नेपालगञ्ज आसपासका बजारमा रहेका मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बे…

चाडपर्व मनाउन सस्तो दरमा धान बेच्दै किसान

बाँके, १३ कात्तिकः नजिकिँदो तिहारलगायतका चाडपर्व मनाउन यहाँका किसानले व्यापारीलाई …

मानब बेचबिखनविरुद्ध सामूहिक प्रतिबद्धता : सुरक्षा परियोजनाको संयुक्त अनुगमन

बर्दिया, १३ कार्तिक । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चाल…

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

लोकप्रिय

सबै

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

यो पनि