Pairabi logo

कात्तिक ०३, २०८३, सोमबार                    

बर्दियामा ‘सुरक्षा परियोजना’ सञ्चालन

डेक्स

डेक्स

बर्दियामा ‘सुरक्षा परियोजना’ सञ्चालन
ADVERTISEMENT

बर्दिया २९, फागुन । बर्दिया जिल्लामा सञ्चालित ‘सुरक्षा परियोजना’ सम्बन्धी जानकारी तथा समन्वय बैठक राजापुर नगरपालिकामा गरेको छ ।

बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा शुरु भएको परियोजनाका लक्ष्य, उद्देश्य, प्रतिफल, बजेट र कार्यपद्धति सम्बन्धी जानकारी स्थानीय सरकार तथा प्रमुख सरोकारवालाहरूलाई दिनका लागि सो बैठकको आयोजना गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरले बताउनुभयो । 

राजापुर नगरपालिकाका उपमेयर मनकला कुमारी चौधरीको अध्यक्षतामा सम्पन्न भएको बैठकमा प्लान इन्टरनेशनल नेपालका कार्यक्रम विशेषज्ञ दुर्गा कुमारी क्षेत्रीले संस्थाको कार्यपद्धति, विषयगत क्षेत्रहरू, राजापुर नगरपालिकामा सञ्चालित समग्र कार्यक्रमहरू र लक्षित बालबालिकाहरूको अवस्था सम्बन्धी विस्तृत जानकारी प्रस्तुत गर्नुभएको थियो । 

साथै, उहाँले ‘सुरक्षा परियोजना’ का उद्देश्य, गतिविधि र प्रतिफलहरूका बारेमा समेत विस्तारमा प्रकाश पार्नुभएको थियो । बैठकमा बोल्दै राजापुर नगरपालिकाका उपमेयर चौधरीले बालबालिका बेचबिखनको रोकथाम तथा बालबालिकाको गुणस्तरीय र समावेशी शिक्षा प्रवद्र्धनका लागि राजापुर नगरपालिकाको सधैं पूर्ण सहयोग र साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

सो बैठकमा बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक महेश नेपालीले संस्थाको बिस्तृत परिचय दिनुका साथै परियोजनाको बारेमा पनि महत्वपूर्ण जानकारी गराउनु भएको थियो । 

कार्यक्रममा राजापुर नगरपालिका वडा नम्बर ४, ६, ८ र १० का वडा अध्यक्षहरू, नगरपालिकाका विभिन्न शाखा प्रमुखहरू तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरू समेतको सहभागिता रहेको थियो । सो अवसरमा बाँके युनेस्को क्लबका फिल्ड सुपरभाइजर प्रमिशा थारुको पनि उपस्थिति रहेको थियो । 

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

यो पनि

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…