Pairabi logo

कात्तिक १०, २०८३, सोमबार                    

बाँकेमा सालका रुख जोगाउन वन संवर्द्धन कार्यक्रम

डेक्स

डेक्स

बाँकेमा सालका रुख जोगाउन वन संवर्द्धन कार्यक्रम
ADVERTISEMENT

नेपालगन्ज, २५ फागुनः बाँकेका साुमदायिक तथा चक्ला वनमा साल, अस्ना, कर्मालगायत प्रजातिका रुख जोगाउन वन संवर्द्धन प्रणाली अवलम्बन गरिएको छ । कुकाठका रुखले वन भरिएपछि डिभिजन वन कार्यालयले जिल्लाका २४ सामुदायिक वन र एउटा चक्ला वनमा ती प्रजातिको संरक्षण गर्न वन संवर्द्धन प्रणाली सुरु गरेको हो । 

शम्शेरगन्ज माथेबस चक्ला वनको दुई हजार पाँच सय ७८ हेक्टर र त्रिशक्ति सामुदायिक वनसहित २४ वटा सामुदायिक वनका पाँच हजार आठ सय २५ हेक्टर क्षेत्रफलमा वन संवर्द्धन प्रणाली लागू गरेर सालका रुखका साथसाथै अन्य रुख बढाउने काम भइरहेको जिल्ला वन कार्यालयका प्रमुख शङ्करप्रसाद गुप्ताले जानकारी दिनुभयो । 
कार्यालयले दुई हजार दुई सय हेक्टर नयाँ चक्ला वन विस्तार गर्ने कार्ययोजना बनाएको उहाँले बताउनुभयो । वन संवर्द्धन प्रणाली लागू गरेपछि साल प्रजातिबाहेक अन्य रुखका संरक्षण हुने विश्वास गरिएको छ । 

जिल्ला वन कार्यालयका सूचना अधिकारी टङ्कबहादुर गुरुङले सामुदायिक वनका उपभोक्ताले सो प्रणालीबाट प्रशस्त मात्रामा लाभ लिएको उल्लेख गर्दै काठ र दाउरा पनि प्रशस्त उपभोग गरेको बताउनुभयो । सूचना अधिकारी गुरुङले सो प्रणालीबाट पिपल, वर, बेल र चराका बासस्थान गुँड हुने प्रजातिका रुखको समेत संरक्षण गरिएको जानकारी दिँदै ८० प्रतिशत सालका रुख र २० प्रतिशत अन्य रुखको संरक्षणमा जोड दिइएको बताउनुभयो । दुई वर्षअघिबाट मात्र बाँकेमा वन संवर्द्धन प्रणाली सुरु भएको थियो ।

जिल्ला वन कार्यालयका अनुसार जिल्लामा एक सय १९ वटा सामुदायिक, चार धार्मिक, एक सय चार निजी र एउटा चक्ला वन रहेको छ । डिभिजन वन कार्यालय बाँकेले श्रीखण्ड प्रजातिको बिरुवा संरक्षणका लागि निःशुल्क बिरुवा वितरण गर्न थालेको छ । सूचना अधिकारी गुरुङले यस वर्ष १८ हजार बिरुवा उत्पादन गरेर वितरण गर्ने योजना रहेको जानकारी दिनुभयो । उहाँले यस वर्षदेखि नै ती बिरुवाको निःशुल्क वितरण हुने उल्लेख गर्नुभयो । 

ताजा

सबै

बैतडीमा भूकम्प

बैतडी, ८ कार्तिक : बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भू…

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

नेपालगन्ज, ८ कात्तिकः जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ म…

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

लोकप्रिय

सबै

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

नेपालगन्ज,६ कात्तिकः बाँकेको नेपालगञ्ज उपमहानगरपालिका१९ का अमजत अली शेख विगत सात व…

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

यो पनि

बैतडीमा भूकम्प

बैतडीमा भूकम्प

बैतडी, ८ कार्तिक : बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भू…

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

बाँके, ३ कात्तिक । बाँकेको राप्ती सोनारी गाउँपालिका६ फत्तेपुरका किसान महिलाले खसीब…

‘दसैँ गाउँमा नै रमाइलो’

‘दसैँ गाउँमा नै रमाइलो’

कर्णाली, २ कात्तिकः बडादसैँ नजिकिदै गर्दा देश विदेशबाट घर फर्कनेहरुको यतिबेला घुँइच…