Pairabi logo

कात्तिक १५, २०८३, शनिबार                    

लोकतन्त्र र प्रेस स्वतन्त्रता प्राप्तीका लागि स्वर्गिय गुप्तको योगदान बारे चर्चा

डेक्स

डेक्स

लोकतन्त्र र प्रेस स्वतन्त्रता प्राप्तीका लागि स्वर्गिय गुप्तको योगदान बारे चर्चा
ADVERTISEMENT

नेपालगन्ज १५, माघ । लोकतन्त्र र प्रेस स्वतन्त्रता एक अर्काका परिपुरक रहेको एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । प्रेस स्वतन्त्रता सेनानी, वरिष्ठ पत्रकार स्वर्गिय पन्नालाल गुप्त ‘चाचा’को पाँचौं स्मृति दिवसको अवसरमा मंगलबार पत्रकार महासंघले आयोजना गरेको ‘लोकतन्त्र र प्रेस स्वतन्त्रता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताले यस्तो कुरामा जोड दिएका हुन् ।

पन्नालाल गुप्त स्मृति प्रतिष्ठानसँगको सहकार्यमा आयोजित उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई, प्रतिष्ठानका अध्यक्ष विजय गुप्ता, नेपाल पत्रकार महासंघका पुर्वकेन्द्रिय उपाध्यक्ष हेमन्त कर्माचार्य, महासंघ बाँकेका पुर्वअध्यक्ष झलक गैर र रुद्र सुवेदी, प्रेस युनियन बाँकेका पुर्वअध्यक्ष जयनारायण शाह लगायतले लोकतन्त्र बिना प्रेस स्वतन्त्रता सम्भव नभएको बताउनुभयो । प्रेस स्वतन्त्रता भएको मुलुकमा मात्र लोकतन्त्रको अनुभुती गर्न पाइने उनीहरुको जोड छ । लोकतन्त्र र प्रेस स्वतन्त्रता प्राप्तीका लागि स्वर्गिय गुप्तले पुर्याएको योगदान अविष्मरणीय रहेको बक्ताहरुले बताएका थिए । 

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ पत्रकार शिव डोटेल, प्रेस चौतारी बाँकेका अध्यक्ष कमल डाँगी, प्रेस युनियन बाँकेका उपाध्यक्ष कमल खत्री, समाजवादी प्रेस संगठनका अध्यक्ष लोकनाथ शर्मा, क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष सावित्री गिरी, पत्रकार आशिष गुप्ता, बीरेन्द्र जैसी, निशु जोशी लगायतले पनि लोकतन्त्र र प्रेस स्वतन्त्रताबारे आफ्नो धारणा राख्नुभयो । महासंघ बाँकेका उपाध्यक्ष करुणा शाहले स्वागत गरेको उक्त कार्यक्रम सञ्चालन महासंघका कार्यसमिति सदस्य समिरमान श्रेष्ठले गर्नुभएको थियो । 

कार्यक्रममा स्वर्गिय चाचाको फोटोमा माल्र्यापण गरिएको थियो । स्मृति दिवसको सन्दर्भमा प्रतिष्ठानले साप्ताहिक किरणको विशेषांक प्रकाशन गरेको छ । उक्त विशेषांकमा स्वर्गिय ‘चाचा’को स्मृतिमा वरिष्ठ पत्रकारहरुका लेख प्रकाशित गरिएको विशेषांकका प्रबन्ध सम्पादक सावित्री गिरीले बताउनुभयो ।

ताजा

सबै

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचविखन गर्न आग्रह

बाँके, १३ कात्तिकः नेपालगञ्ज आसपासका बजारमा रहेका मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बे…

चाडपर्व मनाउन सस्तो दरमा धान बेच्दै किसान

बाँके, १३ कात्तिकः नजिकिँदो तिहारलगायतका चाडपर्व मनाउन यहाँका किसानले व्यापारीलाई …

लोकप्रिय

सबै

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

यो पनि

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचविखन गर्न आग्रह

मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचविखन गर्न आग्रह

बाँके, १३ कात्तिकः नेपालगञ्ज आसपासका बजारमा रहेका मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बे…

मानब बेचबिखनविरुद्ध सामूहिक प्रतिबद्धता : सुरक्षा परियोजनाको संयुक्त अनुगमन

मानब बेचबिखनविरुद्ध सामूहिक प्रतिबद्धता : सुरक्षा परियोजनाको संयुक्त अनुगमन

बर्दिया, १३ कार्तिक । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चाल…