Pairabi logo

माघ १०, २०८२, शुक्रबार                    

लुम्विनी प्रदेश प्रहरी अस्पताल नयाँ भवनको मन्त्री अग्रवालद्धारा निरिक्षण

डेक्स

डेक्स

लुम्विनी प्रदेश प्रहरी अस्पताल नयाँ भवनको मन्त्री अग्रवालद्धारा निरिक्षण
ADVERTISEMENT

नेपालगन्ज, १५ पुस : लुम्विनी प्रदेश प्रहरी अस्पतालमा निमार्ण भएको ‘अप्रेशन थिएटर’ नयाँ भवनको निरिक्षण तथा अनुगमन गरिएको छ । लुम्विनी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री आदेशकुमार अग्रवालले अस्पताल भवनको निरीक्षण गर्दै जानकारी लिनुभएको छ । 

साढे तीन तले सुविधासम्पन्न अत्याधुनिक भवन तोकिएको समयावधिमा निमार्ण सम्पन्न भएपनि बाँकी बक्यौता रकम निकाशा नभएपछि अझै भवन हस्तान्तरण भएको छैन । २०८१ असार १३ गते तोकिएको समयावधिभित्र भवन निमार्ण कार्य सम्पन्न भएपछि अन्तिम भुक्तानीका लागि २०८१ असार २३ गते फाइल पेश गर्दा बजेट अभावको कारण देखाई भुक्तानी रोकिएको थियो । 

चालु आर्थिक वर्षको अहिले ५ महिनाभन्दा बढी समय वितिसक्दा पनि भुक्तानी नभएपछि समस्यामा परेको निमार्ण कम्पनी सनलाईट/एनपी कन्स्ट्रक्सन जेवी नेपालगन्जका संचालक मोहनप्रकाश आचार्यले बताउनुभयो । उहाँका अनुसार भवन निमार्ण सम्झौताको अवधीभित्रै ऋण साप्टी लिएर भएपनि निमार्ण कार्य सम्पन्न गरेर समयमा भुक्तानी नहुँदा ठुलो संकट भएको छ ।

भवन निरिक्षणका क्रममा मन्त्रीसमक्ष निमार्ण कम्पनीका संचालक आचार्यले आफनो समस्या राख्दै बाँकी बक्यौता रकम निकाशाका लागि आग्रह गर्नुभएको छ । त्यस क्रममा मन्त्री अग्रवालले मन्त्रालयमा बजेटको अभाव भएकाले चालु आर्थिक वर्षको योजनाको बजेटलाई रकमान्तरण गरि भुक्तानी गर्ने सकिने विकल्प भएकाले त्यसका लागि आवश्यक पहल गर्ने बताउनुभयो । मन्त्री अग्रवालले अत्याधुनिक भवनले अस्पतालको थप सेवास्तर बृद्धि भएको र प्रहरीलाई मात्र नभई बाहिरका विरामीलाई पनि सेवा प्रदान गर्नमा सहज हुने विश्वास व्यक्त गर्नुभयो । 

निरिक्षणका क्रममा अस्पतालका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक डा. दिपा न्हुच्छे प्रधान र प्रहरी नायब उपरिक्षक डा. श्यामकृष्ण लौडारीले मन्त्री अग्रवाललाई अस्पतालको सेवा सुविधलगायतका बारेमा जानकारी गराउनुभएको थियो ।

भवनको निरिक्षणमा लुम्विनी प्रदेशका पुर्व मन्त्री तथा प्रदेश सभासदस्य रत्न खत्रीले अत्याधुनिक भवनले पश्चिम क्षेत्रका प्रहरीलाई औषधी उपचारमा सहयोग पुगेको भन्दै अस्पतालभित्रको विशेषज्ञतालाई बाहिरका आम नागरिकलाई पनि उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । 

भुकम्पप्रतिरोधात्मक साना ठुला गरि ६७ कोठा लिफ्टसहितको अत्याधुनिक साढे तीन तले भवन रु ८ करोड २१ लख ६३ हजार ८३८ (मुल्य अभिबृद्धिकरसहित)को लागतमा निमार्ण गरिएको निमार्ण व्यवसायी आचार्यले बताउनुभयो । 

उहाँका अनुसार भवन निमार्णको कार्य सम्पन्न गरेको र अहिले रु १ करोड ६२ लाख ७५ हजार ८७६ बाकी रकम बक्यौता लिनुपर्नेछ । २०७९ मसिंरदेखि भवन निमार्ण शुरु भएर २०८१ असार १३ गते तोकिएको समयावधिभित्र भवन निमार्ण गरिएको छ । 

 

ताजा

सबै

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

नेपालगन्ज ७ माघ । बाँकेमा हात्तीपाइले रोग पूर्ण रुपमा निवारण नभएपछि यो वर्ष बाँके ज…

लोकप्रिय

सबै

स्थानीय तहले लैङ्गिक हिंसा न्युनीकरण गर्न कानून बनाउनुपर्नेमा जोड

नेपालगन्ज, ५ माघः महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकरणका लागि स्थानीय तहले …

बाँकेको खजुरा र जानकीमा महिला हिंसा न्युनीकरण गर्न नीति कार्यन्वयन

नेपालगन्ज ४ माघ । बाँकेको खजुरा र जानकी गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने…

बढैयाताल गाउँपालिकामा ‘पुर्नस्थापना तथा सेवा कोष ऐन’ सार्वजनिकीकरण

बर्दिया ६ माघ । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्रको…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …