Pairabi logo

कात्तिक २३, २०८३, आइतबार                    

सिधनिया घाटमा आज तेस्रो संस्करण गंगा महाआरती हुदै

डेक्स

डेक्स

सिधनिया घाटमा आज तेस्रो संस्करण गंगा महाआरती हुदै
ADVERTISEMENT

नेपालगन्ज १ कार्तिक । बाँकेको राप्ती नदी सिधनियाघाटमा आज तेस्रो संस्करण गंगा महाआरती हुदैछ । बाँके डुडुवा गाउँपालिका वार्ड नं.–४ राप्ती नदीस्थित श्री अष्टोत्तरशतम् शिवलिंङ्ग विश्वम्भरनाथ महादेव (१०८ शिवलिङ्ग विश्वम्भर महादेव) मन्दिरमा गंगा महाआरती हुन लागेको हो । 

धार्मिक पर्यटन प्रवद्र्धन, राप्ती नदी क्षेत्र तथा मन्दिरको प्रचारप्रसार र जिल्लाका विभिन्न स्थानबाट आउने धार्मिक पर्यटकलाई स्वागत गर्न नियमित रुपमा महाआरती गर्दै आएको मन्दिरका पुजारी आचार्य रामप्रताप मिश्र शास्त्री महाराजजीले बताउनुभयो । स्थानीय तथा सामाजिक अगुवाहरुको पहलमा गत भदौ ३ गते श्रावण शुक्ल पुर्णिमाको दिनदेखि शुरु भएको महाआरती नियमित रुपमा गरिएको छ । 

महाआरतीलाई प्रत्येक महिनाको पुर्णिमाका दिन नियमित रुपमा गरिदै आइएको छ । आज असोज शरद पुर्णिमाका आज साँझ साढे पाँच बजे महाआरती गर्न लागिएको महाआरती समितिका सुर्यलाल यादवले बताउनुभयो । नेपालगन्ज बाँके गाउँस्थित जानकी निरौला (माता जी)को विशेष सहकार्यमा महाआरती हुन लागेको छ । 

राप्ती नदी एउटा पर्यटकीय क्षेत्रको रुपमा रहेको छ । नदीमा प्रत्येक वर्ष कार्तिक पुर्णमासी र चैतराम नवमीमा स्नान मेला, साउन महिनामा बोलबम कवारिया, दशैमा दुर्गा मुर्तिको प्रतिमा विसर्जन, शुभदिपावली पर्वको अवसरमा महादिपोत्सव, माघे संक्रान्तिमा स्नान, फागुनमा शिवरात्री पर्वमा विशेष पूजापाठ तथा स्नान, समय समयमा सत्यनारायण कथा वाचन, मुण्डन संस्कार, पितृ विसर्जन र शव दहलगायतका कार्यक्रमहरु हुने गरेको छ । 

आज हुन लागेको महाआरतीमा सहभागिताका लागि सबैलाई आवहान गरिएको छ । 

ताजा

सबै

फूल बेचेरै तिहार खर्चको जोहो

नेपालगन्ज, २२ कात्तिकः बाँकेको नेपालगञ्जमा व्यावसायिक फूलखेती गरेर युवाहरुले तिहार …

बाल संरक्षण सूचना व्यवस्थापन तथा केस रिपोर्टिङ प्रणाली बारे क्षमता अभिवृद्धि

बर्दिया । बाँके युनेस्को क्लब, राधाकृष्ण थारू जनसेवा केन्द्र तथा प्लान इन्टरनेशनल नेपाल…

बर्दियाका सात पालिकाका ३६ शिक्षक क्षमता अभिबृद्धि तालिम

बर्दिया, १९ कार्तिब । आधारभूत तथा माध्यमिक तहमा अध्यापनरत शिक्षकहरूको शिक्षण क्षमता अभ…

विद्यालयको शिक्षण सिकाइलाई प्रविधीसंग जोडिदै

ठाकुरबाबा, बर्दिया । विद्यालयको शिक्षण सिकाइ प्रक्रियालाई प्रविधिमैत्री, अन्तरक्रियात्मक …

लोकप्रिय

सबै

विद्यालयको शिक्षण सिकाइलाई प्रविधीसंग जोडिदै

ठाकुरबाबा, बर्दिया । विद्यालयको शिक्षण सिकाइ प्रक्रियालाई प्रविधिमैत्री, अन्तरक्रियात्मक …

नेतृत्व विकास, अभियान तथा पैरवीसम्बन्धी दुईदिने तालिम

गुलरिया, बर्दिया। बालबालिका, किशोरकिशोरी तथा युवाहरूको नेतृत्व क्षमता, आत्मविश्वास, …

बर्दियाका सात पालिकाका ३६ शिक्षक क्षमता अभिबृद्धि तालिम

बर्दिया, १९ कार्तिब । आधारभूत तथा माध्यमिक तहमा अध्यापनरत शिक्षकहरूको शिक्षण क्षमता अभ…

बाल संरक्षण सूचना व्यवस्थापन तथा केस रिपोर्टिङ प्रणाली बारे क्षमता अभिवृद्धि

बर्दिया । बाँके युनेस्को क्लब, राधाकृष्ण थारू जनसेवा केन्द्र तथा प्लान इन्टरनेशनल नेपाल…

यो पनि

फूल बेचेरै तिहार खर्चको जोहो

फूल बेचेरै तिहार खर्चको जोहो

नेपालगन्ज, २२ कात्तिकः बाँकेको नेपालगञ्जमा व्यावसायिक फूलखेती गरेर युवाहरुले तिहार …

बाल संरक्षण सूचना व्यवस्थापन तथा केस रिपोर्टिङ प्रणाली बारे क्षमता अभिवृद्धि

बाल संरक्षण सूचना व्यवस्थापन तथा केस रिपोर्टिङ प्रणाली बारे क्षमता अभिवृद्धि

बर्दिया । बाँके युनेस्को क्लब, राधाकृष्ण थारू जनसेवा केन्द्र तथा प्लान इन्टरनेशनल नेपाल…

मतदाता नामावली अद्यावधिकः तीन हजार ५० को नाम हट्यो

मतदाता नामावली अद्यावधिकः तीन हजार ५० को नाम हट्यो

बाँके, १७ कात्तिकः मतदाता नामावली अद्यावधिक गर्दा कूल तीन हजार पचास मतदाताको नाम म…

बाल विवाह मुक्त समुदाय निर्माणका लागि हातेमालो

बाल विवाह मुक्त समुदाय निर्माणका लागि हातेमालो

बर्दिया १७ कार्तिक । सुरक्षित भविष्य परियोजना अन्तर्गत बालविवाह तथा हानिकारक परम्परागत…