Pairabi logo

कात्तिक १४, २०८३, शुक्रबार                    

समयमै अस्पताल नपुग्दा ज्यान गुमाउँदै सर्पदंशका बिरामी

डेक्स

डेक्स

समयमै अस्पताल नपुग्दा ज्यान गुमाउँदै सर्पदंशका बिरामी
ADVERTISEMENT

बाँके, ८ असोजः उपचारका लागि समयमै अस्पताल नआउँदा सर्पदंशका बिरामीको अकालमै मृत्यु हुने गरेको छ ।

नेपालगञ्जस्थित भेरी अस्पतालमा यस वर्ष समयमै उपचार नपाएका सर्पदंशका १६ बिरामीको मृत्यु भएको छ । यस वर्ष वैशाखदेखि हालसम्म अस्पताल आउँदाआउँदै र उपचारकै क्रममा सर्पदंशका १६ बिरामीको ज्यान गएको अस्पतालका एनेस्थेसियोलोजिष्ट डा पारस पाण्डेले बताउनुभयो ।

समयमै सर्पले टोकेको थाहा नपाउँदा अस्पताल ल्याउन ढिलाइ भएका कारण उपचार नपाउँदा उनीहरूको मृत्यु भएको डा पाण्डेको भनाइ छ । पश्चिम नेपालका विभिन्न जिल्लाबाट प्रेषण भएका बिरामीको उपचार गर्दै आएको भेरी अस्पतालले यस वर्ष विषालु सर्पले टोकेका १२० जनाभन्दा बढी बिरामीको उपचार गरेको छ ।

यस वर्ष वैशाखदेखि हालसम्म विषालु सर्पले टोकेका विभिन्न जिल्लाबाट आएका १२० जनाभन्दा बढी बिरामीको भेरी अस्पतालमा उपचार भएको अस्पतालका एनेस्थेसियोलोजिष्ट डा पाण्डेले जानकारी दिनुभयो । सर्पदंशको उपचार हुने नेपालगञ्जस्थित भेरी अस्पतालमा सर्पले टोकेका बिरामीको चाप पछिल्लो समय बढेको छ । कहिलेकाहीँ सर्पदंशका बिरामीले नै अस्पतालको आकस्मिक कक्ष र आइसियु वार्ड भरिने गरेको भेरी अस्पतालका सूचना अधिकारी डा सङ्केतकुमार रिसालले बताउनुभयो ।

उहाँका अनुसार भेरी अस्पतालमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लास्थित अस्पतालबाट सर्पदंशका बिरामी प्रेषण भएर आउने गरेका छन् । सर्पदंशका बिरामीलाई समयमै अस्पताल ल्याउन सके बिरामीको ज्यान जोगाउन सकिने भएकाले झारफुक तथा गाउँभरको परम्परागत उपचार विधिमा नलाग्न उहाँको आग्रह छ ।  

सूचना अधिकारी डा रिसालका अनुसार सर्पले टोकेमा गाउँघरमा झारफुकको भरपर्दा यसले झनै जोखिम बढाउने गरेको छ । यस्ता परम्परागत विधिमा भरपर्दा ज्यानै जोखिममा परेपछि अन्तिममा अस्पतालमा ल्याउँदा ज्यान जोगाउन निकै मिहिनेत गर्नुपर्ने उहाँको भनाइ छ । भेरी अस्पतालले तराईमा पाइने कोब्रा, करेतजस्ता विषालु सर्पले टोकेका बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार गर्ने गरेको छ ।

 भाइपर प्रजातिका सर्पले टोकेर आउने बिरामीमा रगत पातलो हुने, रगत बग्ने, कलेजो र मिर्गौलामा असर पार्दा डाइलासिस गरी रगत चढाएर उपचार गर्ने गरेको डा रिसालले बताउनुभयो ।  

ताजा

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

अवधी समुदायका महिलाले करवा चौथ पर्ब मनाउदै

बाँके, १२ कार्तिक :आज कार्तिक कृष्ण चतुर्थी पश्चिम तराईका जिल्लामा अवधी समुदायका महिल…

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँके, ११ कात्तिकः सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालि…

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

बाँके ११ कात्तिकः मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका कि…

लोकप्रिय

सबै

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँकेमा पान खेतीको सम्भावना पहिल्याउँदै बस्नेत

नेपालगञ्ज १० कात्तिक : कोहलपुर नगरपालिका११ निवासी कीट संरक्षण अभियन्ता अध्यक्ष पुरमल …

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

यो पनि

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

बैतडीमा भूकम्प

बैतडीमा भूकम्प

बैतडी, ८ कार्तिक : बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भू…

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…