Pairabi logo

कात्तिक १७, २०८३, सोमबार                    

१११औँ बीपी जन्मजयन्तीः बाँकेमा बिचार गोष्ठी र माल्यार्पण

डेक्स

डेक्स

१११औँ बीपी जन्मजयन्तीः बाँकेमा बिचार गोष्ठी र माल्यार्पण
ADVERTISEMENT

नेपालगन्ज २४ भदौ । नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १११औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपाली कांग्रेस बाँकेले पनि पार्टीका संस्थापक नेता, पूर्व पार्टी सभापति कोइरालाको जन्मजयन्तीका अवसरमा आज नेपालगञ्जमा विचार गोष्ठी र माल्यार्पण कार्यक्रम गरेको छ ।

विहान बीपी चोकमा वीपीको शालिकमा माल्यार्पण र दिउँसो पार्टी कार्यालयमा बीपीको समाजबाद र आजको सन्दर्भु विषयक विचार गोष्ठी गरिएको हो । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको १९७१ भदौ २४ गते जन्म भएको थियो ।

नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलको सभापतित्वमा माल्पार्पण कार्यक्रम सम्पन्न भएको थियो । उपसभापति गोपाल प्रसाद अधिकारीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा सभापति गौडेलले बीपीको शालिकमा माल्यार्पण गरेका थिए । त्यसक्रममा बोल्दै उनले बीपीको आदर्श नेपाली राजनीतिका लागि पाठशाला भएको बताउनुभयो ।  बीपी विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको चर्चा गर्दै उनले बीपीको आदर्श कांग्रेसको गहना भएको बताउनुभयो । 

पार्टी कार्यालयमा आयोजित विचार गोष्ठीमा बोल्दै प्रमुख अतिथि कांग्रेस केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले करीब ५० बर्ष अगाडि बीपीले अपनाएको मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक भएको बताउनुभयो। उहाँले बीपीको समाजवादको समयसापेक्ष प्रयोग र ब्याख्या हुनुपर्नेमा जोड दिनुभयो । उनको नीति र आदर्श अहिले पनि उत्तिकै ब्यबहारिक रहेको बाल्मिकीको भनाई छ ।

कार्यक्रममा कांग्रेस लुम्बिनी प्रदेश सदस्य कृष्ण कुमारी सोपकोटा ९चौधरी०, महासमिति सदस्य एवम् महिला संघ केन्द्रीय सदस्य भारती जोशी, महासमिति सदस्य देव बहादुर खत्री, पार्टीका राजनीतिक सल्लाहकार हुर्मत न्यौपाने, क्षेत्रीय सभापतिहरु पोषण केसी, रमेश गुप्ता र नकी खाँ, महाधिवेशन प्रतिनिधि भानुभक्त भट्टराई, प्रदेशसभा १ ९क० का सभापति अम्मर बहादुर बुढाथोकी, कोहलपुर नगर सभापति विरेन्द्र कुमार शाह, बैजनाथ सभापति देव बहादुर केसी, नेपालगञ्ज ११ का वडा सभापति ऋचा द्विेदी, राप्तीसोनारी ५ का वडा सभापति बालकृष्ण थारु र नेपाल प्रजातन्त्र सेनानी संघ बाँकेका अध्यक्ष रामेश्वर कँडेलले बीपीबारे चर्चा गर्नुभयो । 

जिल्ला उपसभापति अधिकारीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन सहसचिव रेनु सिंह ठाकुरले गर्नुभएको थियो। गोष्ठीमा जिल्ला उपसभापति कृष्ण कार्की, कोषाध्यक्ष यज्ञ बहादुर बस्नेत, सहसचिव विनोद कुमार थारु, प्रबक्ता डिल्ली गिरी लगायत नेता कार्यकर्ताहरुको उपस्थिति थियो ।  

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँके, ११ कात्तिकः सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालि…

यो पनि

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचविखन गर्न आग्रह

मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचविखन गर्न आग्रह

बाँके, १३ कात्तिकः नेपालगञ्ज आसपासका बजारमा रहेका मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बे…