Pairabi logo

कात्तिक ०१, २०८३, शनिबार                    

१११औँ बीपी जन्मजयन्तीः बाँकेमा बिचार गोष्ठी र माल्यार्पण

डेक्स

डेक्स

१११औँ बीपी जन्मजयन्तीः बाँकेमा बिचार गोष्ठी र माल्यार्पण
ADVERTISEMENT

नेपालगन्ज २४ भदौ । नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १११औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपाली कांग्रेस बाँकेले पनि पार्टीका संस्थापक नेता, पूर्व पार्टी सभापति कोइरालाको जन्मजयन्तीका अवसरमा आज नेपालगञ्जमा विचार गोष्ठी र माल्यार्पण कार्यक्रम गरेको छ ।

विहान बीपी चोकमा वीपीको शालिकमा माल्यार्पण र दिउँसो पार्टी कार्यालयमा बीपीको समाजबाद र आजको सन्दर्भु विषयक विचार गोष्ठी गरिएको हो । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको १९७१ भदौ २४ गते जन्म भएको थियो ।

नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलको सभापतित्वमा माल्पार्पण कार्यक्रम सम्पन्न भएको थियो । उपसभापति गोपाल प्रसाद अधिकारीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा सभापति गौडेलले बीपीको शालिकमा माल्यार्पण गरेका थिए । त्यसक्रममा बोल्दै उनले बीपीको आदर्श नेपाली राजनीतिका लागि पाठशाला भएको बताउनुभयो ।  बीपी विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको चर्चा गर्दै उनले बीपीको आदर्श कांग्रेसको गहना भएको बताउनुभयो । 

पार्टी कार्यालयमा आयोजित विचार गोष्ठीमा बोल्दै प्रमुख अतिथि कांग्रेस केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले करीब ५० बर्ष अगाडि बीपीले अपनाएको मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक भएको बताउनुभयो। उहाँले बीपीको समाजवादको समयसापेक्ष प्रयोग र ब्याख्या हुनुपर्नेमा जोड दिनुभयो । उनको नीति र आदर्श अहिले पनि उत्तिकै ब्यबहारिक रहेको बाल्मिकीको भनाई छ ।

कार्यक्रममा कांग्रेस लुम्बिनी प्रदेश सदस्य कृष्ण कुमारी सोपकोटा ९चौधरी०, महासमिति सदस्य एवम् महिला संघ केन्द्रीय सदस्य भारती जोशी, महासमिति सदस्य देव बहादुर खत्री, पार्टीका राजनीतिक सल्लाहकार हुर्मत न्यौपाने, क्षेत्रीय सभापतिहरु पोषण केसी, रमेश गुप्ता र नकी खाँ, महाधिवेशन प्रतिनिधि भानुभक्त भट्टराई, प्रदेशसभा १ ९क० का सभापति अम्मर बहादुर बुढाथोकी, कोहलपुर नगर सभापति विरेन्द्र कुमार शाह, बैजनाथ सभापति देव बहादुर केसी, नेपालगञ्ज ११ का वडा सभापति ऋचा द्विेदी, राप्तीसोनारी ५ का वडा सभापति बालकृष्ण थारु र नेपाल प्रजातन्त्र सेनानी संघ बाँकेका अध्यक्ष रामेश्वर कँडेलले बीपीबारे चर्चा गर्नुभयो । 

जिल्ला उपसभापति अधिकारीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन सहसचिव रेनु सिंह ठाकुरले गर्नुभएको थियो। गोष्ठीमा जिल्ला उपसभापति कृष्ण कार्की, कोषाध्यक्ष यज्ञ बहादुर बस्नेत, सहसचिव विनोद कुमार थारु, प्रबक्ता डिल्ली गिरी लगायत नेता कार्यकर्ताहरुको उपस्थिति थियो ।  

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

यो पनि

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…