Pairabi logo

माघ १८, २०८२, शनिबार                    

बाढीले विद्युत् सेवा अवरुद्ध

डेक्स

डेक्स

बाढीले विद्युत् सेवा अवरुद्ध
ADVERTISEMENT

नेपालगन्ज, ३१ असार । राप्ती नदी तथा अन्य खोलामा आएको बाढीले विद्युत्का पोल र तार ढालेपछि बाँकेको राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका दर्जन गाउँमा विद्युत् सेवा अवरुद्ध भएको छ । मर्मतसम्भारपछि केही गाउँमा विद्युत् सेवा नियमित भए पनि धेरै ठाउँमा सेवा नियमित हुन नसकेको जानकारी प्राप्त भएको छ । पानी घटेपछि मर्मतको काम सुरु गरिएकाले खोकरी, बक्सहवा, बसेरी र दुबेरी गाउँको विद्युत् सेवा नियमित भएको नेपाल कुसुम ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडले जनाएको छ । 

विद्युत् सहकारी संस्था लिमिटेडका अध्यक्ष देवबहादुर केसीले अझै पनि मर्मतको काम बाँकी रहेकाले सुनखरे र चुनाहा गाउँको विद्युत् सेवा नियमित हुन नसकेको बताउनुभयो । 

नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बाढी र वर्षाले पोल तथा तारमा क्षति भएपछि धेरै ठाउँमा विद्युत् सेवा अवरुद्ध भएको बताउनुभयो । उहाँले मर्मतसम्भारका लागि पटक पटक सम्बन्धित कार्यालयलाई आग्रह गरेपछि मर्मत कार्य सुरु गरिए पनि अझै धेरै ठाउँमा विद्युत् अनियमित नै रहेको बताउनुभयो । 

राप्तीसोनारी र नरैनापुरका विभिन्न स्थानमा पनि पोल र तारमा क्षति पु(याएपछि सो क्षेत्रका दर्जनभन्दा बढी गाउँको विद्युत् सेवा अवरुद्ध भएको थियो । राप्तीसोनारी–१ का स्थानीय बासिन्दा कृष्ण चौधरीले विद्युत् नहुँदा सो क्षेत्रको जनजीवन प्रभावित भएको बताउनुभयो । 

सो सहकारी संस्थाले राप्ती नदी पार गरेर सौरी–भम्का, बैरिया–अमुवा, बाँसखोली–भवानियापुर, बाघखोर–सुनखरे, चप्परगौडी–चुनाहा र लौकी–खोकरी गरी विभिन्न छ स्थानबाट विद्युत् सेवा विस्तार गरेको छ । उक्त समस्याको दीर्घकालीन समाधान गरिदिन स्थानीय बासिन्दाले सङ्घीय, प्रदेश र स्थानीय सरकार तथा जनप्रतिनिधिसँग माग गर्दै आएका छन् । 

ताजा

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

लोकप्रिय

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …