Pairabi logo

असोज ०६, २०८३, मंगलबार                    

नेपालगन्जको बजेट रु. १अर्ब ५० करोड बढी

डेक्स

डेक्स

नेपालगन्जको बजेट रु. १अर्ब ५० करोड बढी
ADVERTISEMENT


नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१र८२ का लागि १ अर्ब ५० करोड बढीको अनुमानित बजेट सार्वजनिक गरेको छ । आजदेखि सुरु भएको नेपालगञ्ज उपमहानगरपालिका नगर सभाको १५औं अधिवेशनमा सभाका उपाध्यक्ष एवम् नगर उपप्रमुख कमरुद्दिन राईले १ अर्ब ५० करोड ३८ लाख ८६ हजार बराबरको आयव्यय विवरण सार्वजनिक गरेका हुन् । यो चालू आर्थिक वर्ष भन्दा करीब ३५ करोड कम हो ।

आगामी आर्थिक वर्षमा २३ वटै वडाहरुका लागि २० करोड रुपैयाँ विनियोजन गरिएको छ । प्रस्तावित  बजेटमा आम्दानीतर्फ सशर्त अनुदान ९संघ० तर्फ ६१ करोड २४ लाख ७७ हजार रुपैयाँ, समपूरक अनुदान ९संघ० १ करोड, विशेष अनुदान ९संघ० १ करोड ५० लाख, सशर्त अनुदान ९प्रदेश० २ करोड ४ लाख, समपूरक अनुदान ९प्रदेश० १ करोड ४० लाख, वित्तीय समानिकरण ९संघ० २७ करोड ९५ लाख, वित्तीय समानिकरण ९प्रदेश० २ करोड ५ लाख तथा आन्तरिक आयतर्फ २० करोड ११ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य छ ।

नगर प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा सुरु भएको अधिवेशनमा आगामी आर्थिक वर्ष २०८१र८२ को बजेट र नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो । नगर प्रमुख विष्टले ुसमृद्ध सहर, नगरवासीको रहरु भन्ने नाराका साथ नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

नीति तथा कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकालाई स्वास्थ्य प्रवर्द्धनात्मक सहरको रुपमा रुपान्तरण गर्दै लैजाने, घरघरमा दक्ष जनशक्ति खटाई निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचारको व्यवस्थापन गर्ने, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स सेवा, निःशुल्क मोतिविन्दुको अपरेसन कार्यक्रमको निरन्तरता, अपांगता भएकाहरुको स्वास्थ्य बीमा, विद्यालयहरुमा सूचना प्रविधिमैत्री शिक्षण सिकाई क्रियाकलाप सञ्चालनमा प्रोत्साहन गर्ने, स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक कार्यान्वयन गर्न आवश्यक व्यवस्था मिलाउने, विद्यालयहरुको विपद व्यवस्थापन सम्बन्धमा आवश्यक कार्यक्रम तयार गरी कार्यान्वयन गर्ने, विद्यालयका पूर्वाधार अपांगमैत्री, लैंगिकमत्री वातावरण निर्माणमा जोड दिने कार्यक्रम समेटिएको छ ।

यस्तै एक कृषि सहकारी, एक कृषि उपज उत्पादन कार्यक्रम संचालन गर्ने, ुहामी फर्काउँछौं हाम्रो सहकारीको विश्वासु भन्ने आह्वानका साथ सहकारीप्रति गुमेको विश्वास फर्काउने सहकारीलाई जिम्मेवार बनाउने, उद्यमशिलता प्रवर्द्धन गर्न महिला उद्यमी सहजीकरण केन्द्र र नमुना बस्ती विकास कार्यक्रमको निरन्तरता, जेष्ठ नागरिकको सम्मानका लागि आमाबुवा चौतारी कार्यक्रमको निरन्तरता, बालविवाह न्यूनीकरणका लागि बालिका शिक्षा तथा मुद्दती खाता योजना, वडा नम्बर २० मा जलन उपचार केन्द्र निर्माणका लागि आवश्यक पहल गर्ने, पर्यटन प्रवर्द्धनका लागि भिजिट वेष्टर्न नेपाल २०८१ कार्यक्रम संचालन, नगरभित्रका विभिन्न धार्मिक स्थलहरुको संरक्षण, कृषि कार्यमा कृषि मेशिनरी, औजार उपकरण तथा नवीनतम प्रविधिको प्रयोगमार्फत बाली उत्पादन लागत न्यूनीकरण गरी कृषक आम्दानीमा वृद्धि गर्दै लैजाने, प्रांगारिक खेतीका क्षेत्रहरु विस्तार गर्ने, छाडा पशु व्यवस्थापनका लागि छिमेकी पालिकाहरुसंग समन्वय, सहकार्य  गर्दै कान्जीहाउसको स्तरोन्नति गर्ने, पशुको नश्ल सुधारको लागि गाईभैंसीमा निःशुल्क कृत्रिम गर्भाधान कार्यक्रम संचालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

सार्वजनिक, सरकारी र गुठी जग्गाको खोज, पहिचान र संरक्षण गर्ने, नेपालगञ्ज उपमहानगरपालिकालाई प्रविधिमैत्री बनाउने, फोहोरमैला र स्वास्थ्यजन्य फोहोर व्यवस्थापन प्रभावकारीरुपमा व्यवस्थापन गर्ने, नगरमा डुबान न्यूनीकरण गर्न नाला सरसफाईलाई निरन्तरता दिने, उद्यमशिलता र स्वरोजगारका अवसरहरु सिर्जना गरी स्थानीय आर्थिक विकासलाई बढवा गर्ने, नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक समन्वय गर्ने, अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न रिंगरोडको विकाससंगै सामूहिक बस्ती विकासका लागि पहल गर्ने, नगरभित्र व्यवस्थित पार्किङका लागि आवश्यक पहल गर्ने, ुमेयरसंग रोजगारदाताु कार्यक्रम सञ्चालन गरी बेरोजगार नागरिकलाई कार्यस्थलमा आधारित तालिम संचालन गरी रोजगारीका लागि पदस्थापन गर्ने, रोजगार मेला सञ्चालन गर्ने, वैदेशिक रोजगारबाट फर्केकालाई उद्यमशिलतामा प्रोत्साहन गर्ने नीति नेपालगञ्ज उपमहानगरपालिकाले लिएको छ ।

सभाका सचिव एवम् प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर खड्काले स्वागत मन्तव्य व्यक्त गरेको सभामा प्रवक्ता एवम् वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजाल, वडा नम्बर २१ का अध्यक्ष राजकुमार साहु, वडा नम्बर १८ का अध्यक्ष अध्यक्ष दीपक कुमार बर्मा, वडा नम्बर ४ का अध्यक्ष गोपाल पुन, वडा नम्बर २० का अध्यक्ष कौशल कुमार धोबी, वडा नम्बर ५ का अध्यक्ष सराफत अलि शेष र वडा नम्बर २ का मनोज कुमार श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

ताजा

सबै

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्ज, ६ असोजः नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी…

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

नेपालगन्ज, ६ असोज । नेपालीको महान चाड दसैँ नजिकिँदै जाँदा नेपालगञ्जका मूर्तिकारलाई…

विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी

नेपालगन्ज, असोज ५ । नेपाल पत्रकार महासंघ बाँके शाखाले जिल्ला हुलाक कार्यालय बाँकेमा…

बाढी पूर्वानुमानमा आधारित पूर्वकार्य कार्यक्रम बारे अभिमुखीकरण

नेपालगंज ५ असोज, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा बाढी पूर्वानुम…

लोकप्रिय

सबै

साहसी र कर्मशील अधिकृत लक्ष्मीकान्त मिश्राको बढैयाताल गाउँपालिकामा सरुवा

​बाँके २ असोज । बाँके नरैनापुर गाउँपालिकामा एक दशकभन्दा बढी समय निष्ठापूर्वक सेवा …

विद्यालय व्यवस्थापन समिति तथा सरोकारवालासँग छलफल

बर्दिया, असोज २ । सुरक्षित भविष्य परियोजना अन्तर्गत बर्दियाको बढैयाताल गाउँपालिका र ग…

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौँ, ४ असोजः प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्ष…

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

यो पनि

विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी

विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी

नेपालगन्ज, असोज ५ । नेपाल पत्रकार महासंघ बाँके शाखाले जिल्ला हुलाक कार्यालय बाँकेमा…

बाढी पूर्वानुमानमा आधारित पूर्वकार्य कार्यक्रम बारे अभिमुखीकरण

बाढी पूर्वानुमानमा आधारित पूर्वकार्य कार्यक्रम बारे अभिमुखीकरण

नेपालगंज ५ असोज, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा बाढी पूर्वानुम…

लागुपदार्थ सहित दम्पती पक्राउ

लागुपदार्थ सहित दम्पती पक्राउ

बाँके, ५ असोज :नेपालगञ्जबाट प्रहरीले १०७ ग्रामबढी खैरो हेरोइनसहित एक दम्पतीलाई पक्रा…

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

नेपालगन्ज, ५ असोजः नेपालगञ्जमा बादरको आक्रमणमा परी ४० जना घाइते भएका छन् । बाँदरलाई…