Pairabi logo

कात्तिक १५, २०८३, शनिबार                    

रातीको समयमा भन्सार कार्यालय अगाडिको ब्यारियल हटाउन माग

सम्वाददाता

सम्वाददाता

रातीको समयमा भन्सार कार्यालय अगाडिको ब्यारियल हटाउन माग
ADVERTISEMENT

नेपालगन्ज, जेठ ३१ गते । नेपालगन्ज भन्सार कार्यालय अगाडिको ब्यारियल राति १० बजेपछि बन्द गरिंदा जमुनाह नाका वरिपरि र पिप्रहवा लगायतका क्षेत्रमा बसोबास गर्ने नोपलीलाई रातिको समय आवागमन गर्न सास्ती खेप्नु परेको छ । 

नेपाल–भारत नाका राति १० बजे बन्द हुने भए पनि भारतबाट आउने नेपालीलाई भारतीय सुरक्षा निकाय एसएसबीले राति १२ बजेसम्म अवस्था हेरेर छोड्ने गरेकाले भन्सार अगाडिको ब्यारियल १० बजेपछि नै बन्द हुँदा नागरिकलाई नेपालगन्ज आउन समस्या हुँदै आएको छ । 

जमुनाह नाका नजिकका नेपाली बिरामी परेपछि उनीहरुलाई नेपालगन्ज अस्पताल लैजान समेत समस्या हुनेगरेको स्थानीयले जनाएका छन् । सर्वसाधारणको सोही समस्यालाई ध्यानमा राख्दै नेपालगन्ज भन्सार कार्यालय अगाडिको ‘ब्यारियल’ रातिको समय खुल्ला राखेर स्थानीय नागरिकले भोग्दै आएको सास्ती हटाउन नेकपा ९एमाले० बाँकेका उपसचिव किशोर थापाले बाँकेका प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउनुभयो । 

एमाले बाँकेका उपसचिव थापाले बुधबार प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई भेटेर जमुनाह नाकाको ब्यारियल रातिको समयमा बन्द हुने भएकाले त्यसको करिब एक किलोमिटर वर भन्सारले ब्यारियल लगाएर आवात–जावत रोक्नु कुनै प्रकारले जायज नभएको बताउनुभयो । 

नेपाल–भारत अन्तर्राष्ट्रिय सिमामा राति १० बजे बन्द हुँदै आएको छ । बिहान ६ बजे खुल्ने गरेको छ । नेपालतर्फ सिमानाका जमुनाहसहित एक किलोमिटर वर रहेको भन्सार समेत बन्द हुन्छ । त्यसरी बन्द हुँदा भन्सार र जमुनाहसम्म बसोबास गर्ने सर्बसाधारणलाई मर्का परेको छ । 

ब्यारियल बन्द रहेकै कारण सो ब्यारियलमा ठोक्किएर दुई मोटरसाइकल यात्रुको निधन भइसकेको छ । औचित्य नभएकाले ब्यारियल रातिमा बन्द नगर्न माग गर्दै उपसचिव थापाले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउनु भयो । 

प्रमुख जिल्ला अधिकारी रिजालले यो बिषयमा आफुले सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरी नेपाली नागरिकलाई सहज हुनेगरी खुलाउन पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।  

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

यो पनि

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचविखन गर्न आग्रह

मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचविखन गर्न आग्रह

बाँके, १३ कात्तिकः नेपालगञ्ज आसपासका बजारमा रहेका मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बे…