Pairabi logo

कात्तिक ०१, २०८३, शनिबार                    

रातीको समयमा भन्सार कार्यालय अगाडिको ब्यारियल हटाउन माग

सम्वाददाता

सम्वाददाता

रातीको समयमा भन्सार कार्यालय अगाडिको ब्यारियल हटाउन माग
ADVERTISEMENT

नेपालगन्ज, जेठ ३१ गते । नेपालगन्ज भन्सार कार्यालय अगाडिको ब्यारियल राति १० बजेपछि बन्द गरिंदा जमुनाह नाका वरिपरि र पिप्रहवा लगायतका क्षेत्रमा बसोबास गर्ने नोपलीलाई रातिको समय आवागमन गर्न सास्ती खेप्नु परेको छ । 

नेपाल–भारत नाका राति १० बजे बन्द हुने भए पनि भारतबाट आउने नेपालीलाई भारतीय सुरक्षा निकाय एसएसबीले राति १२ बजेसम्म अवस्था हेरेर छोड्ने गरेकाले भन्सार अगाडिको ब्यारियल १० बजेपछि नै बन्द हुँदा नागरिकलाई नेपालगन्ज आउन समस्या हुँदै आएको छ । 

जमुनाह नाका नजिकका नेपाली बिरामी परेपछि उनीहरुलाई नेपालगन्ज अस्पताल लैजान समेत समस्या हुनेगरेको स्थानीयले जनाएका छन् । सर्वसाधारणको सोही समस्यालाई ध्यानमा राख्दै नेपालगन्ज भन्सार कार्यालय अगाडिको ‘ब्यारियल’ रातिको समय खुल्ला राखेर स्थानीय नागरिकले भोग्दै आएको सास्ती हटाउन नेकपा ९एमाले० बाँकेका उपसचिव किशोर थापाले बाँकेका प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउनुभयो । 

एमाले बाँकेका उपसचिव थापाले बुधबार प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई भेटेर जमुनाह नाकाको ब्यारियल रातिको समयमा बन्द हुने भएकाले त्यसको करिब एक किलोमिटर वर भन्सारले ब्यारियल लगाएर आवात–जावत रोक्नु कुनै प्रकारले जायज नभएको बताउनुभयो । 

नेपाल–भारत अन्तर्राष्ट्रिय सिमामा राति १० बजे बन्द हुँदै आएको छ । बिहान ६ बजे खुल्ने गरेको छ । नेपालतर्फ सिमानाका जमुनाहसहित एक किलोमिटर वर रहेको भन्सार समेत बन्द हुन्छ । त्यसरी बन्द हुँदा भन्सार र जमुनाहसम्म बसोबास गर्ने सर्बसाधारणलाई मर्का परेको छ । 

ब्यारियल बन्द रहेकै कारण सो ब्यारियलमा ठोक्किएर दुई मोटरसाइकल यात्रुको निधन भइसकेको छ । औचित्य नभएकाले ब्यारियल रातिमा बन्द नगर्न माग गर्दै उपसचिव थापाले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउनु भयो । 

प्रमुख जिल्ला अधिकारी रिजालले यो बिषयमा आफुले सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरी नेपाली नागरिकलाई सहज हुनेगरी खुलाउन पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।  

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

यो पनि

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…