Pairabi logo

कात्तिक ०१, २०८३, शनिबार                    

धनगढीका गर्मी प्रभावित अति विपन्नलाई खाद्यान्न बितरण

सम्वाददाता

सम्वाददाता

धनगढीका गर्मी प्रभावित अति विपन्नलाई खाद्यान्न बितरण
ADVERTISEMENT

नेपालगन्ज, जेठ २७ । अत्यधिक गर्मीका कारण ज्याला मजदुरी गर्न नपाएर पिडित बनेका कैलालीको धनगढी उपमहानगरका ५५ अति विपन्न, गरिब र दलित मजदुर परिवारलाई राहातस्वरुप बाँके युनेस्को क्लबले खाद्य सामाग्री बितरण गरेको छ । 

स्टार्ट फण्ड युके एडको सहयोग र कतार च्यारिटि नेपालको साझेदारीमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको तातो हावा परियोजना अन्तर्गत धनगढीस्थित सिद्धनाथ र भवानी माविमा अध्ययनरत अति विपन्न, गरिब, दलित र पिछिडिएका बालबालिकाका ५५ परिवारलाई खाद्य सामाग्री बितरण गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो । 

उहाँले ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने अति विपन्न र गरिब र दलितहरुलाई चर्को गर्मीको बेला हुने स्वास्थ्य जोखिमबाट जोगाउन र केही दिन घरमै बस्न सहज होस भन्ने उदेश्यले खाद्यान्न बितरण गरिएको बताउनुभयो । 

बिद्यालयमा आयोजित कार्यक्रममा धनगढी उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खाती, वडाध्यक्ष शेरबहादुर महरा, सहरी सचिवालय प्रमुख कृपाराम उपाध्याय, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किसनदेव उपाध्याय, बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी लगायतले खाद्यान्न बितरण गर्नुभयो । 

सो अवसरमा बोल्दै धनगढी उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत खातीले अत्यधिक गर्मीले ज्याला मजदुरी गर्ने अति विपन्नहरु सर्वाधिक प्रभावित भएको बेला उनिहरुलाई खाद्यान्न बितरण गरेर अतिनै सराहनीय कार्य गरिएको बताउनुभयो । 
वडा अध्यक्ष महराले अत्यधिक गर्मीको बेला यस्ता कार्यक्रमहरु अतिनै आवश्यक र प्रभावकारी भएकोले दायरा बढाउनु पर्ने माग गर्नुभयो । 

सो अवसरमा धनगढी उपमहानगरपालिकाका कम्प्युटर अपरेटर नवीन ओली, बाँके युनेस्को क्लबका अध्यक्ष रविकुमार तुलाधर, प्रमुख संरक्षक परवेज अली सिद्दिकी, कार्यक्रम अधिकृत नदीम शाह, लोजिस्टिक अफिसर शंकरसिंह थारुलगायतको पनि उपस्थिति रहेको थियो ।

पश्चिम तराईका जिल्लाहरुमा यो वर्ष अत्यधिक गर्मी र तातो हावा लु चलेपछि स्टार्ट फण्ड युके एडको सहयोग र कतार च्यारिटि नेपालको साझेदारीमा बाँके युनेस्को क्लबले बाँके, बर्दियार कैलालीका पाँच वटा पालिकामा ४५ दिने तातो हावा परियोजना सञ्चालन गरेर बिभिन्न गतिविधि गरिरहेको क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।  

ताजा

सबै

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…