Pairabi logo

कात्तिक १६, २०८३, आइतबार                    

एमाले बाँकेको अध्यक्षमा  गुरुङ निर्वाचित

डेक्स

डेक्स

एमाले बाँकेको अध्यक्षमा  गुरुङ निर्वाचित
ADVERTISEMENT

नेपालगञ्ज । नेकपा एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ निर्वाचित भएका छन् । गुरुङले २९१ मत र विसीले १५४ मत प्राप्त गरेका छन्  । अध्यक्षका लागि निवर्तमान अध्यक्ष किष्मतकुमार कक्षपतिले पनि उम्मेदवारी दिएका थिए । तर, उनले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएर गुरुङलाई सघाउने घोषणा गरेका थिए । 

उपाध्यक्षमा रत्न खत्री निर्वाचित भएका छन् । लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री समेत रहेका खत्रीले रविन्द्र लम्साललाई पराजित गरेका हुन् । खत्रीले ३१३ मत पाउँदा लम्सालले १३२ मत मात्र पाए । यस्तै सचिवमा बलराम भट्टराई निर्वाचित भएका छन् । भट्टराई १४० मत पाएर निर्वाचित भए । उनले खिलप्रसाद भुषाल, दत्तप्रसाद आचार्य र भिम ओलीलाई पराजित गरेका हुन् । भुषालले ११७, ओलीले ९५ र आचार्यले ८८ मत ल्याए । यसैगरी उपसचिवमा किशोर थापा र निर्मला सुनार निर्वाचित भएका छन् ।

नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशनमा अन्तर्गत आइतबार बेलुका गराइएको निर्वाचनमा ४ सय ५८ मत खसेको थियो । कुल ४ सय ६६ मतदाता रहेकोमा ४ सय ५८ खसेको निर्वाचन अधिकृत भेषराज बस्नेतले जानकारी दिए । सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि मतदान गराइएको हो । अधिवेशनको एमाले महासचिव शंकर पोखरेलले उद्घाटन गरेका थिए । अधिवेशनले तीन बर्षीय कार्यकालका लागि १२० सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ ।

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँके, ११ कात्तिकः सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालि…

यो पनि

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचविखन गर्न आग्रह

मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचविखन गर्न आग्रह

बाँके, १३ कात्तिकः नेपालगञ्ज आसपासका बजारमा रहेका मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बे…