Pairabi logo

माघ १०, २०८२, शुक्रबार                    

जलवायु परिवर्तन र विपद जोखिम व्यवस्थापन तालिम

डेक्स

डेक्स

जलवायु परिवर्तन र विपद जोखिम व्यवस्थापन तालिम
ADVERTISEMENT

नेपालगन्ज, २६ बैशाख । बर्दियाको बढैयाताल गाउँपालिकामा जलवायु परिवर्तन, विपद जोखिम व्यवस्थापन तथा आधारभूत मानवीय मापदण्ड सहायता सम्बन्धि पाँच दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । 

बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियामा सञ्चालन गरिएको बालिका शसक्त परियोजना अन्तर्गत बढैयाताल गाउँपालिकाका युवाहरुलाई विपदको बेला मानवीय सहायतामा लाग्न सहज होस भनेर सो तालिम सञ्चालन गरिएको हो । 

बढैयाताल गाउँपालिकाको मैनापोखरमा सञ्चालन गरिएको सो तालिममा   किशोरी क्लबका प्रतिनिधि, युवा क्लबका प्रतिनिधि र परिवर्तनका संवाहकहरु गरेर २४ जना युवायुवतिको सहभागिता रहेको थियो । 

तालिमको समापन समारोहमा प्रशिक्षार्थिहरुलाई प्रमाणपत्र वितरण गर्दै बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले यो तालिम निकै महत्वपुर्ण र आवश्यक रहेको जनाउँदै यसबाट पालिका भित्र २४ जना उत्कृष्ट विपद बारे जानकारी लिडर उत्पादन भएको बताउनुभयो । 

उहाँले विपद र प्रकोपबाट सर्वसाधारण नागरिकलाई जोगाउन तालिम प्राप्तहरुले अहम भूमिका खेल्ने जनाउँदै त्यसका लागि पालिकाले हरेक प्रकारको सहयोग गर्नुका साथै आवश्यक विभिन्न ऐन कानुन पनि बनाउने प्रतिवद्धता जनाउनुभयो । 

गाउँपालिकाका विपद फोकल पर्सन रमेश पौडेलले पालिकाले विपदका सम्बन्धमा नितिगत र प्राविधिक व्यवस्थापन गर्ने जनाउँदै बाढी, वन्यजन्तुको आक्रमण, आगलागी, भुकम्प जस्ता विपदको जोखिम कम गर्न तालिममा सिकेको सिपलाई समुदायमा प्रयोग गर्न अनुरोध गर्नुभयो ।  

बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले विपदमा गरिने व्यवस्थापन बारे समुदायका युवामा जानकारी हुनु आवश्यक रहेकोले यो तालिम प्रदान गरिएको जनाउँदै विपद र प्रकोपका बारेमा जानकार र सचेत भइ विपदको बेला मनोसामाजिक प्राथमिक उपचारमा सबैभन्दा बढी ध्यान दिनुपर्ने बताउनुभयो । 

सो अवसरमा बोल्दै तालिमका प्रशिक्षार्थिहरु प्रतीक्षा न्यौपाने र बिशाल बिकले तालिमबाट प्रकोप र विपदका बारेमा अहिलेसम्म थाहा नपाएका धेरै जानकारी पाएको जनाउँदै सो बाट जोगिन गरिने पुर्व तयारी, सुरक्षित स्थानको खोजि, समुदायमा सचेतना फैलाउने र राहत तथा उद्दारका बारेमा पनि धेरै कुरा सिकेको बताउनुभयो । 

विपद र प्रकोपका सम्बन्धमा लौटन चौधरी र महेशचन्द्र गौतमले पाँच दिनसम्म प्रशिक्षार्थिहरुलाई प्रशिक्षण दिनु भएको थियो भने समापन कार्यक्रममा बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी, सल्लाहकार सिराज खान, कार्यकारी निर्देशक साजिद अलि सिद्दिकी, परियोजना संयोजक गोविन्द लामिछाने, कार्यक्रम अधिकृत ईश्वर बिक अधिकृत र फिल्ड सुपरभाइजर राम बहादुर थारुके पनि उपस्थिति रहेको थियो । पाँचदिन अघि सो तालिमको उदघाटन बढैयाताल गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीले गर्नु भएको थियो । 

ताजा

सबै

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

नेपालगन्ज ७ माघ । बाँकेमा हात्तीपाइले रोग पूर्ण रुपमा निवारण नभएपछि यो वर्ष बाँके ज…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

लोकप्रिय

सबै

स्थानीय तहले लैङ्गिक हिंसा न्युनीकरण गर्न कानून बनाउनुपर्नेमा जोड

नेपालगन्ज, ५ माघः महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकरणका लागि स्थानीय तहले …

बाँकेको खजुरा र जानकीमा महिला हिंसा न्युनीकरण गर्न नीति कार्यन्वयन

नेपालगन्ज ४ माघ । बाँकेको खजुरा र जानकी गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने…

बढैयाताल गाउँपालिकामा ‘पुर्नस्थापना तथा सेवा कोष ऐन’ सार्वजनिकीकरण

बर्दिया ६ माघ । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्रको…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …