Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

जलवायु परिवर्तन र विपद जोखिम व्यवस्थापन तालिम

डेक्स

डेक्स

जलवायु परिवर्तन र विपद जोखिम व्यवस्थापन तालिम
ADVERTISEMENT

नेपालगन्ज, २६ बैशाख । बर्दियाको बढैयाताल गाउँपालिकामा जलवायु परिवर्तन, विपद जोखिम व्यवस्थापन तथा आधारभूत मानवीय मापदण्ड सहायता सम्बन्धि पाँच दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । 

बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियामा सञ्चालन गरिएको बालिका शसक्त परियोजना अन्तर्गत बढैयाताल गाउँपालिकाका युवाहरुलाई विपदको बेला मानवीय सहायतामा लाग्न सहज होस भनेर सो तालिम सञ्चालन गरिएको हो । 

बढैयाताल गाउँपालिकाको मैनापोखरमा सञ्चालन गरिएको सो तालिममा   किशोरी क्लबका प्रतिनिधि, युवा क्लबका प्रतिनिधि र परिवर्तनका संवाहकहरु गरेर २४ जना युवायुवतिको सहभागिता रहेको थियो । 

तालिमको समापन समारोहमा प्रशिक्षार्थिहरुलाई प्रमाणपत्र वितरण गर्दै बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले यो तालिम निकै महत्वपुर्ण र आवश्यक रहेको जनाउँदै यसबाट पालिका भित्र २४ जना उत्कृष्ट विपद बारे जानकारी लिडर उत्पादन भएको बताउनुभयो । 

उहाँले विपद र प्रकोपबाट सर्वसाधारण नागरिकलाई जोगाउन तालिम प्राप्तहरुले अहम भूमिका खेल्ने जनाउँदै त्यसका लागि पालिकाले हरेक प्रकारको सहयोग गर्नुका साथै आवश्यक विभिन्न ऐन कानुन पनि बनाउने प्रतिवद्धता जनाउनुभयो । 

गाउँपालिकाका विपद फोकल पर्सन रमेश पौडेलले पालिकाले विपदका सम्बन्धमा नितिगत र प्राविधिक व्यवस्थापन गर्ने जनाउँदै बाढी, वन्यजन्तुको आक्रमण, आगलागी, भुकम्प जस्ता विपदको जोखिम कम गर्न तालिममा सिकेको सिपलाई समुदायमा प्रयोग गर्न अनुरोध गर्नुभयो ।  

बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले विपदमा गरिने व्यवस्थापन बारे समुदायका युवामा जानकारी हुनु आवश्यक रहेकोले यो तालिम प्रदान गरिएको जनाउँदै विपद र प्रकोपका बारेमा जानकार र सचेत भइ विपदको बेला मनोसामाजिक प्राथमिक उपचारमा सबैभन्दा बढी ध्यान दिनुपर्ने बताउनुभयो । 

सो अवसरमा बोल्दै तालिमका प्रशिक्षार्थिहरु प्रतीक्षा न्यौपाने र बिशाल बिकले तालिमबाट प्रकोप र विपदका बारेमा अहिलेसम्म थाहा नपाएका धेरै जानकारी पाएको जनाउँदै सो बाट जोगिन गरिने पुर्व तयारी, सुरक्षित स्थानको खोजि, समुदायमा सचेतना फैलाउने र राहत तथा उद्दारका बारेमा पनि धेरै कुरा सिकेको बताउनुभयो । 

विपद र प्रकोपका सम्बन्धमा लौटन चौधरी र महेशचन्द्र गौतमले पाँच दिनसम्म प्रशिक्षार्थिहरुलाई प्रशिक्षण दिनु भएको थियो भने समापन कार्यक्रममा बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी, सल्लाहकार सिराज खान, कार्यकारी निर्देशक साजिद अलि सिद्दिकी, परियोजना संयोजक गोविन्द लामिछाने, कार्यक्रम अधिकृत ईश्वर बिक अधिकृत र फिल्ड सुपरभाइजर राम बहादुर थारुके पनि उपस्थिति रहेको थियो । पाँचदिन अघि सो तालिमको उदघाटन बढैयाताल गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीले गर्नु भएको थियो । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…