Pairabi logo

कात्तिक १६, २०८३, आइतबार                    

डुडुवाद्धारा दोस्रो र तेस्रो त्रेमासिक सामाजिक सुरक्षा भत्ता विरतण सुरु

सम्वाददाता

सम्वाददाता

डुडुवाद्धारा दोस्रो र तेस्रो त्रेमासिक सामाजिक सुरक्षा भत्ता विरतण सुरु
ADVERTISEMENT

डुडुवा (बाँके) ४ बैशाख । बाँके डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । आर्थिक बर्ष २०८०/०८१ को दोस्रो र तेस्रो त्रेमासिक अन्र्तगत कार्तिकदेखि चैत) सम्मको भत्ता वितरण गर्न थालिएको हो । 

गाउँपालिकाको वार्ड नं. २ बेतहनीबाट आइतबारदेखि भत्ता वितरण शुरु गरिएको छ । वार्ड नं. २ का वडाध्यक्ष दुर्गाप्रसाद बर्माले जेष्ठ नागरिकलाई रकम हस्तान्तरण गर्दे शुभारम्भ गर्नुभयो । 

नागरिकलाई सहजताका लागि यस वर्ष बैंकका कर्मचारीहरु वडा वडामा पुगेर भत्ता वितरणको कार्य सुरु गरेको पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । अध्यक्ष चौधरीले भत्ता वितरण प्रक्रियामा बैंिकङलगायत प्राविधिक समस्याले स्थानीयको घर घरमै पुगेर वितरण गर्न नसक्नु दुखद कुरा भएको भन्दै त्यसको विकल्पमा बैंकलाई वडा (गाउँस्तर)मै बोलाएर वितरण गर्न लागेको बताउनुभयो । तर अझै पनि एउटा बैंकले वार्ड नं. ५ र ६ मा गएर रकम बाड्न नसक्ने बताएकाले समस्या भएको बताउनुहुन्छ । 

पालिकाको वार्ड नं. १ र २ का ज्येष्ठ नागरिकहरुको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, वार्ड नंं. ३ र ४ को कुमारी बैंक र वार्ड नं. ५ र ६ को ज्योति विकास बैंकमा खाता खोलिएको छ । दुई वटा बैंकले गाउँमै पुगेर सार्वजनिक स्थान तथा कार्यालयबाट भत्ता वितरण गरिरहेका छन भने एक वटा बैंकले कर्मचारीको अभाव भन्दै बैंकमै लिन आउन भनेको गाउँपालिकाका एमआइएस अपरेटर कौशलकुमार कैराँतीले बताउनुभयो । 

गाउँपालिकामा दोस्रो र तेस्रो त्रेमासिकका लागि चार हजार चार सय २३ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिने पालिकका वडा सचिव शिवकुमार मौर्यले बताउनुभयो । 

वडासचिव मौर्यका अनुसार ६८ वर्ष पुगेका जेष्ठ नागरिकलाई प्रति महिना रु चार हजार, ६० वर्ष पुगेका जेष्ठ नागरिक दलित, ६० वर्ष पुगेका जेष्ठ नागरिक एकल, विधुवा आर्थिक सहायतालाई प्रति महिना रु दुई हजार ६ सय ६०, पुर्ण अपागंता भएका व्यक्ति (क) वर्गलाई प्रतिमहिना रु तीन हजार नौ सय ९०, अपांगता भएका व्यक्ती (ख) वर्गलाई प्रतिमहिना रु दुई हजार एक सय २८ र जन्मेदेखि ५ वर्ष मुनिका दलित बालबालिकालाई प्रतिमहिना रु पाँच सय ३२का दरले रकम वितरण गरिनेछ । 

पालिकाको वडा नं. २ मा वितरणको कार्य सकिएको छ  भने अहिले वडा नं. १ होलियामा भत्ता विरतण भईरहेको छ । 


 

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

यो पनि

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

नेपालगन्ज २७ असोजः नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…