Pairabi logo

कात्तिक ०१, २०८३, शनिबार                    

डुडुवाद्धारा दोस्रो र तेस्रो त्रेमासिक सामाजिक सुरक्षा भत्ता विरतण सुरु

सम्वाददाता

सम्वाददाता

डुडुवाद्धारा दोस्रो र तेस्रो त्रेमासिक सामाजिक सुरक्षा भत्ता विरतण सुरु
ADVERTISEMENT

डुडुवा (बाँके) ४ बैशाख । बाँके डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । आर्थिक बर्ष २०८०/०८१ को दोस्रो र तेस्रो त्रेमासिक अन्र्तगत कार्तिकदेखि चैत) सम्मको भत्ता वितरण गर्न थालिएको हो । 

गाउँपालिकाको वार्ड नं. २ बेतहनीबाट आइतबारदेखि भत्ता वितरण शुरु गरिएको छ । वार्ड नं. २ का वडाध्यक्ष दुर्गाप्रसाद बर्माले जेष्ठ नागरिकलाई रकम हस्तान्तरण गर्दे शुभारम्भ गर्नुभयो । 

नागरिकलाई सहजताका लागि यस वर्ष बैंकका कर्मचारीहरु वडा वडामा पुगेर भत्ता वितरणको कार्य सुरु गरेको पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । अध्यक्ष चौधरीले भत्ता वितरण प्रक्रियामा बैंिकङलगायत प्राविधिक समस्याले स्थानीयको घर घरमै पुगेर वितरण गर्न नसक्नु दुखद कुरा भएको भन्दै त्यसको विकल्पमा बैंकलाई वडा (गाउँस्तर)मै बोलाएर वितरण गर्न लागेको बताउनुभयो । तर अझै पनि एउटा बैंकले वार्ड नं. ५ र ६ मा गएर रकम बाड्न नसक्ने बताएकाले समस्या भएको बताउनुहुन्छ । 

पालिकाको वार्ड नं. १ र २ का ज्येष्ठ नागरिकहरुको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, वार्ड नंं. ३ र ४ को कुमारी बैंक र वार्ड नं. ५ र ६ को ज्योति विकास बैंकमा खाता खोलिएको छ । दुई वटा बैंकले गाउँमै पुगेर सार्वजनिक स्थान तथा कार्यालयबाट भत्ता वितरण गरिरहेका छन भने एक वटा बैंकले कर्मचारीको अभाव भन्दै बैंकमै लिन आउन भनेको गाउँपालिकाका एमआइएस अपरेटर कौशलकुमार कैराँतीले बताउनुभयो । 

गाउँपालिकामा दोस्रो र तेस्रो त्रेमासिकका लागि चार हजार चार सय २३ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिने पालिकका वडा सचिव शिवकुमार मौर्यले बताउनुभयो । 

वडासचिव मौर्यका अनुसार ६८ वर्ष पुगेका जेष्ठ नागरिकलाई प्रति महिना रु चार हजार, ६० वर्ष पुगेका जेष्ठ नागरिक दलित, ६० वर्ष पुगेका जेष्ठ नागरिक एकल, विधुवा आर्थिक सहायतालाई प्रति महिना रु दुई हजार ६ सय ६०, पुर्ण अपागंता भएका व्यक्ति (क) वर्गलाई प्रतिमहिना रु तीन हजार नौ सय ९०, अपांगता भएका व्यक्ती (ख) वर्गलाई प्रतिमहिना रु दुई हजार एक सय २८ र जन्मेदेखि ५ वर्ष मुनिका दलित बालबालिकालाई प्रतिमहिना रु पाँच सय ३२का दरले रकम वितरण गरिनेछ । 

पालिकाको वडा नं. २ मा वितरणको कार्य सकिएको छ  भने अहिले वडा नं. १ होलियामा भत्ता विरतण भईरहेको छ । 


 

ताजा

सबै

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

नेपालगन्ज २७ असोजः नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दिया, असोज २५ । युवा उद्यमशीलता प्रवद्र्धन, परियोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन…