Pairabi logo

असोज ३०, २०८३, शुक्रबार                    

गर्मी छल्न नेपालगन्जमा कुलिङ् सेन्टर बन्दै

डेक्स

डेक्स

गर्मी छल्न नेपालगन्जमा कुलिङ् सेन्टर बन्दै
ADVERTISEMENT

नेपालगञ्ज ।  अत्याधिक गर्मी हुने सहरको पहिचान बनाएको नेपालगञ्जमा अहिले एउटा कुलिङ् सेन्टर निर्माणको काम अघि बढाइएको छ । 
बागेश्वरी मन्दिरको पूर्वपट्टी चिल्ड्रेन पार्कमा कुुलिङ् सेन्टर निर्माणको काम अघि बढेको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ ।  (लू) प्रतिकार्य योजना कार्यान्वयनका लागि नेपालगञ्ज उपमहानगरपालिकाले चालू आर्थिक बर्षमा रु.२० लाख रुपैयाँ विनियोजन गरेको छ । नेपालगन्जको बसपार्क, धम्बोझी र रामलिला मैदान क्षेत्रमा पनि कुलिङ् सेन्टर बनाउने कार्ययोजना तय गरिएको बताइएको छ । उपमहानगरमा  सर्वसाधारणलाई (लू) बाट जोगाउन चार वटा कुलिंग सेन्टर बनाउने लक्ष्य लिइएको छ । 
सो पालिकाको सिकाई र अनुभवका आधारमा तराईमा अत्याधिक गर्मी हुने अन्य सहरहरुमध्ये धनगढीमा पनि यो कार्यक्रम सुरु भएको छ । त्यस्तै भैरहवा र विराटनगरमा पनि (लू) प्रतिकार्य योजना कार्यान्वयनको चरणमा छन् । अमेरिकन रेडक्रसको सहयोग तथा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको सहकार्यमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित ताता हावाको लहर (लु) जोखिम न्यूनीकरण कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम अघि सारिएको हो । 
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले (लू) लाई प्रकोपको रुपमा लिई त्यस विरुद्ध जुध्न (लु) प्रतिकार्य योजना कार्यान्वयनमा ल्याइएको बताउनुभयो । पुमख विष्टले (लू)लाई प्रकोपको रुपमा स्विकारी त्यसै अनुरुप बजेट विनियोजन गरिएको जानकारी दिँदै आगामी नीति तथा कार्यक्रम र बजेटमा यसको आकार बढाउँदै लैजाने उल्लेख गनुृभयो ।  
रेडक्रस क्लाइमेट सेन्टरका अरबान एक्सपर्ट रमिज खान, अमेरिकन रेडक्रसकी कार्यक्रम संयोजक उपमा ओझाले नेपालगञ्जले तातो हावाको लहर जोखिम न्यूनीकरणका लागि नेपालमै पहिलोपटक उल्लेखनीय र उदाहरणीय काम गरिरहेको भन्दै तराईका अन्य तीन सहरमा पनि उक्त कार्यक्रम लागू गर्ने प्रक्रियामा रहेको बताउनुभयो ।
नेपालगञ्ज उपमहानगरपालिकाले तातो हावा (लू) प्रतिकार्य योजना कार्यान्वयनका लागि कार्यविधि बनाउँदैछ । नेपालगञ्ज उपमहानगरपालिका (लू) प्रतिकार्य योजना लागू गर्ने नेपालकै एक मात्र स्थानीय सरकार हो । सन् २०२१ देखि (लू) प्रतिकार्यका लागि काम भइरहेको छ । 

ताजा

सबै

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…