Pairabi logo

कात्तिक १६, २०८३, आइतबार                    

गर्मी छल्न नेपालगन्जमा कुलिङ् सेन्टर बन्दै

डेक्स

डेक्स

गर्मी छल्न नेपालगन्जमा कुलिङ् सेन्टर बन्दै
ADVERTISEMENT

नेपालगञ्ज ।  अत्याधिक गर्मी हुने सहरको पहिचान बनाएको नेपालगञ्जमा अहिले एउटा कुलिङ् सेन्टर निर्माणको काम अघि बढाइएको छ । 
बागेश्वरी मन्दिरको पूर्वपट्टी चिल्ड्रेन पार्कमा कुुलिङ् सेन्टर निर्माणको काम अघि बढेको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ ।  (लू) प्रतिकार्य योजना कार्यान्वयनका लागि नेपालगञ्ज उपमहानगरपालिकाले चालू आर्थिक बर्षमा रु.२० लाख रुपैयाँ विनियोजन गरेको छ । नेपालगन्जको बसपार्क, धम्बोझी र रामलिला मैदान क्षेत्रमा पनि कुलिङ् सेन्टर बनाउने कार्ययोजना तय गरिएको बताइएको छ । उपमहानगरमा  सर्वसाधारणलाई (लू) बाट जोगाउन चार वटा कुलिंग सेन्टर बनाउने लक्ष्य लिइएको छ । 
सो पालिकाको सिकाई र अनुभवका आधारमा तराईमा अत्याधिक गर्मी हुने अन्य सहरहरुमध्ये धनगढीमा पनि यो कार्यक्रम सुरु भएको छ । त्यस्तै भैरहवा र विराटनगरमा पनि (लू) प्रतिकार्य योजना कार्यान्वयनको चरणमा छन् । अमेरिकन रेडक्रसको सहयोग तथा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको सहकार्यमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित ताता हावाको लहर (लु) जोखिम न्यूनीकरण कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम अघि सारिएको हो । 
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले (लू) लाई प्रकोपको रुपमा लिई त्यस विरुद्ध जुध्न (लु) प्रतिकार्य योजना कार्यान्वयनमा ल्याइएको बताउनुभयो । पुमख विष्टले (लू)लाई प्रकोपको रुपमा स्विकारी त्यसै अनुरुप बजेट विनियोजन गरिएको जानकारी दिँदै आगामी नीति तथा कार्यक्रम र बजेटमा यसको आकार बढाउँदै लैजाने उल्लेख गनुृभयो ।  
रेडक्रस क्लाइमेट सेन्टरका अरबान एक्सपर्ट रमिज खान, अमेरिकन रेडक्रसकी कार्यक्रम संयोजक उपमा ओझाले नेपालगञ्जले तातो हावाको लहर जोखिम न्यूनीकरणका लागि नेपालमै पहिलोपटक उल्लेखनीय र उदाहरणीय काम गरिरहेको भन्दै तराईका अन्य तीन सहरमा पनि उक्त कार्यक्रम लागू गर्ने प्रक्रियामा रहेको बताउनुभयो ।
नेपालगञ्ज उपमहानगरपालिकाले तातो हावा (लू) प्रतिकार्य योजना कार्यान्वयनका लागि कार्यविधि बनाउँदैछ । नेपालगञ्ज उपमहानगरपालिका (लू) प्रतिकार्य योजना लागू गर्ने नेपालकै एक मात्र स्थानीय सरकार हो । सन् २०२१ देखि (लू) प्रतिकार्यका लागि काम भइरहेको छ । 

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

यो पनि

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचविखन गर्न आग्रह

मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचविखन गर्न आग्रह

बाँके, १३ कात्तिकः नेपालगञ्ज आसपासका बजारमा रहेका मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बे…