Pairabi logo

माघ १३, २०८२, सोमबार                    

बाँकेमा कुष्ठ रोगका २९ नयाँ विरामी फेला

डेक्स

डेक्स

बाँकेमा कुष्ठ रोगका २९ नयाँ विरामी फेला
ADVERTISEMENT

नेपालगन्ज ।  बाँकेमा कुष्ठरोगका नयाँ विरामी फेला परेका छन । 
जिल्लाका विभिन्न स्थानीय तहका २९ जना नयाँ कुष्ठ रोगका विरामी फेला परेको साइनिङ् अस्पताल (आइएनएफ) बाँकेले जनाएको छ । 
यीमध्ये सबैभन्दा बढी खजुरा गाउँपालिकामा ९, जानकीमा ४, कोहलपुरमा ३, नरैनापुरमा ४, नेपालगन्जमा ४, राप्तीसोनारीमा १, डुडुवामा २ र बैजनाथमा २ कुष्ठ रोगीका विरामी फेला परेको अस्पतालका इन्चार्ज मङ्गल चौधरीले जानकारी दिनुभयो । 
उहाँका अनुसार आर्थिक बर्ष ०८०।०८१ को ६ महिनामा विभिन्न जिल्लाबाट आएका नयाँ कुष्ठरोगका विरामीको सङ्ख्या ६० रहेको छ । बाँके बाहेक तीमध्ये भारतका १५, बर्दियाका ९, सल्यानका २, रुकुमका २, रोल्पा र हुम्लाका एक, एक सुदूरपश्चिमका एक जना कुष्ठ रोगका विरामीको उक्त अस्पतालमा उपचार भएको थियो । 
चालु आर्थिक बर्षको ६ महिनाको अवधीमा अस्पतालमा ८३ जनाको स्वास्थ्य परीक्षण भएको बताइएको छ । 
“घट्दो वा वढ्दो देखिएको छैन तर केही नयाँ विरामी पनि फेला पर्दै गएका छन” अस्पतालका इन्जार्च चौधरीले भन्नुभयो । 
उहाँले जाँचका लागि घरघरमा पुगिएको उल्लेख गर्दै समाजले थाहा पाउने डरले विरामीले घर घरमा नआउन भनेको बताउनुभयो । 
“हामीले अहिले दुई तरिकाबाट यसका लागि काम गरिरहेका छौ, एउटा समुदायमा पुगेर र अर्को अस्पतालमा बोलाएर” उहाँले भन्नुभयो । 
कुष्ठ रोग एक प्रकारको सरुवारोग मध्ये कम सर्ने रोग  भएको जानकारी दिदै इन्चार्ज चौधरीले सो रोगले छाला र सतहको स्नायुमा असर गर्ने बताउनुभयो । 
अस्पतालका प्रशासन प्रमुख यम बहादुर केसीले स्नायु सुन्निएमा वा कानको लोती बाक्लो भएमा र शरिरमा गिर्खा देखिएको लक्षण भए कुष्ठ रोगको सम्भावना हुने बताउनुभयो । 
लामो समयदेखि कुष्ठ रोगका विरामीलाई सेवा दिँदै आएको अस्पतालले कुष्ठ रोगका विरामीलाई निशुल्क रुपमा औषधी प्रदान गर्दै आएको छ । 
उक्त रोग किटाणुबाट हुने अरु सरुवा रोग जस्तै भएको र दुईदेखि ५ बर्षभित्र रोगको प्रारम्भिक चिन्ह वा लक्षण देखा पर्ने बताइएको छ ।  सरकारले सन् २०३० सम्ममा कुष्ठ रोग निवारणको लक्ष्य राखेको छ । 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …