Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

डुडुवामा सरसफाई अभियान सुरु

सम्वाददाता

सम्वाददाता

डुडुवामा सरसफाई अभियान सुरु
ADVERTISEMENT

डुडुवा (बाँके), २७ माघ । बाँकेको डुडुवा गाउँपालिकाले सरसफाई अभियान संचालन गरेको छ । गाउँपालिकाले प्रत्येक शुक्रबारका दिन सबै कार्यालयको सरसफाई गर्ने अभियान सुरु गरेको हो । 

पालिका माताहतका वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय लगायतका सबै कार्यालयहरुहरुमा सरसफाई गर्न सुरु गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँका अनुसार हप्ताको एकदिन कार्यालयको सरसफाई गरिने छ । कार्यालयलाई सफा, स्वच्छ र हराभरा बाताबरण बनाउने उद्देश्यले सरसफाई अभियान सञ्चालन गरिएको हो । 

अध्यक्ष चौधरीले भन्नुभयो,–‘जुन सुकै काम आफैबाट सुरुआत गर्नुपर्दछ, त्यसैले हामी आफ्नै कार्यालयबाट सरसफाई सुरु गरेका छौ ।’ यो अभियानलाई पालिकाका सम्पुर्ण नागरिकहरु समक्ष सन्देश प्रवाह हुनेछ, र उनीहरुले पनि आ–आफ्नो घर वरिपरि गाउँटोलको सरसफाई गर्ने उहाँको विश्वास छ । 

सरसफाई भनेको घर, समुदाय, गाउँटोलसंगै कार्यालयको सफा र स्वच्छ बाताबरण बनाउनका लागि यो अभियान सञ्चालन गरेको पालिका उपाध्यक्ष शाहिदा बानोले बताउनुभयो । गत शुक्रबारबाट पालिकाले सरसफाई अभियान सञ्चालन गरेको हो । शुक्रबार पालिका कार्यालयमा अध्यक्ष चौधरी, उपाध्यक्ष शाहिदा बानो, प्रमुख प्रशासकिय अधिकृत गिरबहादुर सेजुवाललगायत अन्य जनप्रतिनिती र कर्मचारीहरुले बनकट्टीस्थित पालिकाको कार्यालय परिसरको सरसफाई गरेका थिए । 

यसैविच बेतहनी स्वास्थ्य चौकीमा पनि त्यहाका कर्मचारीहरुले सरसफाई गरेको बताएका छन ।

यसैगरि आज डुडुवा गाउँपालिका वार्ड नंं ५ का युवाहरुको सक्रियतामा राप्ती नदिको सिधनिया घाट पुलको दक्षिण भागको समेत सरसफाई गरिएको छ । सरसफाई कार्यक्रममा वडाध्यक्ष झंकबहादुर थापालगायतको सहभागिता रहेको थियो । 

यो अभियानलाई साप्ताहिक रुपमा निरन्तर रुपमा अघि बढाइने गाउँपालिकाले जनाएको छ । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…