Pairabi logo

कात्तिक १६, २०८३, आइतबार                    

नेपालगन्जका पाँचस्थानमा ‘ट्राफिक लाइट’ जडान

सम्वाददाता

सम्वाददाता

नेपालगन्जका पाँचस्थानमा ‘ट्राफिक लाइट’ जडान
ADVERTISEMENT

बाँके, २६ माघ : नेपालगन्जका विभिन्न पाँच स्थानमा ‘ट्राफिक लाइट’ जडान गरिएका छन् ।  गणेशमान चोकमा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सफल भएको निर्माण कम्पनीले जनाएको छ । 

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले ट्राफिक लाइट जडानका लागि निर्माण कम्पनीले आवश्यक  सबै काम सम्पन्न गरेर पोलमा बत्ती जडान गर्ने काम सम्पन्न गरिसकेको जानकारी दिनुभयो । उहाँले  राँझा चोक, पुष्पलाल चोक, धम्बोझी चोक, बिपी चोक र गणेशमान चोक गरी पाँच स्थानमा ट्राफिक लाइट जडानको काम अन्तिम चरणमा पुगेको बताउनुभयो । 

सडकमा भूमिगत तार तथा पाइप बिछ्याउने काम तथा पोल गाड्ने काम सकाएर खम्बामा बत्ती तथा ‘कन्ट्रोलर’ जडानको काम पनि सकिएको  निर्माण कम्पनीका इञ्जिनियर पदम थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अब केही स्थानमा ‘फिनिसिङ’ गर्नुपर्ने काम सकाएर केही दिनभित्र नेपालगन्जमा ‘ट्राफिक लाइट’ बाल्छौँ ।”

बत्ती जडान गरी सकेपछि चोकचोकमा कम्पनीका स्वयंसेवक बसेर केही दिनसम्म ट्राफिक प्रहरी, सडकमा हिँड्ने सर्वसाधारण, विद्यार्थी तथा सवारीसाधनलाई ट्राफिक लाइटका चिह्न, नियम, सङ्केतका बारेमा सचेतना समेत प्रदान गरिने जनाइएको छ । 

सडक विभाग, सडक सुरक्षा तथा ट्राफिक शाखा काठमाडौँसँग ठेकेदार कम्पनी भिजन इन्जिनियरिङ कन्स्ट्रक्सन, पिभिजन इन्जिनियरिङ सोलुसन काठमाडौँले २०८० साल माघ २१ गतेभित्र काम सम्पन्न गर्नेगरी २०७९ साल पुस महिनामा रु एक करोड ५९ लाख ९भ्याटसमेत०मा सो कामका लागि ठेक्का सम्झौता गरेको थियो । 

पछिल्लो समय नेपालगन्जमा सवारी साधनको चाप बढेसँगै गएको थियो ।  यहाँका ट्राफिक व्यवस्थापनलाई ट्राफिक लाइटले दुर्घटना न्यूनीकरण र सहर व्यवस्थापनमा सहयोग पुग्ने ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हरिकृष्ण सुवेदीले बताउनुभयो । 

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

यो पनि

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचविखन गर्न आग्रह

मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचविखन गर्न आग्रह

बाँके, १३ कात्तिकः नेपालगञ्ज आसपासका बजारमा रहेका मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बे…