Pairabi logo

माघ १३, २०८२, सोमबार                    

घटदैछ, बाँकेमा एचआइभी संक्रमण दर

सम्वाददाता

सम्वाददाता

घटदैछ, बाँकेमा एचआइभी संक्रमण दर
ADVERTISEMENT

३६ औं विश्व एड्स दिवसको अवसरमा आज नेपालगन्जमा पत्रकारसँग अन्तरक्रिया गरिएको छ । उक्त अन्तरक्रियामा स्वास्थ्य कार्यालयले एक तथ्यांक प्रस्तुत गर्दै बाँकेमा एचआइभी/एड्स संक्रमितको संख्या घटेको जनाएको छ ।आर्थिक वर्ष २०७९–८० मा १७ हजार ३२८ जनामा जाँच गरिएकोमा १०९ जना संक्रमित फेला परेका छन् ।

०७८–०७९ मा ११ हजार ७४५ जनाको जाँच गरिएकोमा १५७ जना संक्रमित फेला परेका थिए । ०७९–८० मा ६४ जना नयाँ संक्रमित फेला परेकोमा यो भन्दा अघिल्लो साल भने ८४ जना फेला परेका थिए । हालसम्म एड्सबाट १७२ जनाको मृत्यु भएको छ ।

विश्व एड्स दिवसको पूर्वसन्ध्यामा नेपालगन्ज उपमहानगरपालिकाको अगुवाईमा स्वास्थ्य कार्यालयले गरेको पत्रकार अन्तरक्रियामा ५५६ जनाले नियमित एआरटी अर्थात औषधी सेवन गरिरहेको स्वास्थ्य कार्यालय बाँकेका एड्स फोकलपर्सन रविन्द्र साहले जानकारी दिनुभयो ।

उनीहरुले भेरी अस्पतालबाट एआरटी सेवा लिइरहेका छन् । तीमध्ये ४१२ जना बाँकेका हुन् भने अन्य जिल्ला बाहिरका संक्रमित रहेको साहले बताए । भेरी अस्पतालका एड्स फोकल पर्सन डा.संकेत रिसालले एचआइभी÷एड्सबारे जानकारी दिनुभएको थियो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेल, नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादर चन्द लगायतले बोल्नुभएको थियो । एएचएफका कार्यक्रम संयोजक संजय पौडेलले बाँकेमा एचआइभी संक्रमणदरमा उल्लेख्य सुधार भएको बताउनुभयो ।

‘समुदायको नेतृत्वमा एड्स अन्त्य गरौं’ भन्ने नाराका साथ बाँकेमा भोलि विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरि एड्स दिवस मनाईदैछ । दिवसको अवसरमा विहान भेरी अस्पतालबाट प्रभातफेरी निकालिने छ । उक्त प्रभातफेरीले नगरका विभिन्न भागको परिक्रमा गर्नेछ ।

प्रभातफेरी पछि आयोजित कार्यक्रममा एड्स रोकथाम तथा न्यूनीकरणका सवालमा विभिन्न कार्यक्रमको आयोजना गरिएको स्वास्थ्य कार्यालय बाँकेका एड्स फोकलपर्सन साहले जानकारी दिनुभयो ।

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …