Pairabi logo

असोज २६, २०८३, सोमबार                    

घटदैछ, बाँकेमा एचआइभी संक्रमण दर

सम्वाददाता

सम्वाददाता

घटदैछ, बाँकेमा एचआइभी संक्रमण दर
ADVERTISEMENT

३६ औं विश्व एड्स दिवसको अवसरमा आज नेपालगन्जमा पत्रकारसँग अन्तरक्रिया गरिएको छ । उक्त अन्तरक्रियामा स्वास्थ्य कार्यालयले एक तथ्यांक प्रस्तुत गर्दै बाँकेमा एचआइभी/एड्स संक्रमितको संख्या घटेको जनाएको छ ।आर्थिक वर्ष २०७९–८० मा १७ हजार ३२८ जनामा जाँच गरिएकोमा १०९ जना संक्रमित फेला परेका छन् ।

०७८–०७९ मा ११ हजार ७४५ जनाको जाँच गरिएकोमा १५७ जना संक्रमित फेला परेका थिए । ०७९–८० मा ६४ जना नयाँ संक्रमित फेला परेकोमा यो भन्दा अघिल्लो साल भने ८४ जना फेला परेका थिए । हालसम्म एड्सबाट १७२ जनाको मृत्यु भएको छ ।

विश्व एड्स दिवसको पूर्वसन्ध्यामा नेपालगन्ज उपमहानगरपालिकाको अगुवाईमा स्वास्थ्य कार्यालयले गरेको पत्रकार अन्तरक्रियामा ५५६ जनाले नियमित एआरटी अर्थात औषधी सेवन गरिरहेको स्वास्थ्य कार्यालय बाँकेका एड्स फोकलपर्सन रविन्द्र साहले जानकारी दिनुभयो ।

उनीहरुले भेरी अस्पतालबाट एआरटी सेवा लिइरहेका छन् । तीमध्ये ४१२ जना बाँकेका हुन् भने अन्य जिल्ला बाहिरका संक्रमित रहेको साहले बताए । भेरी अस्पतालका एड्स फोकल पर्सन डा.संकेत रिसालले एचआइभी÷एड्सबारे जानकारी दिनुभएको थियो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेल, नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादर चन्द लगायतले बोल्नुभएको थियो । एएचएफका कार्यक्रम संयोजक संजय पौडेलले बाँकेमा एचआइभी संक्रमणदरमा उल्लेख्य सुधार भएको बताउनुभयो ।

‘समुदायको नेतृत्वमा एड्स अन्त्य गरौं’ भन्ने नाराका साथ बाँकेमा भोलि विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरि एड्स दिवस मनाईदैछ । दिवसको अवसरमा विहान भेरी अस्पतालबाट प्रभातफेरी निकालिने छ । उक्त प्रभातफेरीले नगरका विभिन्न भागको परिक्रमा गर्नेछ ।

प्रभातफेरी पछि आयोजित कार्यक्रममा एड्स रोकथाम तथा न्यूनीकरणका सवालमा विभिन्न कार्यक्रमको आयोजना गरिएको स्वास्थ्य कार्यालय बाँकेका एड्स फोकलपर्सन साहले जानकारी दिनुभयो ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…