Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

एकता र सद्भावले राष्ट्रिय एकता बलियो बनाउँछः मुख्यमन्त्री चौधरी

डेक्स

डेक्स

एकता र सद्भावले राष्ट्रिय एकता बलियो बनाउँछः मुख्यमन्त्री चौधरी
ADVERTISEMENT

नेपालगञ्ज । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्ती नेपालगञ्जमा हर्षोल्लासपूर्वक मनाइँदैछ । आज बिहानबाट इस्लामिक झण्डा र नेपालको झण्डा बोकेका इस्लाम धर्मालम्बीहरुले नगर परिक्रमा गरेका छन् ।

नेपालगञ्जको वडा नम्बर ३ स्थित जामा मस्जिददेखि सुरु भएको र्याली घोसीटोल, फत्तेवाल आँखा अस्पताल, डीएसपी रोड, एमपी स्कुल, रानी तलाउ, एकलैनी, त्रिभुवन चोक, वीपी चोक, धम्बाझी, न्यूरोड हुँदै गौसिया मस्जिदमा गएर समापन भएको छ ।

इस्लाम धर्माबलम्बीहरुको बाक्लो बसोबास रहेको नेपालगञ्जमा धुमधामका साथ मोहम्मद डे मनाइन्छ । मोहम्मद डेमा नरैनापुर, खजुरा र जानकी गाउँपालिकाले सार्वजनिक विदा दिएका छन् भने नेपालगञ्ज उपमहानगरपालिकाले शिक्षण संस्थामा विदा दिएको छ । 

यसैबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले धार्मिक एकता र सद्भावबाटै राष्ट्रिय एकता बलियो हुने बताएका छन् ।

इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद सल्लल्लाह अलैही वसल्लमको १४९८औं जन्मजयन्तिका अवसरमा नेपालगञ्जमा आज आयोजना गरिएको जुलुसमा सहभागी भएका मुख्यमन्त्री चौधरीले सबै धर्म र समुदाय बीचको एकता नै नेपालको विशेषता भएको बताए ।

नेपालगञ्जको बिपी चोकमा आयोजना गरिएको कार्यक्रममा बोल्दै पूर्व मन्त्री तथा जसपाका नेता मोहम्मद इश्तियाक राईले सबै धर्म मान्ने समुदायबीचको सद्भाव र एकतालाई अझै सुदृढ पार्नुपर्नेमा जोड दिए । 

त्यस अवसरमा लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्ले, संविधानसभाका सदस्यहरु अब्दुल हमिद सिद्दिकी, सर्वतआरा खानम, नेपालगञ्जका नगर प्रमुख प्रशान्त विष्ट, कोहलपुरका नगर प्रमुख पूर्णप्रसाद आचार्य, बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौर लगायत विभिन्न राजनीतिक दलका नेताहरुको उपस्थिति थियो ।  

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

यो पनि

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…