Pairabi logo

कात्तिक १२, २०८३, बुधबार                    

नागरिक समाज संजाललाइ क्षमता विकास तालिम

डेक्स

डेक्स

नागरिक समाज संजाललाइ क्षमता विकास तालिम
ADVERTISEMENT

बर्दियाको ठाकुरद्वारामा नागरिक समाज संजालको क्षमता बिकास, प्रतिबेदन तथा दस्तावेजिकरण सम्बन्धि तीन दिने तालीम सम्पन्न भएको छ ।
प्लान ईन्टरनेशनल नेपालसँगको साझेदारीमा बाँके युनेस्को क्लबद्धारा बर्दिया जिल्लामा संचालन गरिएको बाल बिवाह, चाँडै बिवाह र जबरजस्ती गरिने बिवाह रोकथाम परियोजना अन्तरगत संस्थागत बिकास र बाल बिबाह न्यूनीकरणका लागि संजालको क्षमता बिकास गर्ने उद्देश्यले सो तालिम सम्पन्न गरिएको हो । 


बाँके युनेस्को क्लबका महासचिव बुधेश जैसवालको अध्यक्षतामा असोज ६ देखि  संचालन गरिएको सो तालिमको उदेश्य बारे क्लबका कार्यक्रम संयोजक महेश नेपालीले जानकारी गराउनु भएको थियो । 
संयोजक नेपालीका अनसार सो तालीममा नागरिक समाज संजाल बढैयाताल, दलित महिला संजाल गुलरिया, युवा महिला संजाल राजापुर र युवा संजाल बासगढीका २४ जना र आयोजक संस्थाका गरि ३३ जनाको सहभागिता रहेको थियो । 
सो तालिममा कार्यसम्पादन पछिको एएआरको औजार,स्थानीय परिवेशमा बाल बिबाहको अबस्था, नागरिक समाजको भुमिका, नागरिक समाजको रणनीतिक योजना, संस्थाको सबल पक्ष, कमजोर पक्ष, अबसर र चुनौती, अभिलेखिकरणको महत्व र प्रकार, तथ्यांक संकलन ब्यबस्थापन, नागरिक समाज संजालको संवेगात्मक बौद्धिकता, नितिगत पैरवी, रिक्तता र अवसरको पहिचानको बिषयमा सहजीकरण गरिएको थियो ।
सोही प्रकारले तालिममा पैरवी योजना निर्माणका लागि नेटवर्र्क सम्बन्धि  नमुना  अभ्यास, उदेश्यमा आधारित जनचेतनामूलक अभियान संचालनका लागि योजना र कार्यान्वयन सम्बन्धि बिषयमा पनि छलफल गरिएको थियो । तालिमका प्रशिक्षक बसन्त कुमार बिसि रहनु भएको थियो ।  
तालिमको समापन कार्यक्रम सहभागिहरुबाटै प्रमुख अतिथि, अतिथि बनाएर गराईएको थियो ।  नागरिक समाज बढैयातालका सदस्य नेत्र प्रसाद सापकोटाको अध्यक्षता, राजापुर युवा महिला संजालका सचिव दिक्षा बिस्टको प्रमुख आतिथ्यता र बाँके युनेस्को क्लबका संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक प्रवेज अलि सिद्धिकी र संस्थाका बरिष्ठ सल्लाहकार सिराज खानको उपस्थितिमा तालिमको समापन शत्र सम्पन्न गरिएको थियो । 
समापनमा महिला सहभागीको तर्फबाट राजापुर युवा महिला संजालका सदस्य दिलकुमारी थारु र पुरुष सहभागीको तर्फबाट बाँसगढी युवा संजालका सदस्य राज थारुले तालिमबाट धेरै नयाँ नयाँ कुरा सिक्न पाएको जनाउँदै व्यवहारमा लागु गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । 
तलिमका सहभागिहरुलेनै अन्य सहभागिलाई प्रमाणपत्र पनि वितरण गर्नु भएको थियो । अन्तमा तालिमका सहभागीहरुले सिकेका ज्ञान र सिपलाई व्यबहारमा उतार्ने सामुहिक प्रतिबद्धता गर्नुभएको थियो ।

ताजा

सबै

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

बाँके, १० कात्तिकः सैयापुर क्षेत्र हाइकिङ (पदयात्रा)लागि गन्तव्य स्थान बन्न थालेको छ । …

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

भेषराज बस्नेत बाँके : गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापि…

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके १० कात्तिकः गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षक…

लोकप्रिय

सबै

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

नेपालगन्ज,६ कात्तिकः बाँकेको नेपालगञ्ज उपमहानगरपालिका१९ का अमजत अली शेख विगत सात व…

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

नेपालगन्ज, ८ कात्तिकः जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ म…

यो पनि

बैतडीमा भूकम्प

बैतडीमा भूकम्प

बैतडी, ८ कार्तिक : बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भू…

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

बाँके, ३ कात्तिक । बाँकेको राप्ती सोनारी गाउँपालिका६ फत्तेपुरका किसान महिलाले खसीब…

‘दसैँ गाउँमा नै रमाइलो’

‘दसैँ गाउँमा नै रमाइलो’

कर्णाली, २ कात्तिकः बडादसैँ नजिकिदै गर्दा देश विदेशबाट घर फर्कनेहरुको यतिबेला घुँइच…