Pairabi logo

असोज २८, २०८३, बुधबार                    

नागरिक समाज संजाललाइ क्षमता विकास तालिम

डेक्स

डेक्स

नागरिक समाज संजाललाइ क्षमता विकास तालिम
ADVERTISEMENT

बर्दियाको ठाकुरद्वारामा नागरिक समाज संजालको क्षमता बिकास, प्रतिबेदन तथा दस्तावेजिकरण सम्बन्धि तीन दिने तालीम सम्पन्न भएको छ ।
प्लान ईन्टरनेशनल नेपालसँगको साझेदारीमा बाँके युनेस्को क्लबद्धारा बर्दिया जिल्लामा संचालन गरिएको बाल बिवाह, चाँडै बिवाह र जबरजस्ती गरिने बिवाह रोकथाम परियोजना अन्तरगत संस्थागत बिकास र बाल बिबाह न्यूनीकरणका लागि संजालको क्षमता बिकास गर्ने उद्देश्यले सो तालिम सम्पन्न गरिएको हो । 


बाँके युनेस्को क्लबका महासचिव बुधेश जैसवालको अध्यक्षतामा असोज ६ देखि  संचालन गरिएको सो तालिमको उदेश्य बारे क्लबका कार्यक्रम संयोजक महेश नेपालीले जानकारी गराउनु भएको थियो । 
संयोजक नेपालीका अनसार सो तालीममा नागरिक समाज संजाल बढैयाताल, दलित महिला संजाल गुलरिया, युवा महिला संजाल राजापुर र युवा संजाल बासगढीका २४ जना र आयोजक संस्थाका गरि ३३ जनाको सहभागिता रहेको थियो । 
सो तालिममा कार्यसम्पादन पछिको एएआरको औजार,स्थानीय परिवेशमा बाल बिबाहको अबस्था, नागरिक समाजको भुमिका, नागरिक समाजको रणनीतिक योजना, संस्थाको सबल पक्ष, कमजोर पक्ष, अबसर र चुनौती, अभिलेखिकरणको महत्व र प्रकार, तथ्यांक संकलन ब्यबस्थापन, नागरिक समाज संजालको संवेगात्मक बौद्धिकता, नितिगत पैरवी, रिक्तता र अवसरको पहिचानको बिषयमा सहजीकरण गरिएको थियो ।
सोही प्रकारले तालिममा पैरवी योजना निर्माणका लागि नेटवर्र्क सम्बन्धि  नमुना  अभ्यास, उदेश्यमा आधारित जनचेतनामूलक अभियान संचालनका लागि योजना र कार्यान्वयन सम्बन्धि बिषयमा पनि छलफल गरिएको थियो । तालिमका प्रशिक्षक बसन्त कुमार बिसि रहनु भएको थियो ।  
तालिमको समापन कार्यक्रम सहभागिहरुबाटै प्रमुख अतिथि, अतिथि बनाएर गराईएको थियो ।  नागरिक समाज बढैयातालका सदस्य नेत्र प्रसाद सापकोटाको अध्यक्षता, राजापुर युवा महिला संजालका सचिव दिक्षा बिस्टको प्रमुख आतिथ्यता र बाँके युनेस्को क्लबका संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक प्रवेज अलि सिद्धिकी र संस्थाका बरिष्ठ सल्लाहकार सिराज खानको उपस्थितिमा तालिमको समापन शत्र सम्पन्न गरिएको थियो । 
समापनमा महिला सहभागीको तर्फबाट राजापुर युवा महिला संजालका सदस्य दिलकुमारी थारु र पुरुष सहभागीको तर्फबाट बाँसगढी युवा संजालका सदस्य राज थारुले तालिमबाट धेरै नयाँ नयाँ कुरा सिक्न पाएको जनाउँदै व्यवहारमा लागु गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । 
तलिमका सहभागिहरुलेनै अन्य सहभागिलाई प्रमाणपत्र पनि वितरण गर्नु भएको थियो । अन्तमा तालिमका सहभागीहरुले सिकेका ज्ञान र सिपलाई व्यबहारमा उतार्ने सामुहिक प्रतिबद्धता गर्नुभएको थियो ।

ताजा

सबै

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

नेपालगन्ज २७ असोजः नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय…

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…