Pairabi logo

कात्तिक ०१, २०८३, शनिबार                    

बर्दियाका बाढी पिडितलाई राहत वितरण

डेक्स

डेक्स

बर्दियाका बाढी पिडितलाई राहत वितरण
ADVERTISEMENT

नेपालगन्ज, असोज १ । गत साउन २७ देखि २९ गतेसम्म परेको अविरल वर्षाले गर्दा बर्दिया जिल्लामा आएको बाढीबाट प्रभावित भएका जिल्लाका चारवटा पालिकाका पिडित परिवारलाई विभिन्न प्रकारको राहात उपलब्ध गराउने कार्य जारी छ । 

युके एड स्टारफन्डको सहयोग र प्लान नेपाल तथा बाँके युनेस्को क्लबको साझेदारीमा सञ्चालन गरिएको सानो अवधीको आपतकालिन बाढी प्रतिकार्य परियोजना अन्तर्गत विभिन्न राहात सामाग्री उपलब्ध गराउने कार्य तिव्र गतिमा भइरहेको छ । 

बर्दियाको गुलरिया, ठाकुरबाबा, बाँसगढी र बारबर्दिया नगरपालिकाका बाढी प्रभावितलाई राहात वितरण गर्ने कार्य हाल अन्तिम चरणमा पुगेको बाँके युनेस्को क्लबले जनाएको छ । 

सो क्रममा हाल कामका लागि नगद कार्यक्रम अन्तर्गत चारवटै पालिकामा रहेका बाढी प्रभावितलाई बाढी र डुबानबाट जोगाउने विभिन्न काममा लगाएर रकम सहयोग गर्ने कार्य भइरहेको परियोजनाका संयोजक मनोज पौडेलले बताउनुभयो । 

उहाँले बाढी पिडितहरुलाई बाढी र डुबानबाट जोगाउने कामहरु नाली सहितको बाटो सडक निर्माण, तटबन्धन रोक्ने, सिचाई कुलोको संरक्षण र सरसफाई लगायतका काममा लगाएर काम बापतको रकम उपलब्ध गराईरहेको बताउनुभयो । 

सो क्रममा गुलरिया १० कालाबन्जर नमुना बस्ती, बासगढीको ८ र ९ को कुनैठी र शान्तिनगर, बारबर्दियाको सिउनिया, सोनपुर, गुलरा, बैदी र जगतिया तथा ठाकुरबाबाको अम्बासामा कामका लागि नगद कार्यक्रम चलिरहेको छ । 

सोही प्रकारले उक्त परियोजना अन्तर्गत चारवटै पालिकाका पिडित २०० परिवारलाई प्रतिपरिवार १५ हजार बराबरको खाद्यान्न वितरण गरिएको, प्रति परिवार चार हजार बराबरको पोषण खाना १५० परिवारलाई तथा ८०–८० परिवारलाई हाइजिन किट र डिग्नीटि किट बितरण गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । 

उहाँका अनुसार सोही प्रकारले बाढीकै कारण भत्किएका १२० शौचालय पुनः निर्माण र मरम्मतका साथै १२० वटा खानेपानीको हैन्डपम्प पनि पुनः मरम्मत र नयाँ जडान गरिएको छ । 

बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले राहात पाएपछि स्थानीयले निकै सहज महसुस गरेको पाईएको बताउनुभयो । बाढीबाट पिडित भएका अधिकांश परिवारले यो परियोजना अन्तर्गत पाएको सहयोग निकै राम्रो भएको र यसबाट जिविकापार्जनमा ठुलो सहयोग पुगेको जनाएका थिए ।

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

यो पनि

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…