Pairabi logo

कात्तिक १४, २०८३, शुक्रबार                    

उपभोक्ता मञ्च बाँके अध्यक्षमा भट्टराई निर्वाचित

डेक्स

डेक्स

उपभोक्ता मञ्च बाँके अध्यक्षमा भट्टराई निर्वाचित
ADVERTISEMENT

नेपालगन्ज, २९ भदौं । उपभोक्ता मञ्च नेपाल जिल्ला कार्यसमिति बाँकेको अध्यक्षमा अधिबक्ता सुदिप भट्टराई निर्वाचित गरेको छ । उहाँ यसअघि गठन गरिएको तदर्थ समितिको अध्यक्ष हुनुहुन्थ्यो । 

आज शुक्रबार नेपालगन्जमा भएको जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा उपाध्यक्षमा विरेन्द्र यादव, सचिवमा विपिन श्रेष्ठ, सह–सचिवमा तुलसी वर्नवाल, कोषाध्यक्षमा जहिरुल हक (जिनु) महिला सदस्यमा मञ्जु श्रेष्ठ निर्वाचित हुनुभएको छ । 

यसैगरी मञ्चको कार्यसमिति सदस्यमा अधिबक्ता विश्वजीत तिवारी, रामप्रसाद शर्मा, अमृतलाल वैश्य निर्वाचित हुनुभयो । नवनिर्वाचित कार्यसमितिको आजै बसेको बैठकले कार्यसमितिमा आनन्द गुप्ता र पुजा श्रेष्ठलाई सदस्य मनोनित गरेको छ । बैठकले सल्लाहकारमा रतिलाल पराजुली, हरि बहादुर विष्ट, रोशन श्रेष्ठ र राजेश कुमार श्रेष्ठलाई मनोनित गरेको छ ।

उपभोक्ता मञ्च नेपालका केन्द्रिय कार्यसमिति सदस्य बिनम कुमार श्रेष्ठको विशेष उपस्थितीमा नयाँ कार्यसमिति चयन गरिएको हो । 

अधिबेश्नको उदघाटन समारोहमा नेपाली उपभोक्ता महासंघ बाँकेका अध्यक्ष डा. विनोद कर्ण, वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका कार्यालय प्रमुख विष्णु प्रसाद धिताल, नेपाल परिवार नियोजन संघ बाँकेका अध्यक्ष बदरुदुजाँ खा, नेपाल परिवार नियोजन संघका पुर्व केन्द्रिय सदस्य रोशन श्रेष्ठ, प्रमुख निर्वाचन अधिकृत हरि बहादुर विष्ट लगायतको उपस्थिती रहेको थियो ।

नवनिर्वाचित अध्यक्ष भटराई अधिकार, कानून, सामाजिक विकास, सूचना अभियन्ता लगायतका क्षेत्रमा उल्लेख्य अनुभव प्राप्त व्यक्तीको रुपमा आफनो पहिचान बनाउनुभएको छ । 

 

ताजा

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

अवधी समुदायका महिलाले करवा चौथ पर्ब मनाउदै

बाँके, १२ कार्तिक :आज कार्तिक कृष्ण चतुर्थी पश्चिम तराईका जिल्लामा अवधी समुदायका महिल…

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँके, ११ कात्तिकः सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालि…

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

बाँके ११ कात्तिकः मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका कि…

लोकप्रिय

सबै

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँकेमा पान खेतीको सम्भावना पहिल्याउँदै बस्नेत

नेपालगञ्ज १० कात्तिक : कोहलपुर नगरपालिका११ निवासी कीट संरक्षण अभियन्ता अध्यक्ष पुरमल …

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

यो पनि

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

बैतडीमा भूकम्प

बैतडीमा भूकम्प

बैतडी, ८ कार्तिक : बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भू…

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…