Pairabi logo

माघ १३, २०८२, सोमबार                    

क्यान्सर अस्पताल करार र काज चिकित्सकको भरमा

डेक्स

डेक्स

क्यान्सर अस्पताल करार र काज चिकित्सकको भरमा
ADVERTISEMENT

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा रहेको शुसिल कोइराला प्रखर क्यान्सर अस्पताल करार र काज चिकित्सकको भरमा सञ्चालन भएको छ । 
क्यान्सर अस्पताल, विकास समितिले आज खजुरामा आयोजना गरेको बार्षिक प्रतिवेदन सार्वजनिक कार्यक्रममा स्वास्थ्य मन्त्रालयमा चिकित्सक सहित ४०९ कर्मचारी स्वीकृतीका लागि पठाएकोमा ओएनएम स्वीकृत नभएकाले पाँच बर्षदेखि अस्पताल अस्थायी चिकित्सक र कर्मचारीको भरमा सञ्चालन भएको अस्पताका अध्यक्ष टेकेन्द्र मल्लले जानकारी दिनुभयो । 
‘जनताले गुणस्तरीय सेवाको अपेक्षा राख्नुहुन्छ तर हाम्रो सेवा सञ्चालनमा जटीलता देखिएको छ’ उहाँले भन्नुभयो । अस्पतालमा अस्थायी विशेषज्ञ चिकित्सकको संख्या कुल १५ मध्ये दुई जना काजमा रहनुभएको छ ।  
मुठी दान गरेर संघीय अस्पतालको रुपमा वि.स २०७५ सालमा स्थापना भएको उक्त अस्पतालमा आर्थिक बर्ष २०७९।०८० मा २९ हजार २५५ क्यान्सरका विरामीले सेवा लिएका छन । 
हालै रक्त क्यान्सरका लागि भिन्दै वार्ड स्थापना भएको र अहिले दुई विरामीको उपचार भइरहेको जानकारी दिदै अध्यक्ष मल्लले फोक्सो,कलेजो, मृर्गौला, ब्लड क्यान्सर, थाइराइड क्यान्सर, लगायतका क्यान्सरका औषधी निशुल्क उपलब्ध भएको र म्याक्स फाउण्डेसनले ६ प्रकारका औषधी दिइरेहको बताउनुभयो । 
नेपाल सरकारबाट प्राप्त भएको रु. ६ करोड पुँजीगत र चालु रु. ४ करोडबाट वृद्धि भएर आ.ब ०८०।०८१ म पुँजीगततर्फ रु. १५ करोड र चालुतर्फ रु. १० करोड गरी रु. २५ लाख बजेट पु¥याइएको अस्पतालले उल्लेख गरेको छ ।   
लुम्बिनी, कर्णाली र सूदुरपश्चिम तीन प्रदेशका स्थानीयले सेवा लिएको सो अस्पतालमा क्यान्सरको उपचारका क्रममा लुम्विनी प्रदेश सरकार र स्वास्थ्य बीमाबाट प्राप्त हुने सुविधा सकिएका ७० बर्ष उमेर नाघेका ज्येष्ठ नगारिक विरामीलाई अस्पतालबाट प्रदान गर्ने सेवा शुल्कको ५० प्रतिशत अस्पतालले व्यहोर्ने गरी छुट समेत भएको अस्पताल विकास समितिले जनाएको छ ।  
 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …