Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

गत आवमा रु ५५ खर्ब १८ अर्बको तरलता प्रवाह

डेक्स

डेक्स

गत आवमा रु ५५ खर्ब १८ अर्बको तरलता प्रवाह
ADVERTISEMENT

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा वित्तीय बजारमा रु ५५ खर्बभन्दा बढी तरलता प्रवाह गरेको जनाएको छ । 

केन्द्रीय बैंकले आज सार्वजनिक गरेको गत आवको तथ्याङ्कमा आधारित मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको विवरणानुसार गत आवमा कूल रु ५५ खर्ब १८ अर्ब १९ करोड तरलता प्रवाह भएको छ । 
 
राष्ट्र बैंकका अनुसार गत आवमा रिपोमार्फत रु चार खर्ब १४ अर्ब ४७ करोड, सोझै खरिदमार्फत रु ८९ अर्ब ७० करोड, स्थायी तरलता सुविधामार्फत रु २७ खर्ब २७ अर्ब ११ करोड र ओभरनाइट तरलता सुविधामार्फत रु २२ खर्ब ८६ अर्ब ९० करोड गरी कूल रु ५५ खर्ब १८ अर्ब १९ करोड ९कारोबारमा आधारित० तरलता प्रवाह भएको छ । अघिल्लो आवको सोही अवधिमा विभिन्न उपकरणमार्फत खुद रु ९६ खर्ब ४२ अर्ब ४१ करोड तरलता प्रवाह भएको थियो । 

त्यस्तै बैंकले गत आवमा विभिन्न उपकरणको प्रयोग गरेर रु एक खर्ब आठ अर्ब २० करोड तरलता प्रशोधन गरेको छ । जसमा रिभर्स रिपोमार्फत रु ८८ अर्ब २० करोड र निक्षेप सङ्कलन बोलकबोलमार्फत रु २० अर्ब गरी कूल रु एक खर्ब आठ अर्ब २० करोड तरलता प्रशोचन गरिएको उल्लेख छ । 

समीक्षा वर्षमा राष्ट्र बैंकले विदेशी विनिमय बजार ९वाणिज्य बैंकहरु० बाट अमेरिकी डलर पाँच अर्ब ४५ करोड खुद खरिद गरी रु सात खर्ब १२ अर्ब ५० करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्ष विदेशी विनिमय बजारबाट अमेरिकी डलर दुई अर्ब ९१ करोड खुद खरिद गरी रु तीन खर्ब ५५ अर्ब ५७ करोड तरलता प्रवाह गरिएको बैंकले जनाएको छ । 

त्यस्तै केन्द्रीय बैंकले समीक्षा वर्षमा अमेरिकी डलर चार अर्ब ५६ करोड बिक्री गरी रु पाँच खर्ब ९६ अर्ब ३७ करोड बराबरको भारतीय रुपैयाँ खरिद गरेको छ । अघिल्लो वर्ष अमेरिकी डलर चार अर्ब ९२ करोड बिक्री गरी रु पाँच खर्ब ९५ अर्ब २३ करोड बराबरको भारतीय रुपैयाँ खरिद गरेको थियो ।

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

यो पनि

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

नेपालगन्ज २७ असोजः नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दिया, असोज २५ । युवा उद्यमशीलता प्रवद्र्धन, परियोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन…