Pairabi logo

कात्तिक ०१, २०८३, शनिबार                    

सफिकको उम्मेदवारीले माहोल तातियो

डेक्स

डेक्स

सफिकको उम्मेदवारीले माहोल तातियो
ADVERTISEMENT

मो सफिक बेहना नेपालगन्जको एउटा चिरपरिचित नाम हो । व्यवसायसँगै राजनीतिमा उदाएका बेहना नेपालगन्ज(४ का निवर्तमान वडाध्यक्ष हुन् । नेपालगन्जका सफल युवा व्यवसायी समेत रहनुभएका सफिकले विगत १६ बर्षदेखि साविकको मध्य र सुदूरपश्चिममा खाद्यान्न पुर्याउँदै आउनुभएको छ।

खाद्यान्नको थोक विक्रेता बेहना नेपालगन्ज उपमहानगरपालिका १  मा रहेको नेशनल सप्लायर्सका सञ्चालक हुनुहुन्छ । सफिक यही भदौ २ गते हुने नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनमा साझा प्रजातान्त्रिक उद्योगी व्यावसायी समूहबाट उद्योगतर्फको उपाध्यक्ष पदका उम्मेदवार हुनुहुन्छ । 

परिवारमा जेठो छोराका रुपमा वि।सं। २०३५ साल  जेठ ५ गते जन्मिनुभएका सफिक प्रष्ट वक्ता हुन् । हक्की स्वभावका सफिक आफ्नो जिम्मेवारी र बाचालाई पूरा गर्न सक्ने क्षमताका युवा व्यवसायी हुन् । नेपालगन्ज उपमहानगरपालिकाकै सफल वडाध्यक्ष भइसक्नुभएका सफिक नेपालगन्ज उपमहानगरको सफल कार्यबाहक मेयर समेत हुन् ।

वडाध्यक्ष हुँदा होस् वा अरु बेला पनि सफिक नेपालगन्ज उद्योग वाणिज्य संघको हकहितको लागि बोल्दै आउनुभएको छ । सफिकले अहिले देखिएको व्यवसायिक समस्या समाधान र संघभित्र  बाणिज्य  संघलाई बलियो बनाउन आफूले उम्मेदवारी दिएको बताउनभयो । 

अहिले उद्योगी व्यवसायीहरु जटिल अवस्थामा पुगेकाले  पुरानो साख जोगाउन उद्योगी व्यवसायीको समस्या सम्बोधन गर्नका लागि सफिकले उद्योगतर्फको उपाध्यक्षमा उम्मेदवारी दिएको तर्क गर्नुभयो । त्यस्तै सफिकको संघको अधिकार र दायरालाई ठूलो बनाउने काम गर्ने प्रतिवद्धता छ ।

विभिन्न सामाजिक सेवा गर्न रुचाउने सफिक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का बाँके निर्वाचन क्षेत्र नं।२ (ख) सभापति समेत हुनुहुन्छ । गरिव र दुस्खीका सहारा भनेर चिनिने बेहनाले  कोरोना कहरका बेलामा भेरी अस्पताल, सुरक्षा निकाय, गरिव, बेसहारालाई स्वास्थ्य सामग्री लगायत खाद्यान्न समेत निस्शुल्क वितरण गर्नुभएको थियो । 

तर भनिन्छ नि, आँट र आकांक्षा हुनेहरु सीमित आकाशमा रमाउन सक्दैनन् र उनीहरुलाई धेरै पर अवसर तथा सम्भावनाको फराकिलो क्षितिज छ भन्ने पूर्वानुमान हुने गर्छ । सायद त्यस्तै आभास भएको हुनुपर्छ र त नेपालगन्जमा सफिक सफल व्यवसायका रुपमा चिन्नुहुन्छ । पक्कै पनि बेहनाको उपाध्यक्ष पदको उम्मेदवारीलाई नेपालगन्जका व्यवसायीहरुले मनन गर्दै समर्थन गरेर समस्त प्रजातान्त्रिक प्यानललाई जिताउने अनुमान गरिएको छ । साथै उहाँको इन्ट्रीले निर्वाचनको माहोल नै बेग्लै भएको मतदाताहरुले बताउँदै आएका छन् ।

ललित रौनियारले नेतृत्व गरेको साझा प्रजातान्त्रिक प्यानलमा  उद्योग उपाध्यक्षमा सफिकसँगै बाणिज्यतर्फको उपाध्यक्षमा विष्णुप्रसाद श्रेष्ठ , महिला उपाध्यक्षमा करिश्मा योगी तथा महासचिवमा टंकप्रसाद शर्मा उम्मेदवार बन्नेछन् । यस्तै उपमहासचिवमा टेकबहादुर खड्का र कोषाध्यक्षमा मख्खनबहादुर धामी उम्मेदवार हुनुहुन्छ । 

त्यस्तै सदस्यहरुमा शिवप्रसाद दाहाल, विवेककुमार श्रेष्ठ, कैफुल वरा जोलाहा, प्रमोदकुमार अग्रवाल, युवराज ढकाल, सुनिल भण्डारी, पदम श्रेष्ठ, अतुलकुमार गुप्ता र बलबहादुर विष्ट (बबी)  तथा एशोसिएट सदस्यमा प्रदिपकुमार गुप्ता र पुरुषोत्तम अग्रवाल उम्मेदवार रहनुभएको छ । 

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

यो पनि

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

नेपालगन्ज २७ असोजः नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दिया, असोज २५ । युवा उद्यमशीलता प्रवद्र्धन, परियोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन…