Pairabi logo

कात्तिक १६, २०८३, आइतबार                    

लुम्विनी प्रदेशमा आँखाको नानी प्रत्यारोपण निशुल्क हुँदै

डेक्स

डेक्स

लुम्विनी प्रदेशमा आँखाको नानी प्रत्यारोपण निशुल्क हुँदै
ADVERTISEMENT

नेपालगन्ज ।  लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले नेपालमा पहिलो पटक प्रदेशभर कर्निया अर्थात् आँखाको नानी प्रत्यारोपण निशुल्क गर्ने भएको छ।

स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्ष २०८०र८१ को बजेटमा व्यवस्था गरेर आँखाको नानी प्रत्यारोपण अर्थात कर्नियाको अप्रेशन निस्शुल्क गर्ने नयाँ कार्यक्रममार्फत् व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सो कार्यक्रम लागू गर्ने सातवटा प्रदेशमध्ये लुम्बिनी प्रदेश पहिलो हो। आँखाको ज्योति गुमाएर अन्धोपनबाट मुक्त गराउन कार्यक्रम ल्याइएको स्वास्थ्यमन्त्री राजु खनालले जानकारी दिनुभयो । 

कार्यविधि तयार गरेर कार्यक्रम लागु गरिने स्वास्थ्य मन्त्री खनाल बताउनुहुन्छ । कर्नियाको निस्शुल्क अप्रेसन गर्नेसहित मन्त्रालयले ल्याएको नयाँ कार्यक्रम कार्यान्वयनका लागि कार्यविधि बनाउने प्रकृया सुरु भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आँखाको नानी प्रत्यारोपणका लागी बिरामीलाई रकम उपलब्ध गराउने नभइ अस्पतालसँग सहकार्य गरेर अस्पतालको खातामा रकम सोधभर्ना गर्ने गरि कार्यविधि तयार हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

विभिन्न कारणले आँखाको ज्योति गुमाउन पुग्नेहरूका लागी कार्यक्रम निकै महत्त्वपूर्ण हुने विश्वास मन्त्रालयको रहेको स्वास्थ्य सचिव डा.जनार्दन पन्थीले बताउनुभयो । 

यसैगरि लुम्बिनी प्रदेश सरकारले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई यसै वर्षदेखि सेवा निवृत्त हुँदा सम्मानस्वरूप ५० हजार रुपियाँ दिने भएको छ।

प्रदेशको स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्षको बजेटमा यसका लागि आवश्यक रकम विनियोजन गरेको स्वास्थ्यमन्त्री राजु खनालले बताए। महिला स्वास्थ्य स्वयंसेविकाहरूले यसअघि पाउँदै आएको रकममा रु.५० हजार थप गरी सम्मान पत्रसहित प्रदान गरिने छ।

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

यो पनि

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचविखन गर्न आग्रह

मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचविखन गर्न आग्रह

बाँके, १३ कात्तिकः नेपालगञ्ज आसपासका बजारमा रहेका मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बे…